२५ मंसिर २०७२, शुक्रबार

अष्ट्रेलियाका बलर मिचेल स्टार्कले अर्को वर्ष भारतमा हुने टी-२० विश्वकप क्रिकेट गुमाउन सक्ने भएका छन् ।अष्ट्रेलियालाई जुन डर थियो, आखिर त्यही भयो । एडिलेड टेष्टका क्रममा घाइते भएका स्टार्कको खुट्टाको जोर्नीको सजर्री गर्नु पर्ने भएको छ ।

क्रिकेट अष्ट्रेलियाले स्टार्कको सर्जरी हुने पुष्टि गरेको छ । जसका कारण उनलाई वेष्ट इण्डिज टुरबाट समेत हटाइएको छ ।सर्जरी पनि उनी मैदान र्फकने समय सर्जरी पनि नै चय हुनेछ । तर, उनले टी-२० विश्वकप गुमाउने लगभग पक्का भएको छ ।

स्टार्कको अनुपस्थिति अष्ट्रेलियाका लागि ठूलो धक्का हुनेछ । मिचेल जोनसनले सन्यास लिइसकेका छन् भने प्याट कोमिन्स पनि चोटग्रस्त छन् ।

LIVE TV