२५ मंसिर २०७२, शुक्रबार

सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘मिस हेरिटेज इन्टरनेशनल’ २०१५ को संस्करणको प्रशिक्षण, प्रतिस्पर्धा र तयारी अगाडि बढेको छ । यतिखेर प्रतियोगिताका सहभागिहरु भारतको नयाँ दिल्लीमा प्रशिक्षण कार्यमा व्यस्त रहेका छन् । प्रतियोगितामा नेपाल लगायत भारत, फिलिपिन्स, मलेसिया, म्यानमार, जाम्बिया,तान्जानिया, भियतनाम, डेनमार्क, रसिया, सेन्टल रसिया, लेसोथो, दक्षिण अफ्रिका लगायत डेढ दर्जन मुलुकका सुन्दरीहरुको सहभागिता रहेको छ । बन्द प्रशिक्षणका अवस्थामा रहेका सहभागिहरु विभिन्न पहिरनमा फोटोसेसन, हेरिटेज साइट टुर, विभिन्न विधाको अवार्डको प्रतिस्पर्धामा पनि सहभागि भएका छन् । हेरिटेज साइट टुरका क्रममा सहभागिले नयाँ दिल्ली शहरको मुख्य हेरिटेज साइटहरु जस्तै हुमायुँको मकवराम, लोटस टेम्पल, कुटुम्ब मिनार, दिल्ली गेट आदि ठाउँको भ्रमण गरेका थिए । यसैगरी प्रतियोगिताको मिस इन्भारोमेन्टल एम्बेसडर अवार्डमा निशा पाठकले स्वर्ण पदक हात पारि उपाधि आफ्नो कब्जामा पारिसकेकी छिन् । यही क्रममा दक्षिण अफ्रिकाले मिस पिस एम्बेसडर तथा टिनिडाड एण्ड टोबागोको सहभागिले मिस टुरिजम एम्बेसडरको अवार्ड जित्न सफल भइसकेका छन् ।
भारतको नयाँ दिल्ली शहरमा गत डिसेम्बर ६ बाट आरम्भ भई डिसेम्बर १२ तारिखमा फाइनल प्रतिस्पर्धा हुने यो प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहनेछन् भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफीमा सहकार्य रहनेछ ।

सौन्दर्य प्रतियोगिताको आयोजना एवं व्यवस्थापनमा आफ्नो छुट्टै पहिचान बनाएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा समेत आफ्नो उपस्थिति जनाउन सफल ईप्लानेट प्रा.लि. सिंगापुरको अर्किड कन्ट्रि क्लबमा आयोजित विशेष समारोहमा एसिया प्यासिफीक प्रेस्टिजियस विजनेस व्राण्ड अवार्डबाट सम्मानित संस्था हो । ईप्लानेटले देश भित्र क्षेत्रिय एवं राष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताहरु सफलतापूर्वक आयोजना गर्दै आएको छ ।यस अघि ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ईप्लानेटको आयोजनामा नेपालमै पहिलोपटक अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ सफलता पूर्वक सम्पन्न भएको थियो । प्रतियोगिताको ग्राण्ड फिनाले डिसेम्बर ५ तारिखमा काठमाडौंको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको थियो । स्वदेशमै पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाल लगायत भारत, बंगलादेश, थाइल्याण्ड, म्यानमार, सिंगापुर, सियरालियन, जिम्बावे, जाम्बिया, उगाण्डा, रसिया र बेलारुस गरी १२ राष्ट्रका सुन्दरीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा म्यानमारकी २७ वर्षिया ह्ला यिन काईले ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ को ताज पहिरन सफल भएकी थिइन् । नेपालकी नानी थापाले भने इन्भायोरोमेन्टल एम्बेसेडर अवार्ड जितेकी थिइन् ।

LIVE TV