
रामपुर (पाल्पा) । जापानिज संस्था साइतामा युनेस्कोले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सहलकोटमा रहेको पुरनथर प्राविमा अध्ययनरत २५ जना गरिब तथा जेहेन्दार, दलित, जनजाति विद्यार्थीलाई कापी, कलमसहित, झोला, स्कुल ड्रेस, स्विटर र सरसफाइ सामग्री वितरण गरेको शिक्षक प्रेम बाकाबलले जानकारी दिनुभयो ।
सोही अवसरमा जापानिज समाजसेवी काजुमासा काकिमी ओके बाजेले ५४ जना विद्यार्थीलाई प्रोत्साहनस्वरुप शैक्षिक सामग्री वितरण गर्दै आगामी दिनमा पनि विद्यालयलाई आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । रासस