
देशभर लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहँदा जिल्लाकै विभिन्न ठाउ“मा दुई बालिका बलात्कारको शिकार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार अभियान सुरु भएपछिको अवधिमा दुई वटा जबरजस्ती करणी, सात वटा घरेलु हिंसाका उजुरी प्रहरीमा दर्ता भएका छन् ।
बागलुङ नगरपालिका वडा नं. ११ की एक १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी टोलीले बागलुङ नगरपालीका ११ का ४५ वर्षीय राजेश बोहरालाई मङ्गलबार पक्राउ गरेको छ ।
मङ्सिर १८ गते बालिकालाई घरमै जबरजस्ती गरेको भन्दै बालिकाकी आमाले मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिनुभएको थियो ।
प्रहरीले बोहरालाई जिल्ला अदालत बागलुङबाट पाँच दिन म्याद थप गराई अनुसन्धान सुरु गरेको छ ।
त्यस्तै बागलुङको ग्वालीचौर गाविस वडा नं. ८ का ४३ वर्षीय झमबहादुर सुनारलाई सोही ठाउ“की आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले आइतबार प्रकाउ गरेको छ ।
बालिकालाई मोबाईल खेलाउन दिने बहानामा शनिबार फकाएर आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा उजुरी दिनुभएको थियो ।
बालिकाकी आमाको उजुरीपछि प्रहरीले सुनारलाई प्रकाउ गरी अनुसन्धान सुरु गरेको छ ।
प्रहरी कार्यालयमा दर्ता भएका अधिकांश घरेलु हिंसाका घटनामा श्रीमानले खान लगाउन नदिएको, बालबच्चाको वेवास्ता गरेको, मादक पदार्थ सेवन गरी कुटपिट गरेको उल्लेख गरिएको छ ।
महिला विकास अधिकृत कमला पौडेलले गाउँ गाउँमा सचेतनाका कार्यक्रम सञ्चालन गर्दागर्दै पनि हिंसाका घटना भइरहेको भन्दै हिंसा न्यूनीकरणका लागि सबै सचेत हुनुपर्ने बताउनुभयो ।
पौडेलले पछिल्लो समयमा बालिका तथा महिलालाई प्रलोभनमा पारेर पीडित बनाइएको भन्दै पीडकलाई कारबाही र पीडितलाई न्याय दिलाउनका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंहले हिंसाका घटना न्यूनीकरण गर्नका लागि जिल्लामा अन्तरक्रिया कार्यक्रम मात्र नगरेर गाउँ गाउँका पुरुषहरूलाई सचेतनामूलक कार्यक्रममा सहभागी गराउनुपर्ने बताउनुभएको छ ।
उहा“ले प्रत्येक इलाका प्रहरी कार्यालयलाई सचेतनामूलक कार्यक्रम गर्न सुझाव दिएको समेत बताउनुभयो ।