१ पुष २०७२, बुधबार

नेपाल राष्ट्र बैकका सस्थापक गभर्नर हिमालय शमशेर राणाले नेपालको कुटनीतिक निकायको असफलता र प्रशासनिक तहमा रहेको भ्रष्टाचारको कारण भारतसगको नाकाबन्दीको समस्या बढेको बताउनु भएको छ । न्यूज २४ टेलिभिजनको आर्थिक कार्यक्रममा पूर्व गर्भनर राणाले बढ्दो बेथितिले नाकाबन्दी लम्बिएको बताउनुभयो ।नेपाल राष्ट्र बैकका सस्थापक गभर्नर हिमालय शमशेर राणाले प्रशासनिक तहमा ब्याप्त रहेको भ्रष्टाचारको कारण कालोबजारी मौलाएको बताउदै अर्थतन्त्रमा कालोधन सकृय रहेको बताउनु भयो । भारतको नाकाबन्दीमा सरकारले बलियो कुटनीतिक प्रयास गर्न नसकेको दावी गर्दै पहिलो अर्थ सचिव समेत रहनु भएका राणाले प्रशासनिक सयन्त्र जबाफदेहीपूर्ण हुन नसकेको बताउनु भयो । भारतसगको परनिर्भरता बढ्दै गएको कारण दैनिक उपभोग्य बस्तु, पेट्रोलियम पदार्थ, खाना पकाउने एलपी ग्यास लगायतका सामग्रीहरुमा कालोबजारी भएको पुर्व गर्भनर राणाले बताउनु भयो । बिकास परियोजनाहरुमा हुने भ्रष्टाचार र ढिलासुस्ति रोक्न प्रशासनिक सयन्त्रमा सुधार हुनु पर्ने पुर्व गर्भनर राणाले बताउनु भयो ।मुलुकको बर्तमान अर्थतन्त्र निकै कमजोर अवस्थामा रहेको कारण चिन्ता ब्यक्त गदै राष्ट्र बैकका सस्थापक गर्भनर राणाले अर्थतन्त्रमा अझै सुधार गर्ने ठाँउहरु रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV