१ पुष २०७२, बुधबार

भूकम्प पीडितहरुको कोटामा आफन्तलाई विदेश भ्रमणमा पठाएको विषयमा व्यापक आलोचना भएपछि अन्ततः गृहमन्त्री तथा एकीकृत माओवादी नेता शक्ति बस्नेतले आत्मालोचना गर्नुभएको छ ।

भूकम्प पीडितहरुको कोटामा आफ्नो तथा पार्टीका बरिष्ठ नेताहरुका आफन्तलाई चीन भ्रमणमा पठाएको वारे एकीकृत माओवादीको चालु केन्द्रीय समिति बैठकमा चर्को आलोचना भएको थियो । बस्नेतले पार्टी अध्यक्ष पुष्पकमल दाहालकी नातिनीहरुलाई समेत समावेश गर्नुभएको थियो ।

बैठकमा केन्द्रीय सदस्यहरुले बस्नेतलाई गृह मन्त्रीवाट फिर्ता बोलाउँनु पर्ने चर्को दवाव पार्टी अध्यक्षलाई दिएका थिए । पार्टी अत्यन्त कमजोर अवस्थामा पुगिसक्दापनि कत्तिपनि सुधारका कार्यहरु अघि बढ्न नसकेकोमा सदस्यहरुले प्रश्न गरेका थिए । पार्टीभित्र चर्को आलोचना र दवाव आएपछि बस्नेतले आत्मालोचना गर्दै अव उपरान्त गल्ति नदोहो¥याउने प्रतिवद्यता व्यक्त गर्नुभएको छ । गल्ति भएको र अव जनतालागि डटेर कार्य गर्ने बस्नेतले वताएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।

LIVE TV