१ पुष २०७२, बुधबार

उपप्रधानमन्त्री सीपी मैनालीले मधेशी मोर्चाले उठाएका माग बाँधिएको बोरा जस्तो भन्दै यसलाई स्विकार गरे देश रसातलसम्म पुग्ने बताउनुभएको छ । न्युज २४ सँग कुरा गर्दै उपप्रधानमन्त्री मैनालीले मोर्चाले उठाएका नागरिकता, सिमाङ्कन, समानुपातिक समावेशिता जस्ता माग सतहमा हेर्दा अधिकार प्राप्ति उदेश्य देखिएपनि पृष्ठभुमिको नियत देशलाई निल्नेसम्मको हुन सक्ने बताउनुभयो । मैनालीले तराई मधेशमा दुई प्रदेश हुने गरि गरिने सिमाङ्कनमा चीन, भारतदेखि पश्चिमा मुलुक समेतको आ–आफ्नो स्वार्थ रहेको दाबि गर्नुभयो । उहाँले मधेशी मोर्चासँग भइरहेको वार्ता सहमतिमा पुग्न नसक्ने ठोकुवा गर्दै सर्वपक्षिय रुपमा राजनीतिक समिति निर्माण गर्नु पर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री मैनालीले नेपाल भारत दशगजादेखि ५० माईलसम्मका भूभाग नेपालको भएको दाबि गर्नुभयो । भारतीय राज्यसभाका एक सांसद्ले नेपालका १५ जिल्ला फिर्ता लिनु पर्ने भन्दै दिएको अभिव्यक्ति प्रति आक्रेश व्यक्त गर्दै उहाँले पृथ्वी नारायण शाहले विजय पाएका भूभाग असमान सुगौली सन्धिपछि मात्र भारतमा गाभिएको बताउनुभयो । उहाँले पुष २७ गतेलाई राष्ट्रिय विभुति दिवसको रुपमा मनाउनु पर्ने प्रस्ताव राख्नुभयो । अहिले पनि पृथ्वी नारायण शाहका दिव्यपउपदेश, राजा महेन्द्र र विरेन्द्रका असंलग्नता नीति थप सान्दर्भिक बन्दै गएको उपप्रधानमन्त्री मैनालीको भनाई छ ।

 

cp mainali

LIVE TV