१ पुष २०७२, बुधबार

सल्लेरी  । दूधकुण्ड नगरपालिका ६ नयाँबजारको खोल्सीमा फोहरको डुङ्गुरमा आइतबार नवजात पुरुष शिशुको शव बेवारिशे अवस्थामा भेटिएको छ ।

नयाँबजारका बालबालिका खेल्ने क्रममा फोहरको डुङ्गुरमा शव भेटिएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरिएको थियो ।

शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा प्रहरी नायव उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो ।

अवैध यौन सम्बन्धबाट जन्माई हत्या गरी फालेको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

 

LIVE TV