१ पुष २०७२, बुधबार

मंगलवार नेप्से शुन्य दशमलव ८४ अकंले बढेर १ हजार १ सय २१ दशमलव ०२ अकंमा कारोवार भएको नेपाल स्कट एक्जेन्सले जनाएको छ ।नेप्सेलाई बिमा समूहले ऋणात्मक हुनबाट जोगाएको छ। सेयर बजारमा ठूलो प्रभाव जमाउने बैंकिङ समूह १० दशमलव ५५ अंकले ऋणात्मक भए पनि बिमा समूहको ठूलो बृद्धिका कारण मंगलवारको सेयर बजार धनात्मक रह्यो । बिमा समूहमा यस दिन २ सय ३० अंकको बृद्धि भयो। सो अंकको बृद्धिपछि नेप्से ० दशमलव ८४ अंकले सकारात्मक रह्यो। बैंकिङका अलवा हाइड्रोपावर समूह पनि १३ दशमलव ९२ अंकले ओर्लिएको छ। होटल समूह ३६ अंकले बढेको छ । त्यस्तै मंगलवारको सेयर बजारमा कारोवार रकम बढेको छ। यस दिन ४७ करोड २२ लाख रुपैयाँको सेयर कारोवार भयो। १ सय १७ कम्पनीको ७ लाख ७४ हजार कित्ता सेयर कारोवार भएको छ ।

LIVE TV