१ पुष २०७२, बुधबार

दाङ : तुलसीपुर नगरपालिका– १८ क्वाङ्गी निवासी २५ वर्षे जलुस चौधरीको गएराति हत्या भएको छ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईँले चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको जानकारी दिए।   अज्ञात समूह वा व्यक्तिले उनको हत्या गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ। चौधरीको घरदेखि चार सय मिटर टाढा शव फेला परेको थियो। शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ।  यसैबीच रामपुर गाविसमा अर्का एक व्यक्ति मृतावस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता धनबहादुर कठायतका अनुसार अन्दाजी ३४ वर्षीय पुरुषको शव नालीमा फेला परेको छ। रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV