१ पुष २०७२, बुधबार

काठमाडौं । सरकारले भूकम्प र नाकाबन्दीबाट प्रभावित व्यवसायीलाई पुनरुद्धार कोषमार्फत कम व्याजमा ऋण दिने तयारी गरेको छ । पुनरुद्धार कोषमार्फत व्यवसायीले ६ प्रतिशत व्याजदरमा कर्जा सुविधा पाउने अन्नपूर्ण पोस्टमा खबर छ ।

अहिले बैंक तथा वित्तीय संस्थाले उद्योग तथा अन्य क्षेत्रमा न्यूनतम १० प्रतिशत कर्जा व्याजदर तोकेका छन् । अब सरकारले सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन लागेको हो । बजेटमा भूकम्पबाट प्रभावित व्यवसाय उकास्न पुनरुद्धार कोष गठन गर्ने उल्लेख छ ।

त्यसमा भातरले लगाएको नाकाबन्दीका पीडित व्यवसायीलाई समेत राहत हुने गरी यस्तो व्यवस्था गर्ने सरकारी श्वेतपत्रमा उल्लेख छ ।

 

LIVE TV