१ पुष २०७२, बुधबार

 

अभावको मौका छोप्दै मिलेमतोमा इन्धन कालोबजारी एवं उपभोक्ता ठगी मौलाउँदो छ तर सरकारी नियामक निकायले नाम मात्रको अनुगमन गरिरहेको खुलेको छ । नागरिक दैनिकमा समाचार छ ।

 

दिनहुँ तेल अनुगमनमा खटिने ५० कर्मचारीमध्ये आधा श्रेणीविहीन तहका छन् जसलाई जाँच्ने प्राविधिक ज्ञान नै छैन ।

 

न्यूनतम प्राविधिक ज्ञानसमेत नभएका कर्मचारीलाई पेट्रोलपम्पबाट बाँडिने पेट्रोल/डिजेलको अनुगमन गर्न पठाउँदा कालोबजारी र अनियमितता रोकिनुसट्टा झन् बढ्दो छ ।

 

स्रोतका अनुसार अनुगमनमा खटिने धेरैजसो कर्मचारीलाई थानकोटबाट कति तेल आयो भनेर हेर्न (‘डिप’ गर्न) समेत आउँदैन । कतिपयलाई त पम्पबारे मूल्यांकन फारम भर्नसमेत आउँदैन ।

 

‘डिप गर्न, फारम भर्न, पम्पमा कति तेल बाँकी छ भनेर जाँच्नसमेत नआउने कर्मचारी अनुगमनमा खटाउँदा कसरी सही सूचना आउँछ ?’ स्रोतले भन्यो, ‘अनियमितता रोक्ने भन्दा पनि भत्ता पचाउन मात्र अनुगमनको नाटक रचिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV