
ललितपुरको लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा अब एप्पलका उत्पादनहरुको शोरुम संचालनमा आउने भएको छ ।
मोबाइल खरिदकर्ताको मूख्य आकर्षणको केन्द्रमा रहेको कम्प्लेक्समा एप्पलले पहिलो पटक आफ्नो शोरुम संचालनमा ल्याउन लागेको हो ।
ललितपुर मलमा रहेको कम्प्लेक्समा जी म्यू ढुकु नाममा करिब १५ सय स्क्वायर फीटमा फैलिएको एप्पलको शोरुम अंग्रेजी नयाँ वर्ष २०१६ को जनवरीदेखि संचालनमा आउन लागेको हो ।