sort विराटनगरमा विद्युत प्राधिकरणका एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

तारा आचार्य विराटनगर, २८ साउन । विराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएपछि सोमबार अस्पतालमा भर्ना भएका विराटनगर ५ का ५७ बर्षीय पुरुषको बुधबार अपरान्ह ५ बजे…

  • तारा आचार्य

विराटनगर, २८ साउन । विराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।
शनिबार कोरोना पुष्टि भएपछि सोमबार अस्पतालमा भर्ना भएका विराटनगर ५ का ५७ बर्षीय पुरुषको बुधबार अपरान्ह ५ बजे मृत्यु भएको कोभिड अस्पतालका संयोजक डाक्टर दीपक सिग्देलले जानकारी दिनु भयो ।

सुगर र दमका विरामी रहेका मृतकको साउन २४ गते कोरोन पुष्टि भएको थियो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अस्पताल भर्ना गरी अक्सिजन दिएर उपचार गरिरहेकोे अवस्थामा मृत्यु भएको संयोजक डा। सिग्देलले जानकारी दिनु भयो ।

मृतक नेपाल विधुत प्राधिकरणका कर्मचारी हुन । अस्पताल भर्ना गर्दा नै उनको स्वास्थ्यमा धेरै समस्या देखिएको अस्पतालले जनाएको छ । यो संगै विराटनगरमा भृत्यु हुनेको संख्या ५ पुगेको छ । यस अघि विराटनगर ९ का दुईजना , १० का एक जना र ५ का १ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

sort काठमाडौं उपत्यकामा हरेक दिन संक्रमित उल्लेख्यरुपमा बढ्दै, बुधबार १ सय ३८ संक्रमित थपिए

काठमाडौं, २८ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ३८ संक्रमित फेला परेका छन् । यो अहिलेसम्म काठमाडौं उपत्यकामा एकै दिन फेला परेको सबैभन्दा बढी संख्या हो । यस अघि हिजो मंगलबार एक सय ३४ जनामा संक्रमणको पुष्टि…

काठमाडौं, २८ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ३८ संक्रमित फेला परेका छन् । यो अहिलेसम्म काठमाडौं उपत्यकामा एकै दिन फेला परेको सबैभन्दा बढी संख्या हो । यस अघि हिजो मंगलबार एक सय ३४ जनामा संक्रमणको पुष्टि भएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमााडौंमा मात्र १ सय ९ संक्रमित थपिएका छन् भने ललितपुर २१ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ४ सय ५६ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २९ जनामा र भक्तपुरको १ जनामा संक्रमण देखिएको छ भने उता स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ९ जनामा , ललितपुरका २ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको छ ।
यता प्रहरी अस्पतालमा गरिएका परीक्षणमा काठमाडौंका २२ जनामा, २ जनामा र १ जनामा संक्रमण देखिएको छ ।

यसैगरी वीर अस्पतालमा काठमाडौंका २ जनामा र भक्तपुरका २ जनामा संक्रमणको पुष्टि भएको छ । यता ह्याम्स अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै विध ल्याबमा गरिएको परीक्षणमा काठमाडौका ५ जनामा र ललितपुरका २ जनामा र बीरेन्द्र अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा पुष्टि भएको छ । यस्तै शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ११ जनामा, ललितपुरका १ जनामा र भक्तपुरका १ जनामा संक्रणम पुष्टि भएको छ ।

योसँगै काठमाडौंमा संक्रमितको कुल संख्या १ हजार १ सय ७१ , ललितपुरमा १ सय ७९ र भक्तपुरमा १ सय ५ संक्रमित गरी उपत्यकामा संक्रमित हुनेको संख्या कुल संख्या १ हजार ४ सय ५६ पुगेको छ ।

 

sort पछिल्लो २४ घण्टामा ४ सय ८४ संक्रमित थपिए, संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुग्यो

काठमाडौं, २८ साउन । मुलुकमा थप ४ सय ८४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ८४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २४…

काठमाडौं, २८ साउन । मुलुकमा थप ४ सय ८४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ८४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका २ र मोरङका १७ जनामा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा इलामका १,मोरङका २७, सुनसरी र ताप्लेजुङका १/१ जनामा संक्रमण देखिएको छ ।

यसैगरी बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका ७, मोरङका २, रौतहटका १ र सुनसरीका १३ जनामा संक्रमण देखिएको छ । यता, गजेन्द्र नारायण सिंह अस्पतालमा सिरहाका १० जना, सप्तरीका ३ जनामा संक्रमण देखिदा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, जनकपुरधाम धनुषाका ३२, महोत्तरीका ४१, रौतहटका ७, रुपन्देही र सर्लाहीका १÷ १ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गोरखाका १, काठमाडौंका १० जना, शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा नुवाकोट १, भक्तपुरका १, दाङका, १ काठमाडौंका २९,रौतहट १, सर्लाही २, सिन्धुली १ र सुनसरीका १जनामा संक्रमण पुष्टि भएका छ ।

यस्तै भरतपुर कोभिड अस्पतालमा वैतडी १, बारा १, चितवन १५, गोरखा १, रौतहट १, तनहुँका २ जनामा र किटजन्य प्रयोगशाला हेटौंडामा बाराका १३, मकवानपुरका १३ र रौतहटका ११ जना, धुलिखेल अस्पतालमा भएको परीक्षणमा दोलखा १ र काभ्रेपलाञ्चोकका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा बाराका १, भक्तपुर १, धनुषा ३, कैलाली १, काठमाडौं ११, ललितपुरका १४, काभ्रेका १, महोत्तरी ३, मकवानपुर १, मोरङ १, पर्सा २, रौतहट २, सप्तरी २, सर्लाही २, सिन्धुली १, दाङ १, बाँके १, ओखलढुंगा १, रामेछाप १, जाजरकोट १, कपिलवस्तुका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रहरी अस्पतालमा भएको परीक्षणमा भक्तपुर १ र काठमाडौंका २२ जना र ललितपुरका २ जनामा र वीर अस्पतालमा भक्तपुरका २, काठमाडौं र सर्लाहीका १जनामा संक्रमण पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा भएको परीक्षणमा भक्तपुर १, धनुषा १,झापा १, काठमाडौं ११, खोटाङ १ , ललितपुर १, पाल्पा १ जना र बाँकेका १, भक्तपुरका १, दार्चुलाका १ धादिङका ३, धनुषाका ४, कास्कीका १ जना, काठमाडौंका १३, खोटाङका १, ललितपुरका १, नुवाकोटका १, सर्लाहीका १ जना र पर्साका २ जना, सिरहाका १, स्याङजाका १ जनामा संक्रमण देखिएको छ ।

यता, स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौंका ९ ललितपुरका २, भक्तपुर १ जना, धादिङ १, धनुषा ३, पर्सा १ र काठमाडौंको विध ल्याबमा काठमाडौंका ५ जना, लतिलपुर २ जना, मोरङका १ जना र ह्याम्स अस्पतालमा भक्तपुरका १, धादिङ १, काठमाडौंका ८, नुवाकोट १, रौहहटका १ जनामा संक्रमण पुष्टि भएका छ ।

यस्तै श्री बीरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा संक्रमण देखिएको छ । प्रादेशिक अस्पताल पोखरामा भएको परीक्षणमा कास्कीका २ जना र प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा कास्कीका ११ जना, स्याङ्जा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा अर्घाखाँचीका १ जना र रुपन्देहीका ७ जनामा र रुपन्देही प्रयोगशालामा अर्घाखाँचीका २ जनामा संक्रमण देखिएको छ । उता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पूर्वी रुकुमका २ जना र सुर्खेत प्रादेशिक अस्पतालमा सल्यानका १ जना र सुर्खेतका १८ जनामा संक्रमण देखिएको छ ।

दैलेख प्रयोगशालामा दैलेखका ४ जना र चौरजहारी प्रयोगशालामा रुकुम पश्चिमका १ जना संक्रमण देखिएको छ । यसैगरी डडेल्धुरा प्रयोगशालामा बैतडीका १ जना, डोटीका २ जनामा र सेती प्रादेशिक अस्पतालमा दार्चुलाका ५ जना र कैलालीका २ जना र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

sort पिल्लरहरु फ्यालिदिने छिमेकीको अतिक्रमणकारी नीतिका कारण सीमा विवाद : गृहमन्त्री थापा

काठमाडौं, २८ साउन । गृहमन्त्री रामबहादुर थापाले छिमेकीको अतिक्रमणकारी नीतिका कारण नै सीमा विवाद आएको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै गृहमन्त्री थापाले छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमा विवाद आएको बताउनुभएको हो…

काठमाडौं, २८ साउन । गृहमन्त्री रामबहादुर थापाले छिमेकीको अतिक्रमणकारी नीतिका कारण नै सीमा विवाद आएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै गृहमन्त्री थापाले छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमा विवाद आएको बताउनुभएको हो ।

File Photo

सीमा समस्याका मुख्य कारण नै पिल्लरहरु खनेर फालिदिने, त्यसलाई नेपालभित्र ल्याएर गाडिदिनेलगायतका छिमेकीको अतिक्रमणकारी नीति भएको उहाँको भनाइ छ ।

त्यस्तै, उहाँले नेपाल र भारतबीच सीमा निर्धारण गर्दा नदीलाई सीमा मान्ने सिद्धान्तलाई प्रचलनमा ल्याइएको तर, नदीले धार परिवर्तन गर्दासमेत सीमा परिवर्तन भएको बताउनुभयो ।

यसैक्रममा उहाँले सीमा विवाद दुई देशबीचको समस्या भएको बताउँदै कुटनीतिक माध्यमबाट समाधानका लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने बताउनुभयो ।

अर्थ/बाणिज्य
एक अर्बको लगानीमा कागज उद्योग सञ्चालनमा, १ सय ५० जना स्थानीयलाई रोजगारी दिइने
  • सुरेन कुँवर,

भरतपुर, २८ साउन । पश्चिम सुस्ताको नवलपुरस्थित आरुङ्गखोलामा एक अर्ब रुपैयाँको लगानीमा कागज उद्योग सञ्चालनमा आएको छ । उद्योग निर्माणको २ वर्षपछि अहिले परीक्षण उत्पादन गर्न सुरु गरिसकेको उद्योगका प्रबन्ध निर्देशक राजन पियाले जानकारी दिए ।

उद्योगले नेपाली बजारबाट निस्किएका कागजजन्य फोहरबाट पुनः प्रशोधन गरी प्याकेजिङ उत्पादन गर्ने उनको भनाइ छ । दैनिक १ सय २० टन कागज उत्पादन गर्ने गरी उद्योगले उत्पादनको काम सुरु गरेको हो ।

जसको लागि १ सय १० टन कागजजन्य फोहर संकलन गर्ने गरेको छ । नेपालमा ३ वटा कागज उद्योग रहेपनि तेस्रो मुलुकबाट ७० प्रतिशतभन्दा बढी कागज आयत गर्ने गरिएको बुधबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

नवलपुरमा रहेको भृकृटी कागज उद्योग एक दशकदेखि बन्द रहेपनि तत्कालीन अवस्थामा कागज उत्पादन गर्ने जिल्लाको रुपमा परिचित थियो ।

नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायीहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रिज् प्रा.लिले काजग उद्योग सञ्चालनमा ल्याएको हो ।

यूरोपियन प्रविधिबाट कारखाना निर्माण गरिएको उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले जानकारी दिए । कागजजन्य फोहरलाई पुनःप्रशोधन गरी स्वदेशमा दुई प्रकारका कागज उत्पादन गर्ने लक्ष्य यो उद्योगले लिएको छ ।

उद्योगले ३ महिनापछि सेतो कागज पनि उत्पादन गर्ने उनको भनाइ छ । युरोपियन प्रबिधिको प्रयोग गरी उद्योग सञ्चालनमा ल्याइएकाले वातावरण प्रदुषणलाई रोक्ने दावी सञ्चालकको छ ।

चार जना युवाहरुले प्रभू बैकको सहकार्यमा १ अर्ब रुपैयाँ लगानीमा उद्योग सञ्चालन गर्न लागेका हुन् । उद्योगले १ सय ५० जना स्थानीयलाई रोजगारी दिने जनाएको छ ।

उद्योगले तेश्रो मुलुकबाट आउने कागजको गुणस्तर र मुल्यमा बिक्रि वितरण गर्ने उद्योगका बजार निर्देशक ?पक श्रेष्ठले जानकारी दिएका छन । उद्योग करिब १५ विघामा फैलिएको छ ।

 

मुख्य
मन्त्रीहरुको अभिव्यक्तिप्रति सांसदहरुको आपत्ति, मन्त्रीहरुले नै मति सपार्नु पर्ने

काठमाडौं, २८ साउन । सांसदहरुले सरकारका मन्त्रीहरुले सार्वजनिक गरेका अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा सांसदहरुले सरकारको कमजोरी लुकाउन मन्त्रीहरुले अरुमाथि आक्षेप लगाउने गरेको आरोप समेत लगाए ।

बैठकमा सांसद देवेन्द्रराज कडेलले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै अभिव्यक्ति दिएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चर्को आलोचना गर्नुभयो ।

उहाँले सरकारले चाहेको जस्तो काम नगर्ने तर आलोचना भने अर्कामाथि थोपर्ने काम गरेको धारणा राख्नुभयो । सांसदहरुले जनताको घर भत्काएर राजाको दरवार बनाउने काममा सरकार लागेको टिप्पणी समेत गरेका छन् ।

मुख्य
कोरोना संक्रमणबाट एकैदिन आठको मृत्यु, मृतकको संख्या ९१ पुग्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २८ साउन । नेपालमा पछिल्लो २४ घन्टामा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं र धादिङका १÷१, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका १/१, धनुषाका २ गरी एकैदिन आठ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमित मृतकको संख्या ९१ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट एकैदिन आठ जना मानिसको मृत्यु भएको यो पहिलो पटक हो । ह्याम्स अस्पतालमा उपचाररत् निलकण्ठ नगरपालिका वडा नं १४, धादिङका ३२ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

निमोनिया, खोकी तथा श्वासप्रश्वासमा कठिनाइ भएपछि २७ गते नै उनी ह्याम्स अस्पतालमा भर्ना भएका थिए । आइसीयु भेन्टिलेटरमा उपचाररत् उनको २७ गते नै कोरोना पुष्टि भएको हो । यसैगरी पाटन अस्पतालमा उपचारत जनकपुरकी ३८ वर्षकी महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ ।

मेडिसिटिमा साउन ५ गते भर्ना भएका जनकपुरका ७१ वर्षका बृद्धको कोरोना भाइरस संक्रमणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निमोनिया, श्वाशप्रश्वासमा समस्या आई भर्ना भएका वृद्धलाई ७ गते कोरोना पुष्टि भएको थियो ।

किष्ट मेडिकल कलेजमा पनि उपचारका क्रममा काठमाडौं महानगरपालिका १२ टेकुकी ७८ वर्षीया एक महिलाको मृत्यु भएको छ । उनको मृत्युपछी कोरोना पुष्टी भएको हो ।

किष्ट मेडिकल कलेज मै उपचाररत् बारा, कलैयाका ७५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । साउन २६ गते अस्पताल भर्ना भएका उनको २८ गते कोरोना पुष्टी भएको हो ।

त्यस्तै मोरङको बुढीगंगा गाउँपालिका २ गंगाचोकका ५५ वर्षीय एक पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्युपछी कोरोना पुष्टि भएको हो ।

सप्तरीमा उपचारका लागि अस्पताल लैजाने क्रममा एक कोरोना संक्रमित पुरुषको बाटोमै मृत्यु भएको छ । सप्तरीस्थित डाक्रेश्वरी नगरपालिका वडा नं ८ घर भएका राजविराज नगरपालिका वडा नं ६ सिराहारोडमा बस्दै आएका ७२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुमा पनि एक ४२ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । ज्वरो तथा निमोनिया भई साउन २५ गते उनी बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए ।

भेन्टिलेटरमा उपचाररत उनको २७ गते कोरोना पुष्टि भएको छ । यसरी गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।


filter_none समाचार
एक अर्बको लगानीमा कागज उद्योग सञ्चालनमा, १ सय ५० जना स्थानीयलाई रोजगारी दिइने
access_time 8:09 pm
  • सुरेन कुँवर,

भरतपुर, २८ साउन । पश्चिम सुस्ताको नवलपुरस्थित आरुङ्गखोलामा एक अर्ब रुपैयाँको लगानीमा कागज उद्योग सञ्चालनमा आएको छ । उद्योग निर्माणको २ वर्षपछि अहिले परीक्षण उत्पादन गर्न सुरु गरिसकेको उद्योगका प्रबन्ध निर्देशक राजन पियाले जानकारी दिए ।

उद्योगले नेपाली बजारबाट निस्किएका कागजजन्य फोहरबाट पुनः प्रशोधन गरी प्याकेजिङ उत्पादन गर्ने उनको भनाइ छ । दैनिक १ सय २० टन कागज उत्पादन गर्ने गरी उद्योगले उत्पादनको काम सुरु गरेको हो ।

जसको लागि १ सय १० टन कागजजन्य फोहर संकलन गर्ने गरेको छ । नेपालमा ३ वटा कागज उद्योग रहेपनि तेस्रो मुलुकबाट ७० प्रतिशतभन्दा बढी कागज आयत गर्ने गरिएको बुधबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

नवलपुरमा रहेको भृकृटी कागज उद्योग एक दशकदेखि बन्द रहेपनि तत्कालीन अवस्थामा कागज उत्पादन गर्ने जिल्लाको रुपमा परिचित थियो ।

नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायीहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रिज् प्रा.लिले काजग उद्योग सञ्चालनमा ल्याएको हो ।

यूरोपियन प्रविधिबाट कारखाना निर्माण गरिएको उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले जानकारी दिए । कागजजन्य फोहरलाई पुनःप्रशोधन गरी स्वदेशमा दुई प्रकारका कागज उत्पादन गर्ने लक्ष्य यो उद्योगले लिएको छ ।

उद्योगले ३ महिनापछि सेतो कागज पनि उत्पादन गर्ने उनको भनाइ छ । युरोपियन प्रबिधिको प्रयोग गरी उद्योग सञ्चालनमा ल्याइएकाले वातावरण प्रदुषणलाई रोक्ने दावी सञ्चालकको छ ।

चार जना युवाहरुले प्रभू बैकको सहकार्यमा १ अर्ब रुपैयाँ लगानीमा उद्योग सञ्चालन गर्न लागेका हुन् । उद्योगले १ सय ५० जना स्थानीयलाई रोजगारी दिने जनाएको छ ।

उद्योगले तेश्रो मुलुकबाट आउने कागजको गुणस्तर र मुल्यमा बिक्रि वितरण गर्ने उद्योगका बजार निर्देशक ?पक श्रेष्ठले जानकारी दिएका छन । उद्योग करिब १५ विघामा फैलिएको छ ।

 

सुनसरीमा संक्रमितको संख्या २ सय नाघ्यो
access_time 7:58 pm
  • अमर काफ्ले,

इनरुवा, २८ साउन । सुनसरीमा कोरोना संक्रमितको संख्या २ सय नाघेको छ । आज १५ जना नयाँ संक्रमित थपिएसँगै सुनसरीमा कोरोना पोजेटिभ हुनेहरुको कुल संख्या २ सय ३८ पुगेको छ ।

आज सुनसरीको धरान उपमहानगरपालिकामा ९ जना संक्रमित थपिएका छन् । त्यसैगरी स्वाब परीक्षण रिपोर्टमा दुहवी नगरपालिकामा ४ र कोशी गाउँपालिकाका २ जना पोजेटिभ पाइएका छन् ।

प्रदेशले जारी गरेको बुलेटिनमा सुनसरीमा १४ जना पोजेटिभ थपिएको भनिएपनि स्वास्थ्य कार्यालय सुनसरीले जिल्लाभर १५ जना नयाँ संक्रमित थपिएको जनाएको छ । उसले प्रदेशको विवरणमा छुटपुट भएको हुन सक्ने जनाएको छ ।

नयाँ थपिएकासँगै सुनसरीमा कुल संक्रमित २ सय ३८ मध्ये १ सय २८ जना भने निको भइसकेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालय प्रमुख सागर प्रसाईका अनुसार प्रदेशबाट स्विकृत १ सय ५० आइसोलेसन वेड मध्ये हरिनगरमा ५० वेड संचालनमा आएको छ । चतराको १ सय वेड सञ्चालनको अन्तिम तयारीमा छ ।

त्यसैगरी धरानमा समेत ५० वेड सञ्चालनको तयारीमा छ । जसमध्ये २२ वेड तत्कालैबाट संचालनमा आउने गरी व्यवस्था मिलाइएको छ । जिल्लामा आवश्यक्ता अनुसार थप व्यवस्थापन मिलाउने गरी पूर्व तयारीमा जुटेको समेत प्रसाईले बताए ।

विराटनगरमा विद्युत प्राधिकरणका एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु
access_time 7:50 pm
  • तारा आचार्य

विराटनगर, २८ साउन । विराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।
शनिबार कोरोना पुष्टि भएपछि सोमबार अस्पतालमा भर्ना भएका विराटनगर ५ का ५७ बर्षीय पुरुषको बुधबार अपरान्ह ५ बजे मृत्यु भएको कोभिड अस्पतालका संयोजक डाक्टर दीपक सिग्देलले जानकारी दिनु भयो ।

सुगर र दमका विरामी रहेका मृतकको साउन २४ गते कोरोन पुष्टि भएको थियो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अस्पताल भर्ना गरी अक्सिजन दिएर उपचार गरिरहेकोे अवस्थामा मृत्यु भएको संयोजक डा। सिग्देलले जानकारी दिनु भयो ।

मृतक नेपाल विधुत प्राधिकरणका कर्मचारी हुन । अस्पताल भर्ना गर्दा नै उनको स्वास्थ्यमा धेरै समस्या देखिएको अस्पतालले जनाएको छ । यो संगै विराटनगरमा भृत्यु हुनेको संख्या ५ पुगेको छ । यस अघि विराटनगर ९ का दुईजना , १० का एक जना र ५ का १ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

मन्त्रीहरुको अभिव्यक्तिप्रति सांसदहरुको आपत्ति, मन्त्रीहरुले नै मति सपार्नु पर्ने
access_time 7:46 pm

काठमाडौं, २८ साउन । सांसदहरुले सरकारका मन्त्रीहरुले सार्वजनिक गरेका अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा सांसदहरुले सरकारको कमजोरी लुकाउन मन्त्रीहरुले अरुमाथि आक्षेप लगाउने गरेको आरोप समेत लगाए ।

बैठकमा सांसद देवेन्द्रराज कडेलले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै अभिव्यक्ति दिएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चर्को आलोचना गर्नुभयो ।

उहाँले सरकारले चाहेको जस्तो काम नगर्ने तर आलोचना भने अर्कामाथि थोपर्ने काम गरेको धारणा राख्नुभयो । सांसदहरुले जनताको घर भत्काएर राजाको दरवार बनाउने काममा सरकार लागेको टिप्पणी समेत गरेका छन् ।

बर्दियामा बिजुलीका पोलमा जडित तारले जोखिम बढ्यो
access_time 7:45 pm
  • ज्योति कुमार पन्थी

गुलरिया, २८ साउन । नेपाल बिद्युत प्राधिकरण गुलरियाको चरम लापर्वाहीका कारण स्थानीयहरू मर्कामा परेका छन्। अनाधिकृत रूपमा तारहरू जडान हुँदा जोखिम समेत बढेको छ ।

बिद्युत प्राधिकरण गुलरिया बितरण केन्द्रले गुलरिया बजार क्षेत्रमा नै गाडिएको बिजुलीका पोलमा जडान गरिएका तारहरू लथालिंग अवस्थामा छोडेका कारण दुर्घटना घट्न सक्ने सम्भावना रहेको स्थानीयहरुको गुनासो रहेको छ । गुलरिया नगरपालिका वडा नं ५ स्थित सन्तोषी टोलमा गाडिएका पोलमा तार अनाधिकृत रूपमा छोडेका कारण कुनैदिन दुर्घटना घट्न सक्ने र पटक पटक बिद्युत प्राधिकरणमा जानकारी गराउ्रँदा समेत प्राधिकरणले सुनुवाई नगरेको गुलरिया नगरपालिका वडा नं ५ का स्थानीय बासिन्दा सन्तोष श्रेष्ठले बताउनुभयो ।

विद्युत प्रधिकरणलाई पटक पठक जानकारी गराउँदा पनि प्रािधकरणले वेवास्था गरेको स्थानीयको आरोप छ । तार समेत भुईबाट छुने अवस्थामाछ , कुनै घटना घटे त्यसको जिम्मा कसले लिने, स्थानीय सन्तोष श्रेष्ठले भन्नुभयो । पछिल्लो समय नेपाल बिद्युत प्राधिकरण गुलरिया बितरण केन्द्रमा कर्मचारी र प्रमुख बिचमा नै समन्वय नहुँदा यस्ता समस्याको निराकरण हुन सकेको छैन । साथै स्थानीयले समस्याका विषयमा कर्मचारीहरूलाई जानकारी गराउदा कसैले पनि जवाफ दिदैनन् ।

वीपी प्रतिष्ठानमा तरुण दल र नेविसंघको संयुक्त विरोध प्रर्दशन
access_time 7:36 pm
  • सन्तोष काफ्ले,

सुनसरी, २८ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सिनेट बैठक स्थगितलगाएतका माग गर्दै नेपाली कांग्रेस निकट तरुण दल र नेपाली विद्यार्थी संघ (नेविसंघ)ले संयुक्त प्रदर्शन गरेको छ ।

बुधबार प्रतिष्ठानको सिनेट बैठक स्थगितसँगै कोभिड अस्पताल तत्काल सञ्चालनमा ल्याउनु पर्ने माग राख्दै तरुण दल र नेविसंघले प्रतिष्ठानको मुख्य प्रवेश द्वारमा संयुक्त प्रदर्शन गरेको हो ।

उनीहरुले प्रतिष्ठानका उपकुपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरीले प्रतिष्ठान सुधारमा ध्यान नदिएको आरोप लगाएदै प्रतिष्ठानमा रहेको बेथिति हटाउन र सर्वसुलभ उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

त्यस्तै, उनीहरुले उपकुपतिसँगै प्रतिष्ठानका पदाधिकारीहरु समेत कोरोना महामारी समयमा उपचारको व्यवस्था मिलाउन छोडेर गैर–जिम्मेवार बन्दै गएका आरोप लगाएका छन् ।

धरान १८ बुद्ध चोकबाट नारा जुलुससहित प्रतिष्ठानको मुख्य प्रवेशद्वार पुगेका तरुणदल र नेविसंघका कार्यकर्तालाई प्रहरीले रोकेको थियो । सोही क्रममा केही बेर प्रहरीसँग ठेलामठेल समेत भएको थियो ।

प्रहरीले उपकुलपतिको कार्यकक्षतर्फ जान नदिएपछि उनीहरुले मुख्य प्रवेशद्वार भित्र विरोधसभा गरेका थिए ।

प्रदेश २ मा आज थप २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि
access_time 7:33 pm
  • घनश्याम मिश्र

जनकपुरधाम, २८ साउन । प्रदेश २ मा आज थप २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस सँगै यस प्रदेशमा संक्रमितको संख्या ६ हजार २ सय ८९ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिनुभयो ।

आज सबैभन्दा बढी सप्तरीमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, महोत्तरीमा ४३, सर्लाहीमा ४२, धनुषामा ३९, बारामा ३५, रौतहटमा २७, सिरहामा २४ र पर्सामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । यस सँगै मृत्यु हुनेको संख्या ३३ पुगेको छ । आज ५ महिला सहित १६ जना निको भएर आफ्नो घर समेत फर्केका छन् । यस सँगै निको हुनेको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

कपिलवस्तुमा स्वास्थ्यकर्मी र कर्मचारीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि
access_time 7:25 pm
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, २८ साउन । कपिलवस्तुमा एकै पटक १८ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार थपिएका संक्रमित सबै कपिलसतु अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी हुन् । अस्पताल प्रशासनका अनुसार नौ जना स्वास्थ्यकर्मी, र नौ जना कर्मचारीमा कारोना संक्रमित पुष्टि भएका हो ।

अस्पतालको प्रशासन, काउन्टर र चेमनागुहमा कार्यरत कर्मचारी संक्रमित भएका छन् । यससंगै कपिलस्तु अस्पतालमा संक्रमितको संख्या २४ जना पुगेका छ । त्यस मध्ये एक जना निको भई काममा फर्की सकेका छन् । अस्पतालमा गत साउन २६ गते संकलन गरिएको ८५ जनाको मध्ये १४ जनाको स्वावको रिपार्ट अझै आउन बाकी छ ।

कोरोना संक्रमित भेटिए पछि अस्पताल प्रशासनले अस्पतालमा अति आकस्मिक सेवा बाहेक अन्य सबै सेवाहरु अर्को सुचना जारी नगर्दा सम्मकालागि बन्द गरेको छ । यता बृुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचारत कपिलस्तुका दुई जनाको मृत्यु भएको छ ।

त्यस मध्ये तौलिहावको जमुहार टोलका ४२ वर्षी चामल ब्यापारी पुरुष कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालयका कारोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । कृष्णनगर नगरपालिका– १३ का २५ बर्षीय पुरुषको भने अझै कारोनाको रिर्पोट आउन बाँकी छ ।

तनहुँको देवघाट गाउँपालिकामा समुदायका दुई जनामा कोरोना सक्रमंण पुष्टि
access_time 7:15 pm
  • सविन लामिछाने

दमौली, २८ साउन । तनहुँको देवघाट गाउँपालिकामा स्थानीय समुदायका दुई जनामा कोरोना सक्रमंण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल सहित ३० वर्षीय स्थानीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

अध्यक्ष पौडेललाई कोरोना पुष्टि भए सँगै क्षेत्र विकास समितिको कार्यालय बन्द गरिएको छ । समितिले विहिबार एक सुचना प्रकाशित गदै कार्यालय बन्द गरिएको जानकारी दिएको हो । समितिका अध्यक्ष पौडेललाई कोरोना पुष्टि भएपछि समितिका पदाधिकारीहरुलाई उच्च जोखिम रहेको भन्दै कन्ट्रयाक्ट ट्रेसिङ सुरु गरिएको गाँउपालिका स्वास्थ्य प्रमुख प्रदिप बुढाथोकीले जानकारी दिए ।उनका अनुसार देवघाट क्षेत्र विकास समितिका पदाधिकारी ती व्यक्ति बैठकका शिलशिलामा पोखराबाट केही दिन अघि फर्केका थिए ।

‘सार्वजनिक व्यक्ति भएकाले उनको सम्पर्कमा धेरै आएका हुन सक्छन्,’ बुढाथोकीले भने,‘उहाँहरुलाई होम आइसोलेसनमा राखेर कन्ट्रयाक्ट ट्रेसिङ थालेका छौं। ’ ३० वर्षीय पुरुष केही दिन अघि हालै मात्र काठमाडौंबाट आएका थिए ।

यसैबीच देवघाट गाँउपालिका एक साताको लागि सिल गर्ने निर्णय गरेको छ । समुदायमा कोरोनाको जोखिम रहेको भन्द पालिकाले एक साताको लागि सिल गर्ने निर्णय गरेको छ । देवघाट क्षेत्रमा कोरोना संक्रमण हुन सक्ने सम्भावना रहेको हुँदा देवघाट क्षेत्र विकास समितिको पहलमा केही दिन अघि मात्र देवघाट क्षेत्रमा सार्वजानिक यातयात, बैंक तथा वित्तिय संस्था र होटलहरु बन्द गराउने सम्बन्धि निर्णय भएको थियो ।

कोरोना संक्रमणबाट एकैदिन आठको मृत्यु, मृतकको संख्या ९१ पुग्यो : स्वास्थ्य मन्त्रालय
access_time 7:10 pm

काठमाडौं, २८ साउन । नेपालमा पछिल्लो २४ घन्टामा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं र धादिङका १÷१, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका १/१, धनुषाका २ गरी एकैदिन आठ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमित मृतकको संख्या ९१ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट एकैदिन आठ जना मानिसको मृत्यु भएको यो पहिलो पटक हो । ह्याम्स अस्पतालमा उपचाररत् निलकण्ठ नगरपालिका वडा नं १४, धादिङका ३२ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

निमोनिया, खोकी तथा श्वासप्रश्वासमा कठिनाइ भएपछि २७ गते नै उनी ह्याम्स अस्पतालमा भर्ना भएका थिए । आइसीयु भेन्टिलेटरमा उपचाररत् उनको २७ गते नै कोरोना पुष्टि भएको हो । यसैगरी पाटन अस्पतालमा उपचारत जनकपुरकी ३८ वर्षकी महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ ।

मेडिसिटिमा साउन ५ गते भर्ना भएका जनकपुरका ७१ वर्षका बृद्धको कोरोना भाइरस संक्रमणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निमोनिया, श्वाशप्रश्वासमा समस्या आई भर्ना भएका वृद्धलाई ७ गते कोरोना पुष्टि भएको थियो ।

किष्ट मेडिकल कलेजमा पनि उपचारका क्रममा काठमाडौं महानगरपालिका १२ टेकुकी ७८ वर्षीया एक महिलाको मृत्यु भएको छ । उनको मृत्युपछी कोरोना पुष्टी भएको हो ।

किष्ट मेडिकल कलेज मै उपचाररत् बारा, कलैयाका ७५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । साउन २६ गते अस्पताल भर्ना भएका उनको २८ गते कोरोना पुष्टी भएको हो ।

त्यस्तै मोरङको बुढीगंगा गाउँपालिका २ गंगाचोकका ५५ वर्षीय एक पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्युपछी कोरोना पुष्टि भएको हो ।

सप्तरीमा उपचारका लागि अस्पताल लैजाने क्रममा एक कोरोना संक्रमित पुरुषको बाटोमै मृत्यु भएको छ । सप्तरीस्थित डाक्रेश्वरी नगरपालिका वडा नं ८ घर भएका राजविराज नगरपालिका वडा नं ६ सिराहारोडमा बस्दै आएका ७२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुमा पनि एक ४२ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । ज्वरो तथा निमोनिया भई साउन २५ गते उनी बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए ।

भेन्टिलेटरमा उपचाररत उनको २७ गते कोरोना पुष्टि भएको छ । यसरी गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

आज राति १०ः३० बजेदेखि ‘पर्सिड मिटियर सावर’ नामक उल्कावर्षा हुँदै
access_time 7:01 pm

काठमाडौँ, २८ साउन । आज राति १०ः३० देखी ‘पर्सिड मिटियर सावर’ नामक उल्कावर्षा बिहान ५ बजे सम्म सकृय हुने भएको छ । स्विफ्ट टटल नामक पुच्छे्रताराका कारण हुने उल्कावर्षा यस वर्ष अगष्ट १२ को राति देखि अगष्ट १३ को बिहानसम्म अत्याधिक मात्रामा देखिने भएको हाे । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार ती उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई पर्सिड मिटियर सावर नाम दिइएको छ ।

स्विफ्ट टटल अहिले पृथ्वीको नजिक छैन । स्विफ्ट टटलले सुर्यको एक पटक परिक्रम गर्न १३३ वर्ष लगाउछ । तर यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छे्ताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।

उल्का वर्षा स्थानीय समय अनुसार १२ अगस्टको राती १०:३० बजे देखि अगस्ट १३ बिहान ५ बजे सम्म देख्न सकिनेछ । तर अत्याधिक मात्रामा भने अगस्ट १३ बिहान ३/४ बजे देख्न सकिनेछ । यस वर्ष त्यस बेला प्रति घण्टा एक सय पचास वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ । ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६० कि।मि। सम्म हुने भएकोले करिब ७० कि.मि. माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ ।

यस वर्ष जुलाई १७ देखि नै सकृय उल्का वर्षा अगष्ट २६ तारिख सम्म सकृय रहनेछ । अत्याधिक उल्का वर्षा हुने अगष्ट १२ राती देखि अगष्ट १३ बिहानी सम्मको समयमा नाङ्गो आँखाले नै उत्तरपूर्वी आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सकिनेछ । तर आफू रहेको स्थानको आकाश खुल्ला र सफा रहे मात्र अवलोकन कार्य सम्भव हुनेछ ।

के हो त स्विफ्ट टटल ?

स्विफ्ट टटल १८६२ जुलाईमा अमेरिकन खगोलविद् द्वय लेविस स्विफ्ट ९१८२०–१९१३० र होरस टटल ९१८३८–१९३३० द्वारा पत्ता लगाइएको पुच्छ्रेतारा हो । ले विस सन १९९२ म सुर्यको नजिक आएको यो पुच्छ्रेतारा अब सन २१२५ मा मात्र नजिक आउनेछ। हाल यो पुच्छ्रेतारा पृथ्वीको नजिक छैन तर यसले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्दछन् । यसलाई नै उल्कावर्षा भनिएको हो ।

filter_none अन्तर्वार्ता
कोरोनाप्रति सतर्क रहेर महाधिवेशनको गतिविधि अगाडि बढिसक्यो अब रोकिन्न : गगन थापा, नेता, नेपाली कांग्रेस

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कोरोना महामारीको समयमा पनि कांग्रेसले आसन्न महाधिवेशनको तयारीलाई तीब्र पार्ने निर्णय गरेको बताउनुभएको छ ।

न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’मा बोल्दै नेता थापाले केन्द्रीय समितिको अघिल्लो बैठकले कार्यतालिका सार्वजनिक गरिसकेपछि पार्टीको महाधिवेशनको गतिविधिहरु सबै अगाडि बढिसकेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘यद्यपि कोरोना संक्रमण फैलिदै गयो, कतिपय ठाउँमा सामान्य कार्यक्रमहरु गर्नका लागि समेत अफ्ठ्यारो पर्दै जाँदाखेरी त्यसले स्वभाविक रुपमा प्रभाव पनि गर्छ र त्यतिखेरको जिम्मेवारी आफूलाई स्वास्थ्य सुरक्षाको सतर्कताहरु अवलम्बन गर्नुपर्ने र नागरिकहरुप्रति हाम्रो कर्तव्य पनि त्यतातिरै जान्छ ।’

उहाँले थप्नुभयो, ‘अहिलेको लागि भीडभाड नगरिकन कतिपय हाम्रो गतिविधिहरु चलिरहेको छ । त्यसैगरी हाम्रो गतिविधिहरु अगाडि बढाउने भन्ने हिजो फेरि निर्णय भएको छ । त्यसरीनै अगाडि बढ्छ ।’

महाधिवेशन नजिकिदै गर्दा कांग्रेसमा चलिरहेको विवादको विषयमा केही नयाँ समझदारीहरु भएको पनि नेता थापाले जानकारी दिनुभयो ।

कुराकानी विस्तृतमा :

महिला अधिकारको नाम भजाएर गलत आक्षेप प्रमाणित गराउँन खोज्नु भ्रम हो : अभिनेता भुवन केसी

काठमाडौं, १७ साउन । अग्रजहरुको सम्मान गर्ने संस्कार पछिल्लो पुस्ताका कलाकर्मीमा कम हुँदै गएको अभिनेता भुवन केसीले बताउँनु भयो । पछिल्लो पटक अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँगको विवादलाई लिएर उहाँले आफुलाई जिन्दगीमा कसैले पनि नलगाएको आरोप अहिले लगाइएको भन्दै दुखेसो पोख्नु भयो । रोमान्स गर्ने उमेरमा समेत कसैले यस्तो आरोप नलगाएको भन्दै छोराको नायिकाले लगाएको यो आरोप सिनियर कलाकार प्रतिको अपमान भएको बताउँनु भयो ।

न्यूज २४ टेलिभिजनको नियमित कार्यक्रम ६ प्रश्नमा कुरा गर्दै अभिनेता केसीले ‘चलचित्र क्षेत्रमा ४० वर्ष बिताउँदै गर्दा जुन शब्द म माथि प्रयोग भयो, के मैले चलचित्र क्षेत्रमा बिताएको ४० वर्ष यसैका लागि हो त ? भन्ने प्रतिप्रश्न गर्नुभयो ।

‘तपाईका समकालीन शिव श्रेष्ठ, राजेश हमाल लगायतका अभिनेताहरु कहिलै यस्ता विवादमा आउँनु हुन्न् तर तपाई किन मुछिनु हुन्छ, त्यो पनि महिलाहरु कै सन्दर्भमा रु’ भन्ने कार्यक्रम प्रस्तोता राजिब खत्रीको प्रश्नमा केसीले आफुले धेरै रोमान्टिक चलचित्रमा अभिनय गरेका कारण अरुमा त्यस्तो छाप पर्न गएको बताउँनु भयो । केसीले आफु सरल र महिलाको सम्मान गर्ने व्यक्तिको रुपमा रहेको बताउँनु भयो । केसीले अर्को एक प्रश्नको जवाफ दिँदै महिला अधिकारको नाम भजाएर गलत आक्षेप प्रमाणित गराउँन खोज्नु भ्रम रहेको समेत बताउँनु भयो ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले जो जससँग सम्बन्ध छ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटसमा नेपाली चलचित्र क्षेत्रको विकासका लागि सबै निर्माता पक्षपातपूर्ण व्यवहार र गुटबन्दीबाट बाहिर निस्किनु पर्छ भनेसँगै वहस, विवाद हुँदै अदालतसम्म मुद्दा पुगेको छ । साम्राज्ञीले आफूले चलचित्रमा काम गर्ने क्रममा तीन वटा ब्यानरबाट निकै दुःख पाएको भन्दै इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्नुभएको थियो । त्यसमा भुवन केसीले जवाफ दिएपछि विवाद चर्केको थियो । साम्राज्ञीले जापानको एक अवार्डमा आफूसँग गाला जोडेर बोल्न खोजेको, अंकमाल गरेको थप आरोप भुवनमाथि लगाउँनु भएको थियो । यसपछि, अभिनेता केसीले आफ्नो प्रतिष्ठामा आँच पुर्याउने काम गरेकाले कानुनको सहारा लिन बाध्य भएको बताउँनु भयो ।
कुराकानी विस्तृतमा

filter_none अर्थ
एक अर्बको लगानीमा कागज उद्योग सञ्चालनमा, १ सय ५० जना स्थानीयलाई रोजगारी दिइने

सुरेन कुँवर, भरतपुर, २८ साउन । पश्चिम सुस्ताको नवलपुरस्थित आरुङ्गखोलामा एक अर्ब रुपैयाँको लगानीमा कागज उद्योग सञ्चालनमा आएको छ । उद्योग निर्माणको २ वर्षपछि अहिले परीक्षण उत्पादन गर्न सुरु गरिसकेको

  • सुरेन कुँवर,

भरतपुर, २८ साउन । पश्चिम सुस्ताको नवलपुरस्थित आरुङ्गखोलामा एक अर्ब रुपैयाँको लगानीमा कागज उद्योग सञ्चालनमा आएको छ । उद्योग निर्माणको २ वर्षपछि अहिले परीक्षण उत्पादन गर्न सुरु गरिसकेको उद्योगका प्रबन्ध निर्देशक राजन पियाले जानकारी दिए ।

उद्योगले नेपाली बजारबाट निस्किएका कागजजन्य फोहरबाट पुनः प्रशोधन गरी प्याकेजिङ उत्पादन गर्ने उनको भनाइ छ । दैनिक १ सय २० टन कागज उत्पादन गर्ने गरी उद्योगले उत्पादनको काम सुरु गरेको हो ।

जसको लागि १ सय १० टन कागजजन्य फोहर संकलन गर्ने गरेको छ । नेपालमा ३ वटा कागज उद्योग रहेपनि तेस्रो मुलुकबाट ७० प्रतिशतभन्दा बढी कागज आयत गर्ने गरिएको बुधबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

नवलपुरमा रहेको भृकृटी कागज उद्योग एक दशकदेखि बन्द रहेपनि तत्कालीन अवस्थामा कागज उत्पादन गर्ने जिल्लाको रुपमा परिचित थियो ।

नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायीहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रिज् प्रा.लिले काजग उद्योग सञ्चालनमा ल्याएको हो ।

यूरोपियन प्रविधिबाट कारखाना निर्माण गरिएको उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले जानकारी दिए । कागजजन्य फोहरलाई पुनःप्रशोधन गरी स्वदेशमा दुई प्रकारका कागज उत्पादन गर्ने लक्ष्य यो उद्योगले लिएको छ ।

उद्योगले ३ महिनापछि सेतो कागज पनि उत्पादन गर्ने उनको भनाइ छ । युरोपियन प्रबिधिको प्रयोग गरी उद्योग सञ्चालनमा ल्याइएकाले वातावरण प्रदुषणलाई रोक्ने दावी सञ्चालकको छ ।

चार जना युवाहरुले प्रभू बैकको सहकार्यमा १ अर्ब रुपैयाँ लगानीमा उद्योग सञ्चालन गर्न लागेका हुन् । उद्योगले १ सय ५० जना स्थानीयलाई रोजगारी दिने जनाएको छ ।

उद्योगले तेश्रो मुलुकबाट आउने कागजको गुणस्तर र मुल्यमा बिक्रि वितरण गर्ने उद्योगका बजार निर्देशक ?पक श्रेष्ठले जानकारी दिएका छन । उद्योग करिब १५ विघामा फैलिएको छ ।

 

कोरोना महामारी : बेलायतमा २०.४ प्रतिशत आर्थिक गिरावट
access_time 6:03 pm

एजेन्सी, २८ साउन । कोरोना भाइरस संक्रमण र लकडाउनपछि ब्रिटेनमा आर्थिक मन्दि भएको आधिकारिक तथ्यांक आएको छ ।बेलायतको अर्थव्यवस्था अप्रिल र जून बीचमा गिरावट देखिएको छ । बेलायतको अर्थतन्त्र जनवरी – मार्चको तुलनामा अप्रिल–जूनमा २०.४ प्रतिशतले गिरावट आएको जनाइएको छ। लकडाउनको कारण पसलहरू बन्द भएको कारण घरेलु सामानको खपत र बिक्री पनि घटेको थियो। कारखानामा उत्पादन र निर्माणमा पनि गिरावट आएको छ।

ति सबै कारणहरूले गर्दा २००९ पछि बेलायत पहिलो पटक आर्थिक मन्दीको शिकार बनेको छ । बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले जुन जूनदेखि अर्थव्यवस्था पछाडि फर्कने आशा लिएको छ ।

मन्दीको बढी असर सबै भन्दा बढी त्यहाँका अस्पताल क्षेत्रमा परेको जनाइएको छ।

हिमगिरि हाइजिन प्रा.लि.ले नेपालमा पहिलो पटक Netbiokem DSAM भित्र्यायो
access_time 3:58 pm

काठमाडौं, २८ साउन । नेपालको अग्रणी औद्योगिक प्रतिष्ठान हिमगिरि हाइजिन प्रा.लि.ले नेपालमा पहिलो पटक ल्भतदष्यपझ म्क्ब्ः भित्र्याएको छ ।

गैर ज्वलनशील र जोखिममुक्त उच्चस्तरीय कीटाणुनाशक Netbiokem DSAM उद्योग प्रतिष्ठान, संस्थागत कार्यालय, एयरपोर्ट, स्वास्थ्य सेवा, विद्यालय तथा कलेज, यातायातका साधन, मल, पसल, सिनेमा हल, होटल, रेस्टुरेराँ, एयरक्राफ्ट तथा घरमा समेत Netbiokem DSAM को प्रयोग स्प्रे गरेर, कपड़ामा भिजाएर वा फोगिंगको माध्यमले सफाइ गर्न सकिने भएको छ ।

कोभिड–१९ जस्ता किटानुलाई समेत २ मिनटमै मार्न सक्ने क्षमता भएको अस्ट्रेलियन प्रविधिद्वारा निर्मित तथा एरोस्पेश मेडिकल एशोसिएशन, ISO 9001:2015, AEO, Australian Trusted Trader, European Committee for Standardization , Fogging Approved Free of BAC, European Norms Standard EN 14476 द्वारा प्रमाण्ति Netbiokem DSAM फोहोर अवस्थामै SARS-CoV-2 (COVID-19) जस्ता भाइरसहरुलाई मार्ने प्रालिको दाबी छ ।

सफाई गर्दा भिजेको ठाउँलाई कम्तीमा दुई मिनेटसम्म त्यतिकै छोडेर पुनः सुक्खा कपडाले पुछ्नु पर्ने बताइएको छ । त्यस्तै फोगिंगको प्रयोग गर्दा स–सानो छिद्र भएका झ्याल ढोका समेत बन्द छ/छैन राम्ररी हेरेर मात्र फोगिंग गर्नुपर्ने बताइएको छ । जैविक सामग्री वा माटोको उपस्थितिमा समेत यसको राम्रो प्रदर्शन रहेको जनाइएको छ ।

Netbiokem DSAM कपडा, प्लाष्टिक, धातु, रबरसहित अन्य कुनै पनि सामग्री वा सतहमा कुनै किसिमको हानी नोक्सानी गर्दैन । मानव स्वास्थ्यको लागि चिन्ताको विषय भएको एस्परगिलस नाइजर प्रजातिविरुद्ध प्रभावकारिता प्रदर्शन गरेकाले नियमित रुपले सबै छिद्र वा अर्ध छिद्रयुक्त सतहहरुको सर–सफाइ गर्नको लागि Netbiokem DSAM को सिफारिस गरिएको जनाइएको छ ।

यसको प्रभावकारितालाई ध्यानमा राखेर नेपाल र नेपालीको लागि समयानुकुल स्वच्छ र स्वस्थ्य सरसफाईको लागि हिमगिरि हाइजिन प्रा.लि.ले Netbiokem DSAM नेपाल भित्र्याएको जनाएको छ । यो ५ लिटर र २५ लिटरको प्याकमा उपलब्ध रहेको छ ।

एनसेल आजीयाटाले सुरु ग-यो वाइफाइ, टक टाइम र डेटा बन्डलसहितको वायरफ्री प्लस सेवा
access_time 3:16 pm

काठमाडौं, २८ साउन । नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवासहित बिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटीसहितको बन्डल सेवाबाट फाइदा लिन सक्ने भएका छन् ।

एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको हो ।

कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत मंगलवार (साउन २०) देखि सुरु गरेको हो । वायरफ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो । यो प्रविधि अन्तर्गत उपभोक्ताले बिना तारको प्रयोग डेटा सेवा लिन सक्ने भएका छन् ।

प्लान अनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता रहेको छन् ।

गत महिनादेखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि(बुकिङ् लिन सुरु गरेको थियो । वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको अवसरमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो र यसमा ग्राहकले बन्डल सेवा सहित नयाँ अनुभव लिन सक्छन् ।

प्रि-बुकिङ्गमा ग्राहकहरुबाट प्राप्त अर्डरले हामी उत्साहीत भएका छौं । यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्र्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोत्तालाई इन्टरनेटमा पहुँच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान गर्नेछ ।”

वार्षिक प्लानमा मासिक रु ६९० को शुल्क रहेको यो सेवा अन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा कुनै पनि समुह अन्तर्गतको प्लान लिन सक्नेछन् ।

गोल्ड समूह अन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक मात्र रु ६९० (कर बाहेक) शुल्कमा ६० जीबी वायरफ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्त गर्नेभएका छन् ।

त्यस्तै प्लाटिनम समूह अन्तर्गत ग्राहकले मासिक मात्र रु ८६० (कर बाहेक) शुल्कमा ८५ जीबी वायरफ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्नेछन् ।

डायमण्ड समूह अन्तर्गत ग्राहकले मासिक मात्र रु ९५० (कर बाहेक) शुल्कमा १०० जीबी वायरफ्री प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्नेछन् ।

चिलिमेको बिजुली कोरोना संकटले बिकेन, नाफा ७४ करोड ८० लाख मात्र
access_time 2:13 pm
  • रामहरि गजुरेल

नुवाकोट, २८ साउन । कोरोना संक्रमणपछिको बन्दाबन्दीका कारण विगत वर्षहरुको तुलनामा चिलिमे हाइड्रोपावर कम्पनी घाटामा परेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्ष यसैअवधिमा चिलिमेले ७४ करोड ६२ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएकोमा कम्पनीले नाफा ०.२५ प्रतिशतले मात्रै बढेर ७४ करोड ८० लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६\०७७ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार चिलिमेको नाफा अघिल्लो वर्षको तुलनामा सामान्य मात्र बृद्धि भएको हो ।
यस वर्ष लकडाउनका कारण नेपाल विद्युत प्राधिकरणलाई कन्ट्रयाक्ट भन्दा धेरै उत्पादन भएको इनर्जी बिक्री गर्न नसक्दा नाफा प्रभावित भएको र लक्ष्यअनुसार आम्दानी गर्न नसकेको हो ।

  रसुवा जिल्लास्थित चिलिमे इड्रोपावर

पछिल्लो चार महिनाका अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २.५४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष विद्युत् बिक्रीबाट १ अर्ब १७ करोड ४ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको चिलिमेले यो वर्ष १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ मात्र कमाएको चिलिमेको भनाई छ । चौथो त्रैमास सम्ममा चुक्ता पुँजी २० प्रतिशतले ले बढेर ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ५८ पैसाले घटेर १३ रुपैयाँ १० पैसा भएको छ । चिलिमेको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २४ पैसा रहेको छ ।

कम्पनीले उत्पादन गरेको सबै विद्युत बिक्री गर्न नसक्दा उल्लेख्य नाफा गर्न नसकेको कम्पनील जनाएको छ । लक डाउनका कारण नेपाल विद्युत प्राधिकरणलाई सम्झौता भन्दा बढी विद्युत बिक्रि गर्न नपाएको चिलिमेको भनाइ छ ।

हाल रसुवास्थित स्याफ्रुवेशी २१ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्दै आइरहेको छ । त्यसैगरी चिलिमे जलविद्युत् कम्पनीको प्रवद्र्धित आयोजनाको रुपमा रसुवागढी जलविद्युत आयोजना १११ मेगावट, ४२ मेगावाटको साञ्जेन र माथिल्लो साञ्जेन ३७ मेगावाट आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाहरु निर्माणको अन्तिम चरणमा पुगेको छ ।

filter_none खेल
कराँतेको ओलम्पिक तयारी स्थगित

जापान, २८ साउन । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ ।

जापान, २८ साउन । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण कराँते खेलाडीको प्रशिक्षण मङ्गलबारदेखि स्थगित गरिएको हो ।

कराँते मुख्य प्रशिक्षक दीपक श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षण एक साताका लागि बन्द गरिएको बताउनुभएको छ । खेल क्षेत्रका विभिन्न व्यक्ति कोरोना सङ्क्रमित भएको खबर प्राप्त भएकाले नेपाल सरकारको निर्देशनको पालना गर्दै कराँते प्रशिक्षण हाललाई बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कराँते खेलाडीले ओलम्पिकको तयारीका लागि सातदोबाटो कराँते एकेडेमीमा अभ्यास गर्दै आएका थिए । सन् २०२१ को जुलाई २३ तारिखदेखि अगस्ट ८ सम्म टोकियोमा हुने ओलम्पिकका लागि कराँते टोलीले असारदेखि अभ्यास गर्दै आएको थियो ।

बक्सिङ संघका अध्यक्षसँग राखेपले माग्यो आर्थिक विवरण

काठमाडाैँ, २७ साउन । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै सङ्घले गरेका सम्पूर्ण

काठमाडाैँ, २७ साउन । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै सङ्घले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ ।

राखेपका सङ्घसंस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सङ्घका अध्यक्ष अवालेलाई सङ्घका सबै कामकारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन सोमबार पत्र पठाउनुभएको हो ।

अध्यक्ष अवालेले बक्सिङ सङ्घलाई एकलौटीरूपमा चलाएको, चार वर्षको कार्यकालमा साधारणसभासमेत गर्न नसकेको तथा विधानविपरीत काम गरेको भनी सङ्घका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले गत असार १४ गते राखेपमा उजूरी दर्ता गराउनुभएको थियो ।

महासचिव र कोषाध्यक्षले उजूरी दिएपछि राखेपले अध्यक्ष अवालेलाई चाँडोभन्दा चाँडो आर्थिक कारोवारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । महासचिव भट्टाचार्यले सङ्घको कार्यसमिति बैठकमा आफूमाथि हातपात भएको समेत आरोप लगाउनुभएको छ ।

अध्यक्ष अवालेले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको बताउँदै बैठकमा आर्थिक प्रतिवेदनमाथि छलफल हुँदा सामान्य विवाद भएको भने स्वीकार्नुभएको छ ।

म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनल प्रवेश

काठमाडौं, २७ साउन । म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कको क्लब कोपेनहागनलाई

काठमाडौं, २७ साउन । म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कको क्लब कोपेनहागनलाई १-० ले पराजित गर्दै म्यान्चेष्टर युनाइटेड सेमिफाइनलमा पुगेको हो ।

उसको जितामा ब्रुनो फर्नान्डेजले १ गोल गरेका थिए । निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । तर ब्रुनो फर्नान्डेजले थपिएको ५ मिनेट अर्थात खेलको ९५ औं मिनेटमै म्यान्चेष्टरलाइ अग्रता दिलाएका थिए । म्यान्चेष्टर युनाइटेडले अब अगष्ट १६ मा फाइनल प्रवेशका लागि वोल्भरहम्पटन र सेभियाबीचको विजेतासँग खेल्ने छ ।

filter_none स्वास्थ्य
सुनसरीमा संक्रमितको संख्या २ सय नाघ्यो
access_time 7:58 pm
  • अमर काफ्ले,

इनरुवा, २८ साउन । सुनसरीमा कोरोना संक्रमितको संख्या २ सय नाघेको छ । आज १५ जना नयाँ संक्रमित थपिएसँगै सुनसरीमा कोरोना पोजेटिभ हुनेहरुको कुल संख्या २ सय ३८ पुगेको छ ।

आज सुनसरीको धरान उपमहानगरपालिकामा ९ जना संक्रमित थपिएका छन् । त्यसैगरी स्वाब परीक्षण रिपोर्टमा दुहवी नगरपालिकामा ४ र कोशी गाउँपालिकाका २ जना पोजेटिभ पाइएका छन् ।

प्रदेशले जारी गरेको बुलेटिनमा सुनसरीमा १४ जना पोजेटिभ थपिएको भनिएपनि स्वास्थ्य कार्यालय सुनसरीले जिल्लाभर १५ जना नयाँ संक्रमित थपिएको जनाएको छ । उसले प्रदेशको विवरणमा छुटपुट भएको हुन सक्ने जनाएको छ ।

नयाँ थपिएकासँगै सुनसरीमा कुल संक्रमित २ सय ३८ मध्ये १ सय २८ जना भने निको भइसकेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालय प्रमुख सागर प्रसाईका अनुसार प्रदेशबाट स्विकृत १ सय ५० आइसोलेसन वेड मध्ये हरिनगरमा ५० वेड संचालनमा आएको छ । चतराको १ सय वेड सञ्चालनको अन्तिम तयारीमा छ ।

त्यसैगरी धरानमा समेत ५० वेड सञ्चालनको तयारीमा छ । जसमध्ये २२ वेड तत्कालैबाट संचालनमा आउने गरी व्यवस्था मिलाइएको छ । जिल्लामा आवश्यक्ता अनुसार थप व्यवस्थापन मिलाउने गरी पूर्व तयारीमा जुटेको समेत प्रसाईले बताए ।

काठमाडौं उपत्यकामा हरेक दिन संक्रमित उल्लेख्यरुपमा बढ्दै, बुधबार १ सय ३८ संक्रमित थपिए
access_time 4:49 pm

काठमाडौं, २८ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ३८ संक्रमित फेला परेका छन् । यो अहिलेसम्म काठमाडौं उपत्यकामा एकै दिन फेला परेको सबैभन्दा बढी संख्या हो । यस अघि हिजो मंगलबार एक सय ३४ जनामा संक्रमणको पुष्टि भएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमााडौंमा मात्र १ सय ९ संक्रमित थपिएका छन् भने ललितपुर २१ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ४ सय ५६ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २९ जनामा र भक्तपुरको १ जनामा संक्रमण देखिएको छ भने उता स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ९ जनामा , ललितपुरका २ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको छ ।
यता प्रहरी अस्पतालमा गरिएका परीक्षणमा काठमाडौंका २२ जनामा, २ जनामा र १ जनामा संक्रमण देखिएको छ ।

यसैगरी वीर अस्पतालमा काठमाडौंका २ जनामा र भक्तपुरका २ जनामा संक्रमणको पुष्टि भएको छ । यता ह्याम्स अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै विध ल्याबमा गरिएको परीक्षणमा काठमाडौका ५ जनामा र ललितपुरका २ जनामा र बीरेन्द्र अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा पुष्टि भएको छ । यस्तै शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ११ जनामा, ललितपुरका १ जनामा र भक्तपुरका १ जनामा संक्रणम पुष्टि भएको छ ।

योसँगै काठमाडौंमा संक्रमितको कुल संख्या १ हजार १ सय ७१ , ललितपुरमा १ सय ७९ र भक्तपुरमा १ सय ५ संक्रमित गरी उपत्यकामा संक्रमित हुनेको संख्या कुल संख्या १ हजार ४ सय ५६ पुगेको छ ।

 

बीरगञ्ज महानगरले नारायणी अस्पताललाई दिएको पीसीआर केमिकलमा गड्बडी देखियो
access_time 2:37 pm
  • हरिशंकर शर्मा/इरफान अली,

वीरगञ्ज, २८ साउन । वीरगञ्ज महानगरपालिकाले कोरोना परीक्षणका लागि नारायणी अस्पताललाई दिएको पीसीआर केमिकलमा गडबडी देखिएको छ ।

वीरगञ्जमा कोरोना संक्रमितहरुको संख्या बढ्न थाले पश्चात एक घर एक पीसीआर परीक्षण अभियान अन्तर्गत महानगरपालिकाले दिएको विभिन्न कम्पनीको पीसीआर केमिकल मध्ये एउटा कोरियन कम्पनीको केमिकलमा गडबडी देखिएको हो ।

केमिकलमा गडबडी देखिएपछि १२ सय स्वाब काठमाडौं पठाइयो

नारायणी अस्पतालमा दैनिक पीसीआर परीक्षण गर्दै आएकोमा साउन २६ गते उक्त कोरियन कम्पनीको पीसीआर केमिकलबाट परीक्षण गर्दा गड्बडी देखिएको अस्पतालका मेडिकल सुपरिटेण्ड डा। मदन उपाध्यायले जानकारी दिनुभयो ।

परीक्षणको क्रममा केमिकलमा गड्बडी देखिएपछि नारायणी अस्पताल लगायत वीरगञ्ज महानगरको मास टेस्टिङ्ग तथा एक घर एक पीसीआर परीक्षण अभियान अन्तर्गत साउन २६ तथा २७ गते संकलन गरिएको करिब १२ सय स्वाब परीक्षणको लागि काठमाडौंको प्रयोगशालामा पठाइएको मेसु उपाध्यायले बताउनुभयो ।

पूरानै कम्पनीको केमिकल मगाएर भोलिदेखि परीक्षण

उहाँका अनुसार नारायणी अस्पतालले संघ सरकारले पठाएको तथा वीरगन्ज महानगरपालिकाले उपलब्ध गराएको विभिन्न १२ कम्पनीका पीसीआर केमिकल प्रयोग गर्दै आएकोमा एउटा कम्पनीको केमिकलले मेशिनमा फिट नभएको कारण रिपोर्ट शंकास्पद आएपछि संकलन गरिएको स्वाब परीक्षणका लागि काठमाडौंको प्रयोगशालामा पठाइएको हो ।

केमिकलमा गडबडी भएसँगै नारायणी अस्पतालको पीसीआर परीक्षण कार्य रोकिएको छ । यसमा प्रयोग भइरहेको कम्पनीकै केमिकल ल्याउनका लागि एम्बुलेन्स काठमाडौं पठाइएको छ । मेसु उपाध्यायले आज भोलिसम्म केमिकल आईपुग्ने र पुनः यहाँको मेशिनमा परीक्षण कार्य शुरु हुने जानकारी पनि दिनुभयो ।

अस्पतालका कर्मचारीले केमिकल बदले : मेयर सरावगी

यता वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले यति दिन पछि केमिकलमा गडबडी रहेको भन्नु अस्पतालको गैरजिम्मेवारी रहेको बताउनुभयो ।

उहाँले विभिन्न कम्पनीको केमिकल टेण्डर मार्फत खरिद गरेर नारायणी अस्पताललाई उपलब्ध गराएकोमा करिब एक महिना हुन लाग्दा अहिले आएर केमिकलमा गडबडी भएको भन्नुले अस्पतालका कर्मचारीले नै केमिकल बद्लेको हुन सक्ने आशंका गर्नुभयो ।

वीरगञ्जमा कोरोना संक्रमण बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले स्थानीय उद्योगी, व्यापारी तथा नागरिकहरुसँग चन्दा संकलन गरेर नारायणी अस्पताललाई पीसीआर मेशिन तथा त्यसमा प्रयोग हुने केमिकल र अन्य सामानहरु प्रदान गरेका थिए ।

करिब १ करोड ७५ लाख रुपैया चन्दा संकलन गरेर खरिद गरिएको पीसीआर मेशिन एक कार्यक्रमबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नारायणी अस्तपालका मेडिकल सुपरिटेण्ड डा. मदन उपाध्यायलाई हस्तान्तरण गर्नुभएको थियो ।

narayani hospital
नारायणी अस्पतालका चिकित्सकहरुले दिएको सामुहिक राजिनामा फिर्ता
access_time 1:09 pm
  • हरिशंकर शर्मा

वीरगन्ज (पर्सा), २८ साउन । नारायणी अस्पतालका चिकित्सकहरुले दिएको सामुहिक राजिनामा फिर्ता लिएका छन् । नेपाल चिकित्सक संघ नारायणीका सचिव डा. उदयनारायण सिंहले साउन २५ गते चिकित्सकहरुले दिएको सामुहिक राजिनामा फिर्ता लिएको बताए ।

narayani hospital

सिंहले सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै वीरगन्ज महानगरपालिका वडा नं. २ छपकैया स्थितका एक व्यक्तिको उपचार अभावले ज्यान गएपछि साउन २५ गते नारायणी अस्पताल तथा चिकित्सकमाथि भएको आक्रमण पश्चात चिकित्सकहरुको बसेको बैठकले सामुहिक राजिनामा दिने निर्णय गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष करिब ३ सय ५० जना चिकित्सकले सामुहिक राजिनामा बुझाएका थिए ।

राजिनामा बुझाएपनि त्यसमाथि कुनै किसिमको सुनुवाई नभएको कारण चिकित्सकहरुले भने सेवा दिइनै रहेका थिए । सामुहिक राजिनामाको तीन दिन पश्चात विभिन्न अनलाइनहरुमा नारायणी अस्पतालका चिकित्सकहरुले सामुहिक राजिनामा दिएको भनेर समाचारहरु आउन थाले पश्चात चिकित्सक संघ नारायणीको ध्यानाकर्षण भएको भन्दै उक्त राजिनामा फिर्ता लिएको सचिव सिंहको भनाई छ ।

तीन दिन पहिलाको विषयलाई अहिले उठान गरेर समाचारहरु प्रकाशन भएपछि त्यसलाई आधार मानेर भ्रममा नपर्न आग्रह गर्दै राजिनामा फिर्ता लिएर सम्पूर्ण चिकित्सकहरु काममा फर्केको जनाएका छन् ।

filter_none कला
यस्तो बनेर आयो र्‍यापर एलिश नेपकिङको ‘जे पनि चल्छ’ (भिडियो)

काठमाडौं, २८ साउन । चर्चित र्‍यापर एलिश नेपकिङले फरक शैलीमा तयार भएको ‘जे पनि चल्छ, जहाँ पनि चल्छ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । ग्याङ्गस्टर र्‍यापको नाम दिएका उनले यस गीतलाई आफ्नै अफिसियल युट्यूव च्यानलमार्फत् सार्वजनिक गरेका हुन् ।

र्‍यापर एलिशले नेपालमा ग्याङ्गस्टर र्‍यापको परिभाषा फरक तरिकाले प्रस्तुत गर्न खोजेको बताएका छन् । गीतमा उनीसँगै एक्स सरकार र एक्स ट्रिक्सको पनि आवाज रहेको छ ।

गीतको भाव नेपाली समाजको घटनाक्रमतर्फ केन्द्रित भएको देखिन्छ । सार्वजनिक गीतको भिडियोमा पछिल्लो युवा पुस्ता र समाजमा घटिरहेका घटनाक्रमलाई प्रस्तुत गर्न खोजिएको छ ।

गीत र भिडियो दुबैले कसैलाई पनि असर नपरोस् भन्ने सोचका साथ र्‍यापर एलिश नेपकिङले १८ बर्ष माथिका लागि मात्र रहेको बताएका छन् ।

गीतको भिडियोलाई सुरेन्द्र गुरुङ हाकिमले निर्देशन गरेका हुन् । प्रविन श्रेष्ठको सम्पादन रहेको उक्त भिडियोलाई सुजन श्रेष्ठले छायाङकन गरेका हुन् ।

तीन वटा एल्बम गरिसकेका उनले सीमित तर, धेरै दर्शक श्रोताको मन मस्तिष्कमा बस्न सफल गीत दिइसकेका छन् । उनका् फर्केर आउदिन, नाचन कान्छीलगायत थुप्रै लोकप्रिय गीतहरु बजारमा आइसकेका छन् ।,

बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सो ‘क्यान्सर’, उपचारका लागि तत्काल अमेरिका जाने

एजेन्सी, २८ साउन । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको फोक्सोमा क्यान्सर भएको छ । उनाई फोक्सोमा तेस्रो चरणको क्यान्सर भएको जमिर उत्तर प्रदेशस्थित लिलावती अस्पतालले पुष्टि गरेको छ । श्वासप्रश्वासमा समस्या भएपछि केही दिनअघि उनी सो अस्पतालमा भर्ना भएका थिए ।

क्यान्सर भएको अस्पतालले प्रमाणित गरेपछि उनले उपचारका लागि अमेरिका जाने प्रतिकृया दिएका छन् । सम्भवत उनी तत्कालै अमेरिका प्रस्थान गर्नेछन् । मंगलबार मात्रै भाररतीय संचार माध्यमहरुले सञ्जयलाई फोक्सोको क्यान्सर भएको भन्दै समाचाहरु प्रकाशित भएका थिए । उपचारपछि आफू ठिक हुने आशामा रहेको प्रतिकृया उनले दिएका छन् ।

थारु गीत ‘तुल्सीपुरके बजारैमा’ सार्वजनिक हुने
  • भगतराम थारु,

नेपालगञ्ज, २७ साउन । पछिल्लो समय थारु गीत संगीतले पनि बजारमा तीब्र रुपमा चर्चा चल्न थालेको छ । लकडाउन खुकुलो बएसँगै म्युजिक भिडियोहरु धमाधम छायाङंकन हुन थालेका छन् ।

यसैबीच बर्दियाको बेलवा भन्ने ठाउँमा छायाङंकन सम्पन्न गरिएको ‘तुल्सीपुरके बजारैमा’ भन्ने थारु गीतको भिडियो सार्वजनिक हुने भएको छ । सुटिङ युनिटले उक्त गीतको म्युजिक भिडियो मंगलवार सार्वजनिक गरिने जनाएको हो ।

यसरी एकपछि अर्को थारु गीतहरु सार्वजनिक हुन थालेपछि थारु समुदाय उत्साहित भएका छन । ‘तुल्सीपुरके बजारैमा हा हमार भेट हुइना, भेट हुइला हुइला, साली हो बर्खाक झरीमा’ थारु गीतको म्युजिक भिडियो आज सार्वजनिक गर्न लागिएको हो ।

गायक खेम भैगरियाको प्रस्तुति रहेको ‘तुल्सीपुरके बजारैमा’ थारू गीतमा गायक तिर्थमान पुन र गायिका लक्ष्मी चौधरीको शब्द तथा संगीत रहेको छ ।

भिडियोमा चर्चित मोडल बिबस जीएच, सन्जिता सुन कुसुम्या, टेकेन्द्र शाही, दीपिका चौधरी, शिशिर धम्लहवा, झरना चौधरी, मिलन बिक, अनुस्का चौधरीलगायत कलाकारहरुले अभिनय रहेको छ ।

वाईएस मिडियाको ब्यानरमा निर्माण गरिएको उक्त म्युजिक भिडियोलाई बिबश चौधरी र सन्देश चौधरीले निर्देशन गरेका हुन् । भिडियोलाई यम बहादुर थारुले छायाङ्कन गरेका हुन् ।

मेरो कम्पाउण्डर बा र वहाँको साइकल
  • देवेशराज भट्टराई

बिहानको मौसम त्यति राम्रो थिएन ! सात बजे टन्टलापुर घाम लागिसक्नु पर्नेमा, आकासको एक भित्ता पनि निलो नदेखेपछि मैले मेरो हात्तीलाई नै ओढाउन पुग्ने छाता लिएर निस्किन के खोजेको थिएँ, मुसलधारे पानी पर्न सुरु गर्यो । लौ पर्यो, फसाद् । एकै छिन घरैमा २-४ पाइला सार्दै जीउ तन्काउन थालेँ ।

पानी थामिनु नै थियो, आखिर । आज मेरो लक्ष थियो, मेरो घरको छेउको गणेशको अगाडि धर्ना ! “धर्ना” के नेता र कार्यकर्ताको मात्रै पेवा हो त ? मैले किन नपाउने ? त्यो पनि गणेशसित । दुइ दिनदेखि परिक्रमा गर्दा मैले एउटा मात्र कुरा मागिराखेको थिएँ, एउटा कथाको शीर्षक । तपाइहरु भन्नुहोला, त्यस्तो पनि कसैले माग्छ त ?

लेखक

मलाई गाह्राे भा छ के । के गर्नु ती सबै मेरा पात्रहरु लकडाउनअगाडि बाली घुम्न गाका त्यहीँ, अड्केर मेरो बिजोग छ आजकल । मेरो गणेशले एउटा पात्र दिएनन् भने त मेरो रोजीरोटीको सवाल छ ।

मन्दिरअगाडि गएँ । लौ भगवान मलाई बचाउ भनेर के कुरा गर्या मात्र थिएँ, स्वयं श्री गणेशबाट आदेश भो र मलाई मर्जी भो, “तैँले आज तेरै गाउँको कम्पाउण्डर बा को कुरो कथा बनाएर लेख । उ पनि मेरो असीम भक्त थियो, बुझिस् ?” भगवान् गायब भए । मैले आज धर्ना गरेर थर्काएपछि, भोलिसम्म त जसरी पनि आफ्नो काम होला भन्ने ठानेको, आजै पो निस्के यो गणेस्, मेरी बास्सै ।

ल अब सुन्नुस् मेरो कम्पाउण्डर बा “भक्त बहादुर बस्नेत्”, हाम्रो ज्ञान दाइको बाको एतिहासिक कथा ।

०००

हाम्रो कम्पाउण्डर बा पनि मजस्तै श्री गणेशको चाकडी गर्न माहिर । त्यो बेला भगवान खुशी भएर एउटा बेलाइती ह्याम्मर साइकल मात्र होइन्, त्यसमाथि एउटा सानोतिनो संसारै अटाउने खैरो झोला झारेर छोडे ।

भगवान दाइने हात भएपछि के कुरो । त्यो बेलाको बानेश्वर गाउँको एक मात्र चिकित्सक । ६ फिट २ इन्च जिउडालका मान्छे । हात्तीभन्दा पनि अग्लाे । त्यसमाथि त्यो ह्याम्मर साइकल् । अनि के चाहियो, हाबाजस्तै बिरामीकहाँ एकै छिन पुग्नु हुन्थ्यो रे । सुन्या कुरा ।

त्यो बेलाको हात्तीजस्तो मेरो कम्पाउन्डर बालाई बोक्ने साइकल र अहिले मान्छेले बोक्ने साइकलको कुरा गरेर के समय फाल्नु ? त्यो त बायुपंखी घोडाको अर्को रुप थियो ।

ल अर्को कुरा पनि सुन्नुस्, त्यो पिढिँमा भाको उहाँको आराम कक्ष र अरु दुइ-तीन कोठा त मानौं बानेस्वरको लोकल हस्पिटल्, क्लिनिक र अरु जे, जे भन्नुहुन्छ्, अल इन वान थियो । छेउको ल्याबमा नाना प्रकारका चिप्लेकिरादेखि, जडिबुटी, औषधि, प्याथालोजी ल्याबको अर्को रुपै थियो ।

हाम्रो कम्पाउण्डर बाले के गरेनन् ? भुराहरुको हाड जोडेनन् कि, घाउ सेकेर सिलाएनन् कि, तिघ्राका मासु काटेर आजकलजस्तो झन्डै झन्डै प्लास्टिक सर्जरी सबै गर्न भ्याए । मानौं कि एउटा निरोगी, स्वस्थ बानेश्वर गाउँ बनाउन कहिले झाँक्री, कहिले वैद्य र कहिले सर्जन ।  फेरि आफ्नो असली रुप कम्पाउन्डर यानिकी मिनी डाक्टर, सबैको सिङो रुप “भक्त बहादुर बस्नेत” ।

यो सबै कुरा सुनेर मेरो बासित कफी टकमा आउन थोरै जरुर ढिलो भएको चाहिँ हो आज ! तर एउटा सानो टुक्रो कुरो मेरो बा “सन्दाइ” सित पनि जोडिने रैछ ।

आज मेरो बा लाइ पनि सरप्राइज दिन मन लाग्यो । मैले मेरो बालाई बिर्सेको हो कि, त्यो साइकल दुर्घटना भनेर ताजा याद दिलाउन थालें । कुरो के भा रैछ भने “मेरो बा त्यो बेलामा हात्तीभन्दा अलि सानो मात्र त हो नि, आफूलाई बोक्ने साइकलमा गाउँका आठजना भुराहरुलाई लिएर अगाडिको चौरमा मजासित घुमाएछन् बाले ! अन्तिम राउन्डमा भयो उपद्रो- भुराभुरी र हात्तीजस्तै मेरो बा साइकलबाट भुइँमा ड्याम्मै लडे रे ! अनी केटाकेटि द्ङ के पर्थे अब्, एउटा बालकको चाहिँ कुर्कुच्चामा अलि राम्रै घाउ भएछ, क्यारे ! पाङ्राभित्र त्यो कलिलो खुट्टा छिरेछ । अनि मेरो बा पुगे हाम्रो कम्पाउन्डर बाको क्लिनिक।

हाम्रो कम्पाउन्डर बा एकएक सर्जन्, एनेस्थेसिस्ट्, अर्थोपेडिसियन र बच्चाको डाक्टर, त्यो बालक उपचारमा कतिदिन तल्लिन भए होलान ल्, भन्नुस् । त्यो बालक अहिले ६० काटिसकेछन्, उनकाे कुर्कुच्चोमा पुरिएको खत केही अगि मात्र हेरेर आको थिएँ मैले ।

मेरो कम्पाउण्डर बा, तपाइँको यादमा दुइ-चार पंक्ती लेख्न पाउँदा रमाइलो लाग्यो है ! ईश्वरले हजुरको आत्मालाई शान्ति दिउन्… !

filter_none विश्व
फ्रान्समा कोरोना संक्रमण वृद्धि भएपछि मास्क लगाउन अनिवार्य
access_time 6:50 pm

एजेन्सी, २८ साउन । फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सले फ्रान्स गत दुई सातादेखि गलत दिशामा गइरहेको अभिव्यक्ति दिएका छन् ।फ्रान्सका स्वास्थ्य मन्त्रालयका अनुसार फ्रान्समा मंगलबार एक हजार ३ सय ९७ कोरोना संक्रमणको नयाँ घटनाहरु देखिएको छ । जुन सोमबारको तथ्यांक भन्दा लगभग दोब्बर रहेको छ। पछिल्लो हप्ता १० हजार ८ सय नयाँ संक्रमणहरु फेला परेका छन् ।

मंगलबार एक प्रेस सम्मेलनमा फ्रान्सेली प्रधानमन्त्रीले स्थानीय अधिकारीहरूलाई सकेसम्म सार्वजनिक स्थानहरूमा मानिसहरुलाई मास्क लगाउन अनिवार्य बनाउन आग्राह गरेका छन् । त्यहाँ सार्वजनिक यातायात, पसल, सरकारी कार्यालय र पर्यटन स्थलहरूमा मास्क लगाउन अनिवार्य गरिएको छ।

प्रधानमन्त्रीले अक्टोबर ३० सम्म त्यहाँ पाँच हजार भन्दा बढी मानिसहरु जम्मा हुन नदिने निर्णय गरेका छन् । यो प्रतिबन्ध यस महिनाको अन्त्यसम्ममा हटाउनु पर्ने थियो, तर दक्षिणी फ्रान्समा एक सातामा १० हजार मानिस रभ पार्टीमा जम्मा भएपछि सरकारले यो कदम उठाएको जनाइएको छ।

कोरोना महामारी : बेलायतमा २०.४ प्रतिशत आर्थिक गिरावट
access_time 6:03 pm

एजेन्सी, २८ साउन । कोरोना भाइरस संक्रमण र लकडाउनपछि ब्रिटेनमा आर्थिक मन्दि भएको आधिकारिक तथ्यांक आएको छ ।बेलायतको अर्थव्यवस्था अप्रिल र जून बीचमा गिरावट देखिएको छ । बेलायतको अर्थतन्त्र जनवरी – मार्चको तुलनामा अप्रिल–जूनमा २०.४ प्रतिशतले गिरावट आएको जनाइएको छ। लकडाउनको कारण पसलहरू बन्द भएको कारण घरेलु सामानको खपत र बिक्री पनि घटेको थियो। कारखानामा उत्पादन र निर्माणमा पनि गिरावट आएको छ।

ति सबै कारणहरूले गर्दा २००९ पछि बेलायत पहिलो पटक आर्थिक मन्दीको शिकार बनेको छ । बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले जुन जूनदेखि अर्थव्यवस्था पछाडि फर्कने आशा लिएको छ ।

मन्दीको बढी असर सबै भन्दा बढी त्यहाँका अस्पताल क्षेत्रमा परेको जनाइएको छ।

न्यूजिल्याण्डमा एक सय २ दिनपछि फेरि कोरोना संक्रमण फेला, विपक्ष नेताद्वारा चुनाव स्थगित गर्न माग
access_time 5:26 pm

एजेन्सी, २८ साउन । न्यूजिल्याण्डमा एक सय २ दिनपछि फेरि कोरोना भाइरसको संक्रमणको केस देखिएको कारण  विपक्षी नेताले सेप्टेम्बरमा चुनाव अगाडि बढाउन प्रधानमन्त्री जेसिन्डा एडर्नसँग आग्रह गरेका छन्।न्यूजिल्याण्डमा एक सय २ दिनसम्म कोरोना भाइरसको एउटा पनि केस भेटिएको थिएन । यद्यपि मंगलबार कोरोना भाइरसको चार नयाँ संक्रमित देखिएका छन् । उक्त शहरमा तीन दिन लकडाउन लगाइएको छ । त्यहाँ कोरोनालाई लिएर अलर्ट घोषित गरिएको छ ।

बुधबार विपक्षका नेता जुडिथ कोलिन्सले भनेका छन्, ‘यस्तो हालतमा स्वतन्त्र र निष्पक्ष चुनावबारे कुनै पनि फैसला लिने भन्दा पहिला नयाँ केसहरु प्रभावमा विचार गर्न जरुरी रहेको जनाइएको छ ।’

भारतमा एकै दिनमा ६० हजार ९६३ सङ्क्रमित फेला
access_time 3:22 pm

एजेन्सी, २८ साउन । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार ६० हजार ९६३ जना सङ्क्रमित भेटिएका हुन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या २३ लाखभन्दा बढी पुगेको छ ।

भारतमा कोरोनाकै कारण अहिलेसम्म ४६ हजार ९१ जनाको मृत्यु भएको छ । तीमध्ये ८३४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

कुल सङ्क्रमित २३ लाख २९ हजार ६३९ मध्ये छ लाख ४३ हजार ९४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १६ लाख ३९ हजार छ सय जना निको भएका छन् ।

कोरोना अपडेटः विश्वभर कोरोना संक्रमित २ करोड बढी, ७ लाख ४६ हजारको मृत्यु
access_time 2:53 pm

एजेन्सी, २८ साउन । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार दिउँसोसम्म कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४६ हजारको मृत्यु भएको छ ।स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोनाभाइरसको संक्रमण सबैभन्दा बढी देखिएका मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, मेक्सिको, भारत र रसिया समेतका मुलुकहरु रहेका छन् । संयुक्तराज्य अमेरिकामा ५३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ब्राजिलमा ३१ लाख, भारतमा २३ लाख, रसियामा ९ लाख, दक्षिण अफ्रिकामा ५ लाख ६६ हजार, मेक्सिकोमा ४ लाख ९२ हजार, पेरुमा ४ लाख ८९ हजार तथा कोलम्बियामा ४ लाख १० हजार संक्रमित छन् ।

कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका नागरिक पनि संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी छन् । पछिल्लो विवरण अनुसार अमेरिकामा हालसम्म १ लाख ६७ हजार, ब्राजिलमा १ लाख ३ हजार, भारतमा ४६ हजार, रसियामा १५ हजार, मेक्सिकोमा ५४ हजार, दक्षिण अफ्रिकामा १० हजार, पेरुमा २१ हजारको मृत्यु भइसकेको छ ।

युरोपेली मुलुकहरुमा पछिल्ला दिनमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । यद्यपी युरोप महादेशमा कूल संक्रमितमध्ये २ लाख ७ हजारको मृत्यु भइसकेको छ । भाइरस फैलिनेक्रम तिब्र रहेको दक्षिण अमेरिकी महादेशमा हालसम्म १ लाख ६३ हजार, एसियामा १ लाख १३ हजार, उत्तर अमेरिकामा २ लाख ३८ हजार, अफ्रिकामा २४ हजारको ज्यान गएको छ ।

सामाजिक सद्भाव भड्कीने गरि फेसबुकमा पोष्ट गरेपछि भारतमा झडप हुँदा २ को मृत्यु
access_time 11:05 am

एजेन्सी, २८ साउन । सामाजिक सद्भाव भड्कीने गरि फेसबुकमा पोष्ट गरेपछि भारतमा झडप हुँदा २ को मृत्यु भएको छ । बैंगलोरमा भएको उक्त झडपमा स्थिती नियन्त्रणमा ल्याउन प्रहरीले गोली चलाउदा उनीहरुको मृत्यु भएको हो ।

प्रदर्शनकारीले गरेको ढुंगामुढाले लागेर दर्जनौं प्रहरी घाइते भएका छन् । भारतीय काँग्रेसका सांसद श्रीनिवास मूर्तिका नाथेदार पर्ने नवीन भन्ने व्यक्तिले फेसबुकमा मुस्लिम समुदायको भावनामा ठेस पुग्ने गरी लेखेको पोष्टले सो झडपको स्थिती सृजना गरेको थियो ।

पोष्टपछि स्थानीय मुस्लिम समुदाय विरोधसँगै प्रदर्शनमा उत्रिएको थियो । प्रहरीले ११० प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताइएको छ । प्रदर्शनकारीले सासद श्रीनिवास मूर्तिको घरमा ढुगामुढा गरेर क्षति पुर्याएका छन् ।

कोरोना भाइरसबिरुद्धको भ्याक्सिन रुस आँफैले प्रमाणित गरे मान्यता हुँदैन : डब्ल्युएचओ
access_time 10:29 am

एजेन्सी, २८ साउन । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस बिरुद्धको भ्याक्सिन रुस आँफैले प्रमाणित गरे मान्यता नहुने बताएको छ । रुसले बिकास गरेको भ्याक्सिनबारे आफूहरुलाई केही जानकारी नभएको बताउदै (डब्ल्युएचओ)ले ऊ एक्लैले प्रमाणित गरे आधिकारिकता नहुने बताएको हो ।

संगठनले रुसले भ्याक्सिन बनाउदै गरेको हल्ला सुनेकाे तर त्यसको मुल्यङ्कनका लागि आफूकहाँ कुनै जानकारीसमेत नआएको बताएको छ । विश्व स्वास्थ्य संगठनअन्तर्गत पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भनेका छन्- ‘रुसले भ्याक्सिन बनाउन सुरु गर्नेछ भन्ने सुनेको छु । तर जबसम्म थप ट्रायल पूरा हुँदैन तबसम्म यस्तो गर्न हुँदैन। भ्याक्सिन बनाउने जो कोहीले पनि यो प्रक्रियाको पालना गर्नुपर्छ ।’

भ्याक्सिन सुरक्षित भएको र विश्व स्वास्थ्य संगठनले सिफारिश गरेपछि मात्रै कोरोनाबिरुद्ध भ्याक्सिनले आधिकारिकता पाउने डब्ल्युएचओको भनाइ छ । यसअघि पनि संगठनले रुसलाई कोरोनाविरुद्धको भ्याक्सिन बनाउनका लागि अन्तर्राष्ट्रिय दिशानिर्देशको पालना गर्न आग्रह गरेको थियो ।

रुसले कोरोनाभाइरसको खोप बनाएको दाबी गरिरहेको छ । मंगलबार नै रुसी राष्ट्रपति पुटिनले कोरोनाभाइरसविरुद्धको खोपलाई अनुमोदन गरेको बताइएको थियो । राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनबाट मस्को गामालेया इन्स्टिच्युटले बनाएको खोप सुरक्षित रहेको दाबी गर्नुभएको छ ।

filter_none रोजगार
कुवेतले झण्डै ४ लाख आप्राबासी कामदार कटौती गर्ने

एजेन्सी, २८ साउन । नेपालीहरुको प्रमुख बैदेशिक रोजगारीको गन्तव्य कुवेतले झण्डै ४ लाख आप्राबासी कामदार कटौती गर्ने भएको छ । कुवेत सरकारले संसदीय मानव संसाधन विकास समितिसँगको बैठकले जनसांख्यिकीय असंतुलनलाई सम्बोधन गर्दै यो निर्णय गरेको हो । उसले यससम्बन्धी योजनाको पूर्ण रूपरेखा नै तयार पारेको छ ।

समितिको प्रतिनिधित्व कुवेतका सामाजिक मामिला मन्त्री र आर्थिक मामिला राज्यमन्त्रीले गर्नुभएको थियो । सो समितिले यही हप्ताभित्र प्रतिवेदन पेश गर्ने गर्नेछ । प्रतिबेदन अनुसार कुवेतमा रहेका अवैधानिक एकलाख आप्राबासी कामदारसहित ३ लाख ६० हजार कटौती गर्ने प्रस्ताव उल्लेख छ । सीपविहीन १ लाख ५० हजार र ६० बर्ष भन्दा माथिका ९० हजार आप्रबासी काममदार पनि कटौटीको लिस्टमा पर्ने प्रतिवेदनमा उल्लेख छ ।

जसमा नेपाली सहित अन्य जुनसुकै मुलुकका कामदार पर्नेछन् । अहिले पनि कोभिड १९ को महामारीका कारण कम्पनीहरु बन्द भएका कारण धेरै नेपालीहरुको रोजगार गुमिसकेको छ ।

डेरी व्यवसायले फेरिएको कार्कीको जीवन
  • विवेक राई,

भोजपुर, ८ साउन । भोजपुर नगरपालिका–७ का ज्ञान कार्की (रमेश)ले २०६७ सालमा गाई पालन व्यवसाय शुरु गरेका थिए । दुवईमा ४ वर्ष बसेका कार्कीले विदेशमा गरेको दुःखलाई सम्झेर स्वदेशमै केही गर्न सकिन्छ कि भन्ने सोचाईका साथ ईलामबाट जर्सी र होलस्टन जातका ११ वटा गाई ल्याएर व्यवसाय शुरु गरेका थिए ।

व्यवसाय सञ्चालनका लागि उनले तीन जना युवाहरुलाई मासिक ११ हजारको दरले ज्याला दिएर राखेका थिए । गाई व्यवसायबाट उत्पादित दुधबाट राम्रो आम्दानी लिन थालेको केही वर्षपछि आफ्नो फर्मबाट उत्पादन भएको दुध विक्री हुन छोड्यो । त्यस्तै, उनले आफूसँग भएको गाईलाई खोरेत रोगका कारण उपचार तथा विज्ञ प्राविधिकको अभावले धेरै गाई गुमाए ।

स्थानीय बहु उद्देश्यीय सहकारी संस्था मार्फत् गाईको बीमा गराएका कार्कीले क्षतिपूर्ति समेत पाएनन् । त्यसपछि उनले गाई फर्म छाडेर गाउघरको दूध संकलन गरी श्री गणेशथान दुग्ध डेरी सञ्चालन गर्ने योजना बनाएर २०६९ सालबाट डेरी सञ्चालन सुरु गरे ।

सुरुमा कार्कीले एउटा प्लाष्टिकको बाल्टी र एउटा टेबल राखेर व्यवसाय थालेका थिए । डेरी सञ्चालन गरेको केही महिनापछि कार्कीलाई जिल्ला कृषि कार्यालयबाट ५० प्रतिशत अनुदानमा दूध संकलन गर्ने फ्रिज बक्स प्राप्त भयो ।

आफूसँग भएको बजेट सबै डेरी सञ्चालनमा लगाएका कार्कीलाई कतै व्यवसाय नचल्ने पो होकी ? भन्ने चिन्ता पनि उत्तिकै थियो । तर, समय वित्दै जादा तत्कालीन जिल्ला कृषि कार्यालय र उन्नति परियोजनाले डेरी सञ्चालन सम्बन्धी पोखरा, सुनसरीमा दिएको आधारभुत तालिमले उनलाई व्यवसाय सञ्चालन गर्न झन उर्जा थप्यो ।

नाफा–घाटा व्यहोर्दै २०७३÷७४ सालमा दैनिक १५० लिटर भन्दा बढी दूध संकलन गरी आफ्नो डेरीबाट बेच्न थालेका कार्कीको मासिक ४० देखि ४५ हजारसम्म आम्दानी हुन थाल्यो । दूधसँगै उनले दूधका परीकारहरु दही, छुर्पी, घ्यू, पनिर, खुवा, चिज, पुस्टकारीसमेत बनाउन थाले ।

कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनमा पनि उनी भोजपुर नगरपालिकाका विभिन्न वडाहरुमा पुगेर दूध संकलन गर्नुका साथै संकलित दूधलाई आफ्ना ग्राहकका घर–घरमा पु¥याउँदै आएका छन् ।

पछिल्लो समय ग्राहकको माग पु¥याउन नसकेका कार्कीले दूध संकलनका लागि आवश्यक सामग्री जोडिसकेको बताउदै बजारको माग पूरा गर्न भोजपुर नगरपालिका १ आख्रेमा १४ रोपनी जग्गा खरिद गरी गाई फर्मको लागि तयारी गरिरहेको जानकारी पनि गराएका छन् ।

जिल्लाका अधिकांश सडकहरु हिलाम्मे भएका कारण पनि सोचेजति दूध संकलन गर्न नसकेको कार्की बताउँछन् । मासिक ५५ हजारदेखि ६५ हजारसम्म आम्दानी भइरहेको कार्की बताउँछन् ।

विहान ४ बजेदेखि साँझसम्म डेरीमा दूध तथा दूधका परिकार बेच्न कार्कीसँगै उनका श्रीमतिलाई भ्याई नभ्याई हुने गरेको छ । उनले डेरीकै आम्दानीले तीनतले पक्की घरसमेत बनाई सकेका छन् ।

filter_none विचार/विश्लेषण

कोरोनाको कहरमा अल्झिएको पर्यटन क्षेत्र

  • गोपाल श्रेष्ठ

कोरोना भाइरस (covid 19_ गत डिसेम्बर  अन्त्यतिर चीनको वुहान शहरबाट आगोको झिल्काझैँ सुरू भएको थियाे । यसले आज डढेलोको रूप लिँदै विश्व मानव जगत नै तहसनहस हुनेगरी महामारीको रूप लिएको छ । करिब १ करोड़ ४३ लाख ४८ हज़ार ८०० मानिस संक्रमित छन् भने करिब ६ लाख ३ हजार ६ सय मानिसले ज्यान गुमाइसकेको स्थिति छ । विश्वका २ सयबढी देशमा भाइरस फैलिएको छ । त्यसबाट नेपाल पनि अछुतो रहने त कुरै भएन ।

नेपालमा कोरोना भाइरस : विश्वका कैयौं शक्तिशाली राष्ट्रहरूमा कोरोना भाइरसको मुस्लो फैलिसक्दासम्म नेपाल धेरै सुरक्षित देखिन्थो तर त्यो स्थिति २४ जनवरी २०२० सम्म मात्र टिक्न सक्यो र नेपालमा पहिलो संक्रमितको रूपमा चीनको वुहान शहरबाट फर्केको एक जना ३२ वर्षीय विद्यार्थीमा कोरोना पहिचान भयो । त्यो स्थिति २० मार्चसम्म कायम रह्यो र २० मार्चपछि निरन्तर बढ्दै गएको संख्या आजको मिति सम्म १८,०९४ संक्रमित पुष्टि भइसकेका छन् । ४२ जनाको ज्यानसमेत गैसकेको छ । र, दैनिक नयाँ संक्रमित थपिने रेसियोलाई हेर्दा अन्य प्रभावित देशहरू भन्दा कम भयावह स्थिति देखिँदैन।

पर्यटन क्षेत्रमा परेको असर:

कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढ़ी प्रभावित भएको क्षेत्र हो पर्यटन । गत वर्ष करिब ८४ अर्ब कमाएको पर्यटन क्षेत्रले २०२० मा १ खर्ब आम्दानी गर्ने व्यवसायीको प्रक्षेपण थियो । यस्ले व्यवसायमा दिर्गकालिन रूपमा असर पुर्याउने त छँदै छ भने राज्यले समेत ठूलो राजस्व गुमाउन पुगेको छ । हिमाल आरोहणमा रोक लगाउदा करिब ४५ करोडभन्दा बढी राजस्व गुमेको छ ।

यता पर्यटन क्षेत्रमा आबद्ध लाखौं मजदुरहरूलाई कसरी व्यवस्थापन गर्ने र पलाएन हुनबाट कसरी रोक्ने भन्ने चुनौती त छदै छ अर्कोतिर व्यवसायीहरू आफै पनि कसरी सस्टेन (sustain) हुने भन्ने चिन्ता बढ्दो छ ।

व्यवसायमा आबद्ध मजदुरहरूलाई व्यवसायीले दिन सकिने सुविधा र राहत त छदै छ तर व्यवसायीहरू आफै पनि समस्यामा भएकाले राज्य स्तरबाट अविभाबकक्त्व भूमिका भईदियोस भन्ने सबैको महसुस हो ।

अन्तराष्ट्रीय मजदुर संगठनका अनुसार बिश्वभरीमा क़रीब १ अर्ब भन्दा बढी पर्यटन क्षेत्रका मानिसले रोजगारी गुमाऊने भएको छ भने करिब २५ खर्ब क्षति पर्यटन व्यवसायले गुमाऊनु परेको छ । यो स्थितिमा नेपालजस्तो देश, जो ८० देखि ९०% सम्म अन्तर्राष्ट्रिय पर्यटन बजारले धानिदिएको देश प्रभावित नहुने भन्ने त कुरै भएन ।

भ्रमण वर्ष २०२०

नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्व बजारमा स्थापित गर्ने उद्देश्यसहित सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने र २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य आज सपना जस्तै बनेको छ ।

०७२काे भूकम्पपछि बिस्तारै तंग्रिएको नेपालको पर्यटन क्षेत्रलाई भ्रमण वर्षले निकै उत्साहित गरेको थियो । साथै भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रले यस क्षेत्रमा निकै ठूलो लगानी समेत बढाएका थिए । त्यति मात्र नभई भ्रमण वर्ष २०२० लाई महामारी भुकम्पले दिएको नकारात्मक सन्देशलाई चिर्ने राम्रो माध्यामको रूपमा पनि हेरिएको थियो ।

सरकारलाई सुझाव

विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड-१९ का कारण तहसनहस बनेको नेपालको पर्यटन क्षेत्र ऊकास्न सरकारले कुनै कन्जुस्याइँ र हिचकिचाहट गर्न हुँदैन । किनकि यो क्षेत्र भनेको राष्ट्रको गहना, राष्ट्रको सुन्दरता हो । थोरै लगानीमा धेरै र छिट्टो रोजगारी दिलाउन सकिने क्षेत्र हो पर्यटन । अहिलेसम्म अधिकतम निजी क्षेत्रले धानिदिएको भनेको पर्यटन क्षेत्र विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण तहसनहस भएपछि सबै व्यवसायीहरू यो क्षेत्रलाई बचाउन र काँध थापिदिन सरकार/राज्य समक्ष हाहारगुहार गरिरहेको अवस्था छ । राज्य र सरकारले अविभाकीय भुमिका खेल्नै पर्छ यो एऊटा सरकारको लागि अवसर पनि हो यो क्षेत्रलाई डुब्नु दिनु हुन्न भन्ने मेरो बुझाइ छ।

बजेट

सरकारले बजेट मार्फत पर्यटन क्षेत्रलाई थोरै भए पनि सम्बोधन गरेको देख्न सकिन्छ । ५० अर्बको राहत व्यवस्थापन र सहुलियत ऋण तथा कर्जामा पुनर्तालिकाजस्ता योजनाहरू अगाडि बढाएको छ । नेपालमा जतिसुकै राम्रो बजेट विनियाेजन भए पनि कार्यान्वयन र कार्यविधि निक्कै फितलो एवं झन्झटिलो हुने गर्दछ । यदि त्यो पाटोलाई राम्रोसँग ध्यान दिने हो भने यसपटक पर्यटन क्षेत्रमा भएको सम्बोधन त्यति नराम्रो भने होइन ।

अन्तर्राष्ट्रिय अनुभव

भर्खरै मात्र जापान सरकारले आफ्ना नागरिकलाई मात्र नभई विधिवत रूपमा बसेका विदेशी नागरिकलाई समेत लक्षित गरी प्रतिव्यक्ति रू. १ देखि ३ लाख सम्म अर्को वर्ष (२०२१) देखि तिर्ने सर्तमा विनाब्याज राहत प्याकेजको व्यवस्था गरेको छ । यसले के बुझाउछ भने त्यहाँका व्यवसायीलाई हेर्ने नजर जापान सरकारको उत्कृष्ट छ ।

त्यस्तै न्यूज़ील्यान्डका प्रधानमन्त्रीले त्यहाँको व्यवसायलाई उकास्न र पुनर्स्थापना गर्न निकै लोकप्रिय प्याकेजहरू दैनकजसो घाेषणा गरेको देख्न र सुन्न सकिन्छ । उता क्यानडाका प्रधानमन्त्रीले पनि आफ्ना नागरिक र व्यवसायीहरूलाई लक्षित गरी विभिन्न लोकप्रिय कार्यक्रमहरू ल्याई पुनर्स्थापना गर्न जोड़ दिएको देख्न सकिन्छ ।

त्यसैगरी जर्मन सरकारले कोरोना पीडितलाई २०२२ मा पे ब्याक गर्ने गरी कोठाभाडा निःशुल्क गरेको छ । त्यति मात्र नभई प्रभावित व्यवसायमा कार्यरत कर्मचारीको ७० प्रतिशतसम्म तलब दिने व्यवस्था गरेको छ त्यहाँका व्यवसायीलाई हेर्ने नजर र व्यवसायीलाई उपलब्ध गराउने ऋण सुविधा निकै उत्कृष्ट मात्र नभई समयमै पनि छ । त्यसैले त विश्वका उत्कृष्ट राष्ट्रहरूमा गनिन्छ ।

यी त उदाहरण मात्रै भए । यस्ता अन्य कैयौं राष्ट्रहरू छन्, जस्ले COVID-19 लाई अवसरमा बदलेका छन् हामीले त्यी राष्ट्रहरूले जस्तै गर्न नसके पनि जति सक्छौं, प्रभावकारी र समयमै गर्न सक्ने हो भने पनि थप समस्याबाट सुरक्षित हुनेछौं ।

निजी क्षेत्रको दायित्व :

पर्यटन क्षेत्रमा विभिन्न व्यावसायिक संस्थाहरू कार्यरत छन् । जस्तैः टान (TAAN ), नाट्टा (NATTA), पाटा-नेपाल (PATA-Nepal, हान(HAN), सोट्टाे (SOTTO), एनएमए (NMA), भिटोफ (VITOF), नारा (NARA) जस्ता थुप्रै संघ-संगठनहरू एक्लै उभिएको र आफू आबद्ध व्यवसायहरूको पक्षमा मात्र उभिएको देखिन्छ । अबको समय त्यसो नगरी सबै संघ-संस्थाहरू एकै ठाउँमा उभिई सामुहिक बल लगाउनु जरूरी छ  । र, मात्र नेपालको पर्यटन भन्ने सब्दलाई आत्मसात गरेर अगाडि बढ्नुपर्दछ । किनकि यी सबै व्यवसाय एक-अर्काका परिपूरक छन् ।

सामुहिक बल नै आजको आवश्यकता हो । कुनै मिडियामा चर्चा-परिचर्चा भन्दा पनि परिणाममुखी (रिज़ल्ट ओरिएन्टेड) काम गर्न जरूरी छ । साथै आफू आबद्ध व्यवसायीहरूलाई पलायन हुन नदिन देखाउनुपर्ने क्षमता र गर्नुपर्ने पहलको परीक्षा हुने समय पनि यही हो । त्यसैले बरू एउटा काम गर्नुहोस् तर परिणाम देखिने गरी काम गर्नुहाेस् । म सबै संघ-संस्थालाई सुझाव दिन चाहन्छु ।

अहिले व्यवसायीहरूले आफ्ना एसोसिएशनहरूसँग ठूलो आशा गरेको भनेको सरकारबाट दिने भनिएको ऋण सुविधाको लागि सहजीकरण, सरलीकरण र सामान्य व्यवसायीहरूको समेत सहभागिता हुनेगरी समन्वयकारी भूमिका खेलियाेस् भन्ने हो । त्यस्तैगरी क्राईसेस म्यानेजमेन्ट ट्रेनिंग, व्यवसायमुखी तालिम । COVID-19 सुरक्षाविधि तालिमजस्ता कुराहरूमा यस क्षेत्रमा आबद्ध संघ-संस्थाहरू चुक्नु भनेको अवसर गुमाउनु हो ।

मौद्रिक नीति

कोरोना भाइरस (COVID-19) का कारण थलिएको पर्यटन क्षेत्र र निराश भएका व्यवसायी मौद्रिक नीतिले केही उत्साहित बनेका छन् । चालु पुँजी कर्जा, ५% ब्याजदरमा सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा प्रवाहमा प्राथमिकता र कर्जामा पुनर्तालिकीकरणजस्ता योजना मौद्रिक नीतिले व्यवस्था गरेको छ । यो व्यवस्था ठूला र पहुँचवालाले मात्र नभई सामान्य व्यवसायीको समेत सहभागिता हुनेगरी प्रभावकारी कार्यान्वययन र सरल कार्यविधिमा ध्यान दिने हो भने के गर्ने, कसो गर्ने र कहाँबाट सुरू गर्ने भन्ने कन्फ़्यूजनमा रहेका व्यवसायीलाई पक्कै पनि केही राहत पुग्नेछ र पुनर्स्थापनामा सहयोग पुग्ने पक्का छ । तर यो नै प्रयाप्त भने होइन ।

निष्कर्ष

कुल ग्राहस्थ उत्पादनमा यो क्षेत्रको थोरै प्रतिशतकाे मात्रै योगदान छ भनेर अवमूल्यन गर्नु मुर्खता हो । यस क्षेत्रले सृजना गरेको प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारीको पाटोलाई गम्भीरतापूर्वक लिइनुपर्दछ । पर्यटन क्षेत्र बन्द हुँदा हरेक क्षेत्रमा पार्ने प्रभावलाई नजरअन्दाज गरियो भने मुलुकमा आर्थिक मन्दीका साथै ठूलो मात्रामा बेरोजगारी समस्या सृजना हुने र यसको व्यवस्थापन गर्न नसक्दा मुलुक समस्यामा फस्न नसक्ला भन्न सकिन्न । वैदेशिक मुद्राको अभाव हुने कुरा त कहालीलाग्दो नै छ ।

COVID-19 का केही सकारात्मक पाटा पनि छन् । आज सम्पूर्ण विश्व नै एकै ठाउँमा उभिएको अवसर छ । हामी एक्लै छैनौँ । यो चुनौतीलाई  ‘Opportunity for new Normal’ भन्ने बुझेर अवसरका रुपमा बदलियो भने दिगो पर्यटनको जग बसाल्न सकिने कुरा प्रष्ट छ । हामी बेरोजगारी समस्याबाट मुक्त हुनेछौं । वैदेशिक मुद्रा आय विगतको तुलनामा झनै बढ्नेछ । यो कुनै काल्पनिक कुरा हैन । वर्तमान महामारीबाट विश्वभर दैनिक हजारौंको संख्यामा मानिस बेरोजगार बनेका छन् देशबाट ठूलो संख्यामा यूवा शक्ति बाहिरियो भनिरहेका बेला COVID-19 का कारण रोज़गार गुमाएका लाखौंको संख्यामा रहेको यूवा शक्ति देश फर्किंदै छन् यही अवसरमा देशमा रोजगारी सृजना गर्नसके र युवा सक्तिलाई परिचालन गर्न सके यो एउटा देश निर्माण गर्ने अवसर पनि हो ।

अर्को पाटो भनेको हामीले केही ढिला नगरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको भए र विश्व स्वास्थ्य संगठनले चेतावनी दिएकै बेलामा नेपाल–भारत सीमा बन्द गर्न सकेको भए नेपाल त कोरोनामुक्त मुलुक नै हुने रहेछ भन्ने सन्देश हामीले कुनै परिश्रमबिना नै पनि विश्वभर सकारात्मक रूपमा फैलाइसकेका छौँ । यो सकारात्मक सन्देश नै कोरोनामुक्त नेपालको पर्यटन क्षेत्रका लागि विशेष शक्ति हुनेछ । विश्वका कैयौं शक्तिशाली मुलकसँग तुलना गर्दा र कोरोना भाइरस उत्पत्ति भएको राष्ट्र र धेरै संक्रमित भएको राष्ट्रसँग बोर्डर जोडिएको भएर पनि यति कम संख्यामा संक्रमित देखिनु नेपालको पर्यटन प्रवर्धनको लागि मात्र हैन, नेपाल सुरक्षित छ भन्ने सन्देश दिनको लागि समेत अर्को सकारात्मक पाटो हो ।

विश्वका कैयौं सम्पन्न राष्ट्रहरू प्राकृतिक स्रोतहरूको कमी हुँदाहुँदै पनि वर्षेनी लाखौंको संख्यामा पर्यटक भित्राएर वैदेशिक मुद्रा आर्जनको राम्रो वैकल्पिक स्रोतको क्षेत्र पर्यटनलाई बनाएका छन् । हामीसँग त प्रकृतिले दिएका असंख्य पर्यटकीय प्रोडक्टहरूको कमी छैन। कमजोर हुँदै गइरहेको वैदेशिक रोजगारी र यसबाट प्राप्त हुने वैदेशिक मुद्रा आर्जनको बलियो वैकल्पिक क्षेत्रको रुपमा पर्यटन उद्योगलाई विकास गर्ने यो सुनौलो अवसरमा सरकार तथा निजी क्षेत्र चुक्नु हुँदैन । ठोस योजना, कार्यक्रम, विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन र सार्वजनिक, सहकारी र निजी क्षेत्र सबैको दरिलो प्रतिबद्धतासहित सुरक्षा विधि अपनाउँदै बाह्य तथा आन्तरिक उडान चाँडोभन्दा चाँडो सन्चालन गर्न जरूरी छ Dubai, Tanzania, UAE जस्ता कयौं राष्ट्रहरूले पर्यटनलाई खुला गरिसके भने हाम्रो जस्तो धेरै सम्भावना बोकेको मुलुक समयमै खुल्ला गरी अवसरमा बदल्न चुक्नु हुन्न ।

(लेखक युवा पर्यटन व्यवसायी, हाईयर लिमिट्स ट्रेक एण्ड एक्सपिडिसन प्रा. लि. का संचालक र ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) का निवर्तमान केन्द्रिय सदस्य हुनुहुन्छ)

वैदेशिक राेजगारीबाट घरफिर्ती : भविष्यप्रति चिन्तित युवाहरू
  • एनपीआई

हाल नेपालले समस्याग्रस्त स्वास्थ्य सेवा प्रणालीका साथसाथै कोभिड–१९ माहामारीको कारण अचानक आइपरेको आर्थिक गतिरोधको दोहोरो चुनौतीका बीच ठूलो संख्यामा वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको उद्धार, घरफिर्ती साथै पुनर्स्थापना गर्नुपर्ने गम्भीर चुनौतीको सामना गर्नु परिरहेको छ । नेपाली श्रमिकहरु विश्वभर नै छरिएका छन् ।

मुख्यतः खाडी समन्वय परिषदका देशहरु (Gulf Cooperation Council) मलेसिया र भारतलगायत देशमा असुरक्षित प्रकृतिको काम र एकदमै न्यून स्तरको जीवनयापनको कारणले गर्दा पनि नेपाली श्रमिकहरुले माहामारीका बहुपक्षीय असरको अनुभुति गरेका हुन् । फलस्वरुप पूर्वानुमान गरिएको स्वदेश फिर्ती र पुनरागमन आप्रवास (Reverse Migration) ले श्रमिकहरुको सामाजिक र आर्थिक पुनःएकीकरणलाई मुख्य केन्द्रमा राख्नुपर्ने अवस्था आईपरेको छ । सरकारले स्वदेश फर्किने श्रमिकको पुनःएकीकरणका बारेमा छलफल/विमर्श गरिरहेकोे र केही रोजगारमूलक र आर्थिक पुनरुत्थानका कार्याक्रमहरुको विश्लेषण प्रारम्भ गरेको छ । यस्मा आप्रवासी श्रमिक आफैले जति धेरै आफ्नो समुदायमा स्वयंको रुचि र अनुभवहरुको आधारमा घुलमिल हुन सक्छन त्यति नै छिटो रोजगार वा स्वरोजगार हुन सक्छन् ।

यो द्रूत मूल्याङ्कन वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको आवाजलाई सुन्ने र सरकारको नीति निमार्णको प्रयासमा उनिहरुको सरोकारबारे जानकारी गराउने तथा आकस्मिक र परिस्थितिवश फर्कनुपर्ने वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सहजरुपमा घर फर्काउने प्रयासमा लक्षित छ । आठ (८) प्राथमिक गन्तव्यका खाडी समन्वय परिषदका देशहरु, मलेसिया र भारतका ६२५ आप्रवासी श्रमिकका विचारहरुलाई प्रस्तुत गरिएको यस अध्ययनमा श्रमिकहरुको स्वदेश फिर्ता प्रतिको विचार र फर्किसके पछिको योजनाहरु बनाउन गरिएको प्रयासहरु अपर्याप्त रहेको प्रष्ट देखिएको छ । विश्वका अन्य भागहरुमा जस्तैः अध्ययन गरिएका गन्तव्य मुलुकमा रहेका नेपाली श्रमिकहरु पनि कोभिड–१९ को समस्यामा रहेको र त्यसपछिको अवस्थाकालागि ठोस प्रयास तथा तयारी नगरिएकोले उनिहरुलाई समय पूर्वनै नेपाल फर्कने बारेमा सोच्न बाध्य तुल्याएको छ ।

कोभिड–१९ का कारण एकातिर ठूलो संख्यामा आप्रवासी श्रमिकले नेपाल फर्किने सोच बनाएको देखिन्छ भने अर्कोतर्फ उनीहरूको रोजगारीको प्रत्याभूति र नेपालमा संक्रमणको बढ्दो अवस्थाका कारण धेरै श्रमिकहरू स्वदेश फर्कने कि नफर्कने भन्ने बारेमा द्विविधामा छन् । नेपाल फर्कने भनेको स्वदेश फर्कदाको जटिल प्रक्रिया, महङ्गो हवाई–भाडा खर्च, दुई हप्ता गुणस्तरहीन क्वारेन्टाइनमा बस्नुपर्ने तथा थप खर्च, र नेपालमा बन्दाबन्दीको सामना गर्नु हो । तर यसको विपरित, विदेशमा देखिएको बजार अस्थिरता, अन्तर्राष्ट्रिय गतिशिलता र आपूर्ति श्रृङ्खलामाअवरोध र ठूलो स्तरका विकास परियोजनाहरु, रद्द हुने वा ढिलाइ हुने भए तापनि गन्तव्य मुलुकमा रोजगार र गतिशीलता पुनः सुरु हुने सम्भावना पनि रहेको छ ।

यस द्रूत मूल्यांकनले महामारीले गर्दा विदेशमा काम गरिरहेका आप्रवासी श्रमिकहरुको जीवन र रोजगारीको अवस्थाको निम्नस्तर (Sub-Standard) बारे जानकारी गराएको छ । उत्तरदाताहरु मध्ये ५८५ कार्यस्थलको कारण संक्रमित हुन सक्नेबारे भयभित छन् भने १७५ ले उनिहरुको व्यक्तिगत जीवनशैलीका कारण संक्रमित हुनसक्ने बारे चिन्ताव्यक्त गरेका छन् । कार्यस्थलमा खासगरी बढी संख्यामा श्रमिकहरुको सम्पर्कमा आउने व्यक्ति हुने वा शिविरहरुमा बस्ने सहकर्मीहरुको माध्यमबाट होस् या कार्यस्थलमा ग्राहकहरुको प्रत्यक्ष सम्पर्क हुने (जस्तैः सुपरमार्केट र सुरक्षाकर्मीको जागिर) वा सार्वजनिक यातायात तथा कार्यस्थलको खाजाघर प्रयोगकर्ताहरुलाई बढी असुरक्षित बनाएको छ । यद्यपि कार्यस्थलमा भन्दा तुलनात्मक रुपमा अस्वस्थ र अव्यवस्थित शिविर वा सेयर गर्नुपर्ने साझा कोठामा बस्दा संक्रमणकाे जोखिम कम पाइएको छ ।

भविष्यप्रति चिन्तित

स्वदेश फर्कने आप्रवासी श्रमिकहरु अनिश्चितताका कारण भविष्यप्रति चिन्ता ब्यक्त गरेका छन् । उनीहरुका अनुसार विप्रेषणमा आएको गिरावटको प्रत्यक्ष असर उनीहरुको दैनिक आधारभूत आवश्यकताहरु पूरा गर्ने क्षमतामा निर्भर हुने गर्दछ । विप्रेषणको अभावमा उनीहरुका खाना, घर भाडा, बालबालिकाको शिक्षा र ऋण चुक्ता गर्ने क्षमता मूख्य चिन्ताको विषय बनेको छ । केही उत्तरदाताहरुले विप्रेषणमा हुने कटौतीले गैह्र आर्थिक प्रभावहरुलाई पनि संकेत गरेका छन् । जस अन्तर्गत वि-भेद, घरेलु हिं-सा र अन्य पारिवारिक तनावमा वृद्धि हुन सक्ने उल्लेख गरेका छन् । लक्षित समूह छलफलमा पनि यस विषयलाई विशेष जोड दिइएको थियो ।

वैदेशिक रोजगारमा संलग्न आप्रवासी श्रमिकहरूकोे स्वदेश फिर्ती पश्चातका योजनाहरु  पनि अत्यन्त बिचारणिय छन् । आप्रवासीहरू मध्ये ठूलो संख्या (८०५) ले नेपाल फर्किए पछि विशेष गरी कृषि अथवा गैकृषि क्षेत्रमा स्वरोजगार हुने रुचि प्रकट गरेका छन् । बांकी रहेकाले कृषि तथा गैर कृषि क्षेत्रको ज्याला रोजगारी गर्ने चाहना राख्दछन् ।

वैदेशिक रोजगारमा संलग्न श्रमिकहरूसँग भएको लक्षित समुह छलफल अनुसार कम आम्दानी हुने तर उच्च जीवन लागतको कारण नेपालका रोजगारीका अवसरहरुलाई कम आकर्षण देखाएको छ । यद्यपि सरकारले स्वदेश फर्कने श्रमिकको प्राथमिकताको लागि नीति तथा कार्यक्रम त ल्याएको छ, तथापि वार्षिक बजेटमा घोषणा गरिएका यस्ता सरकारी कार्यक्रमको बारेको सूचना ७० प्रतिशतले थाहा नभएको, २८ प्रतिशतले आशिकं रुपमा भएको र केवल २५ ले मात्र थाहा भएको सर्वेक्षणले देखाएको छ ।

उत्तरदाताहरु मध्ये अधिकांशका (८०५) अनुसार विदेशमा श्रम गर्दा कमाएको धेरै पैसा घरपरिवारका महिनैपिच्छेका आवश्यकताहरू पूर्ति गर्नमा नै खर्चिएकाले स्वरोजगारमा संलग्न हुनुको प्रमुख अवरोध आर्थिक अभाव रहेको बताएका छन् । आधा आप्रवासी श्रमिकहरुले भने सीप/प्रशिक्षणको अभावलाई प्रमुख अवरोधका रुपमा स्वीकार गरेका छन् । त्यसका साथसाथै व्यावसायिक सञ्जालको अभाव, स्थानीय सन्दर्भमा अपर्याप्त जानकारी, जटिल प्रशासनिक प्रक्रिया अन्य वाधा अवरोधहरुको रुपमा रहेको उल्लेख गरेका छन् ।

स्वदेश फर्कन चाहनेमध्येको सानो हिस्सा मात्रै ज्याला रोजगारीमा रुचि राख्दछन । उनीहरुले थोरै ज्याला, सीपकाे अभाव, प्रशिक्षण र पर्याप्त अनुभवको अभाव, अवसरको बारेमा जानकारीको कमी र उपयुक्त सञ्जालमा पहुँच नहुनु प्रमुख बाधाका रुपमा उल्लेख गरेका छन् । तीमध्ये एक तिहाई उत्तरदाताहरुका अनुसार उनीहरु रोजगारीका लागि आवश्यक आवेदन प्रकृयाको सही तरिका थाहा नपाउँदा रोजगारी पाउन असमर्थ रहेको भन्ने छ । यसमा आश्चर्य मान्नु पर्ने कुनै कारण छैन किनकि नेपालमा ज्याला र सुविधाहरु अत्यन्तै सीमित छन् । विदेशमा सोही पेसा बाट प्राप्त हुने ज्याला बढी छ भन्ने कुरामा उत्तरदाताहरूले विश्वास व्यक्त गरेका छन् । यसैले स्वदेशमा ज्यालादारी रोजगारीलाई कम आकर्षक विकल्प बनाएको छ ।

सरकारले के गर्नुपर्छ ?

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई लक्षित योजना र कार्यक्रमहरुको कार्यान्वयन पक्षलाई जोड दिनका साथै यस सम्बन्धी सूचना र जानकारीमा उनीहरुको सहजपहुंच जरुरी छ भन्ने यो अध्ययनले देखाउँछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्वदेश फर्किएका व्यक्तिहरूलाई लक्षित गरेर योजना र कार्यक्रमहरूको कार्यान्वयन गर्ने, विदेशबाट फर्किएका व्यक्तिहरूको तथ्यांक तयार पार्ने र उनीहरूको सामाजिक तथा आर्थिक पुनःएकीकरण गर्ने लगायतका धेरै वैदेशिक रोजगारी सम्बन्धी कार्यहरु स्थानीयतहको जिम्मेवारीमा समावेश गरेको छ, जसलाई अझ सवल बनाउन आवश्यक छ ।

वैदेशिक रोजगारबाट स्वदेश फर्केका व्यक्तिहरूकोे सफल पुनःएकीकरणका लागि, सरकारले जोखिममा रहेका समुदाय जस्तैः आधिकारिक तथ्याङ्कन भेटिएका, महिलावर्ग आदिलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट गरिने उध्दार तथा पुनःएकीकरण प्रक्रिया र कार्यक्रमहरूमा छुटाउने नहुने कुराको सुनिश्चितता गर्नुपर्दछ । श्रम स्वीकृतिबिनै वैदेशिक रोजगारमा संलग्न वा भिसाको समयावधि समाप्त भए पनि समयमा श्रम स्वीकृतिको नविकरण नगरेको श्रमिककालागि यो विषय निकै महत्वपूर्ण हुनसक्दछ । मुख्यतः घर फर्किएका त्यस्ता श्रमिकहरुलाई सहयोग आवश्यक छ ।

पुनर्स्थापना कार्यक्रमहरुको सफलताका लागि बनाईने योजना सही तथ्यगत आधार र विशलेषणमा भर पर्दछ । पुनरागमन भएका श्रमिकहरुको सामाजिक विप्रेषणको जानकारी जस्तैः उनिहरुले प्राप्त गरेको सीप, अनुभव, सामाजिक सञ्जाल र बुझ्ने क्षमता लगायतका विषयहरु अत्यन्त महत्वपूर्ण हुन्छन् । त्यसैले पुनर्एकीकरण कार्यक्रमको योजना बनाउँदा त्यस्को सफलता सुनिश्चित गर्न समुदायको स्वामित्व, समावेशी प्रणाली, तथा लक्षित लाभग्राहीको सहभागिता सुनिश्चित गर्न सक्नु पर्दछ ।

अहिले आकस्मिक रुपमा आइपरेको पुनरागमन आप्रवास (Reverse Migration) एक मुख्य चुनौतीको रुपमा देखिएको छ । तापनि श्रमिकहरुलाई राज्यले निर्दिष्ट गरेका मुख्य प्राथमिकताका क्षेत्रहरुमा प्रभावकारी रुपमा परिचालन गर्न स्वदेश फर्किएका व्यक्तिहरुले हासिल गरेका सामाजिक विप्रेषण (Social Remittance) को पहिचान गरी उनीहरुको रुचि र आकांक्षा झल्काउन सक्ने उपयुक्त नीति, रणनीति र कार्यक्रमहरु भएमा नेपालजस्तो विप्रेषणमा अत्याधिक निर्भर रहेको देशका लागि यो एक अनुकुल अवसरको रुपमा परिणत हुन सक्नेछ ।

(डायस्पोरा नेपालीहरुको अन्तर्रास्ट्रिय थिङ्कट्यांक नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) ले माइग्रेसन ल्याबसँगको सहकार्यमा खाडीका ८ देश, मलेसिया र भारतमा कार्यरत ६ सय २५ कामदारमाझ गरेको सर्वेक्षणको सारांश)

कोरोना संकटबाट गुज्रिरहेको अर्थतन्त्र : सोच बदलौँ, समृद्धि सम्भव छ
  • आनन्दराज बतास

कोरोना संकट नियन्त्रणका लागि विश्वका अधिकांश मुलुकले लकडाउनलाई नै पहिलो विकल्पका रुपमा अंगिकार गरे । चीनले वुहानमा कडा लकडाउनबाटै कोरोना नियन्त्रण गरेको थियो भने बाँकी विश्वले लकडाउन गरे पनि संक्रमण नियन्त्रणमा ल्याउन सकेन ।

सुरुवाती चरणमा संक्रमण कसरी प्रसार भइरहेको छ र यसलाई कसरी नियन्त्रणमा ल्याउन सकिन्छ भन्नेमात्र नभई यसका लक्षणरू केके हुन् भन्ने विषयमै अन्योल थियाेा । र, तत्कालीन अवस्थामा लकडाउन निर्विकल्पजस्तै थियो । अझै पनि कोरोना भाइरस र यसबाट हुने कोभिड–१९ रोगका सम्बन्धमा धेरै अन्योल र भ्रम देखिन्छन् । सुरुवाती चरणमा अनुमानका भरमा टिप्पणी हुनु र सोही टिप्पणीका आधारमा लकडाउन गरिनु स्वाभाविक पनि हो ।

कोरोना संक्रमणका कारण विश्वको जनस्वास्थ्य क्षेत्रले सामना गर्नुपरेको अहिलेसम्मकै ठूलो चुनौतीको कहिले समाधान हुने हो भन्ने कुनै टुंगो छैन र विभिन्न मुलुकमा अध्ययन अनुसन्धान भइरहे पनि अहिलेसम्मका उपलब्धिबाट कोरोना नियन्त्रणका क्षेत्रमा आशा गर्न सकिने अवस्था समेत छैनन् । यसैले कोरोनालाई स्वीकार गरेर अथवा यसलाई सामना गरेरै पूर्ववत जीवनशैलीमा फर्कनुको कुनै विकल्प देखिँदैन ।

अर्थतन्त्रका लागि ठूलाे संकट

कोरोनाको असर स्वास्थ्य क्षेत्रमा मात्र सीमित नभई राजनीतिक, सामाजिक क्षेत्रमा पनि उत्तिकै छ । र, त्योभन्दा बढी आर्थिक क्षेत्रले यसबाट ठूलो मूल्य चुकाइरहेको छ । अहिलेको संकटलाई विश्वका कतिपय अर्थशास्त्रीहरुले ९० वर्षअघि अमेरिकाबाट सुरु भएको विश्व महामन्दी (ग्रेट डिप्रेसन) यताकै खराब अवस्थामा अहिले विश्व अर्थतन्त्र गुज्रिहेको बताएका छन् ।

कोरोना महामारीका कारण संसारमा दशौं लाख मानिस गरिबीको रेखामुनि धकेलिने विश्व बैंकको अनुमान छ र यसले दिगो विकास लक्ष्य हासिल गर्न ठूलो बाधा पर्ने आकलन गरिएको छ । एक महिनाअघिकै प्रक्षेपणमा पनि विश्व अर्थतन्त्र ५.२ प्रतिशत खुम्चिने उल्लेख गरेको थियो भने त्यसयता पनि विश्व अर्थतन्त्र खस्कँदो अवस्थामा छ । सोही प्रतिवेदनले खराब अवस्थामा विश्व अर्थतन्त्रको गिरावट ८ प्रतिशतसम्म पुग्न सक्ने आकलन गरेको यहाँनेर उल्लेख गर्नु सान्दर्भिक देखिन्छ ।

विश्व बैंक मात्र नभएर अमेरिकी कंग्रेसको नीति अनुसन्धान संस्था कंग्रेसनल रिसर्च सर्भिसले हालै जारी गरेको प्रतिवेदनमा कोरोनाकै कारण विश्व अर्थतन्त्रले ९०० खर्ब अमेरिकी डलर गुमाएको उल्लेख छ ।

यसरी कोरोनाले विश्व अर्थतन्त्रमा पुर्याएको क्षतिको आकार निकै फराकिलो बन्दैछ भने नेपालको अर्थतन्त्र पनि यसको असरबाट अछुतो छैन । हुन त नेपालको अर्थतन्त्रको आकार त्यति ठूलो छैन र नेपाली अर्थतन्त्र बाह्य अर्थतन्त्रसँग सीमित क्षेत्रबाहेक अन्य क्षेत्रमा प्रत्यक्ष जोडिएको समेत छैन । वैदेशिक व्यापारमा निर्यातको हिस्सा नगण्य रहेको नेपाली अर्थतन्त्रलाई कोरोनाको अन्तर्राष्ट्रिय प्रभावबाट सबैभन्दा चिन्ता रेमिट्यान्स आप्रवाहमा पर्ने आकलन गरिएको अवस्था छ । यद्यपि, रेमिट्यान्स आफैंमा दिगो स्रोत होइन भन्नेमा सबै पक्ष सहमत रहेकाले यसबाट तत्कालका लागि केही संकट देखिए पनि दिगो आर्थिक विकासका लागि भने यसले सकारात्मक परिणाम नै ल्याउनसक्छ भन्ने देखिन्छ ।

कोरोनाबाट भएको क्षतिको आकलन

नेपालमा कोरोना भाइरस र यसको नियन्त्रणका लागि भएको लकडाउनबाट कुन क्षेत्रमा कस्तो क्षति भयो भन्नेमा आधिकारिक तहबाट अध्ययन हुन सकेकाे छैन । यसले गर्दा एकीकृत तथ्यांकको अभाव छ । सरकारको आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकदेखि केन्द्रीय तथ्यांक विभाग, त्रिभुवन विश्वविद्यालयलगायत कुनै पनि संस्थाले कोरोनाबाट अर्थतन्त्रमा भएको क्षतिका सम्बन्धमा स्वतन्त्र अध्ययन गर्न नसक्नुले नेपालमा अध्ययन-अनुसन्धानमा भएको कमी अड्किएकाे ।

यद्यपि, केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७६/७७ मा २.२७ प्रतिशतमात्र आर्थिक वृद्धि हुने अनुमान गरेको छ । जबकि सरकारले यस आवमा ८.५ प्रतिशत वृद्धिको प्रक्षेपण गरेको थियो । यसबाट लक्षित आर्थिक वृद्धिमा ७३ प्रतिशतको क्षति पुगेको आकलन गर्न सकिन्छ । असार मसान्तसम्ममा मुलुकको अर्थतन्त्रको आकार ३७ अर्ब ६३ करोड पुगेको छ ।

कोरोनाका कारण अर्थतन्त्रमा पुगेको क्षतिका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित विशेष समिति तथा लगानी, पूर्वाधार र रोजगार समितिसहित आईआईडीएस तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानजस्ता गैरसरकारी संस्थाबाट अध्ययन भएको थियो । यी अध्ययनले कोरोनाबाट भएको क्षति न्यूनीकरणका लागि सरकारले आव २०७७/७८ को बजेटमा समेट्नुपर्ने कार्यक्रमका विषयमा विस्तृत सुझाव दिए पनि कार्यान्वयन भने हुन सकेको पाइँदैन ।

हामी व्यवसायीको अनुभवका आधारमा पनि कोरोनाका कारण सबैभन्दा बढी प्रभाव मुलुकको पर्यटन क्षेत्रमा परेको छ भने यसवाहेक सेवा क्षेत्र, शिक्षा–स्वास्थ्यसहित साना मझौला उद्योग, उत्पादनमूलक र वैदेशिक व्यापार, आन्तरिक व्यापार तथा कृषिमा पनि असर परेको देखिन्छ । यसरी हेर्दा सूचना तथा सञ्चार र दैनिक उपभोग्य अत्यावश्यकीय केही वस्तुबाहेक सबैजसो व्यापार व्यवसाय कोरोनाबाट प्रभावित भएका छन् ।

यसमध्ये केही क्षेत्र लकडाउन खुकुलो भएसँगै तङ्ग्रिन थालिसकेका छन् भने पर्यटन, सेवा लगायतका केही क्षेत्रमा सुधारको सामान्य संकेतसम्म छैन । १० खर्बभन्दा बढी लगानी रहेको पर्यटन क्षेत्र त फेरि कसरी माथि उठ्ला भन्नेमै संशय देखिन्छ ।

पर्यटन, होटेल, रेस्टुरेन्ट तथा यातायातजस्ता सेवा क्षेत्रको वृद्धिदर साउनदेखि चैतसम्मको गतिविधिका कारण दुई प्रतिशत हाराहारीमा हुने अनुमान गरिए पनि चैतपछिको लामो समय यी क्षेत्रले ऋणात्मक वृद्धिदरको सामना गर्नुपर्ने देखिन्छ ।

समाधानको उपाय

नेपालले कोरोना भाइरसविरुद्ध खोपको विकास गर्नसक्ने वा यसको अन्य औषधि पत्ता लगाउनसक्ने अवस्था छैन । अध्ययन अनुसन्धानका क्षेत्रमा हाम्रो न्यून लगानी तथा आवश्यक पूर्वाधार र जनशक्तिको कमीका कारण हामीले यसतर्फ अपेक्षा गर्नु त्यति उपयुक्त नहोला । कोरोना संक्रमणको प्रसार रोक्दै आर्थिक गतिविधिलाई अगाडि बढाउनुमात्र हाम्रो विकल्प हो । विकसित मुलुकले कहिले कोरोनाको औषधि वा भ्याक्सिन पत्ता लगाउलान् भनेर पर्खेर बस्न सकिने अवस्था पनि नभएकाले सकेसम्म संयमित भएर वा सुरक्षित रहेर नै हामीले दैनिक आर्थिक, सामाजिक गतिविधिलाई अगाडि बढाउनु आवश्यक देखिन्छ ।

लकडाउनले हामीलाई दिएको शिक्षा भनेको के हो भने अर्थतन्त्रको गति रोकिनु हुँदैन । तीन महिनाका कठोर लकडाउनले अर्थतन्त्रलाई जरोसम्मै हल्लाइसकेको छ । हाम्रो अर्थतन्त्र आन्तरिक उत्पादनमुखी नभएर परनिर्भर भइसकेको अवस्थामा यस्तो संकटले हामीलाई झस्काएको छ । नेपाली युवा श्रम बिक्रीका लागि विदेशी भूमीमा पसिना बगाउने र तिनीहरुले पठाएको रेमिट्यान्सले पुनः ति मुलुककै महँगा र विलासी उत्पादन खरिद गर्नेदेखि परिवारको पेट पाल्नुपर्नेसम्मका बाध्यताले जेलिएको अर्थतन्त्रलाई अब अर्को बाटोमा अगाडि बढाउनैपर्ने देखिएको छ ।

पर्यटन, जलविद्युत्जस्ता हाम्रा तुलनात्मक लाभका क्षेत्रमा मात्र नभइ कृषिजस्तो आधारभूत आवश्यकताका क्षेत्रबाट पनि नेपालले स्वावलम्बी अर्थतन्त्रसँगै आन्तरिक रोजगारी र निर्यातमुखी व्यवसायसम्म सञ्चालन गर्न सक्ने अवस्था नभएको होइन । यसका लागि तत्कालका लागि आवश्यक भनेको पुँजी र प्रविधि नै हो । प्रविधिका क्षेत्रमा पनि विश्वव्यापी रुपमा भइरहेका आविष्कारलाई नेपाली माटो सुहाउँदो ढंगले प्रयोग गर्ने अथवा स्थानीय स्तरमै रुपान्तरण गर्ने र पुँजीका सन्दर्भमा ठूलो पुँजीभन्दा पनि सहकार्यका माध्यमले कम लागतमा बढी उत्पादकत्व हासिल गर्नसक्ने क्षेत्रमा हाम्रो नीति र कार्यक्रमहरु केन्द्रित हुनुपर्छ । यसका लागि सरकारले गर्ने भनेको नीतिगत सहजीकरणमात्र हो, अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी निजी क्षेत्रकै हो ।

भनिन्छ- जहाँ समस्या छ त्यहीँ अवसर पनि हुन्छ । कोरोनाले थलिएको अर्थतन्त्रलाई माथि उकास्न निजी क्षेत्रले पनि नयाँ ढंगले सोच्नु आवश्यक हुन्छ । व्यावसायिक लागत कम गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगबाट उत्पादन तथा विक्रीका क्षेत्रमा फड्को मार्न सकिन्छ । यसका लागि सूचना प्रविधि आफैंमा व्यवसायको ठूलो क्षेत्र हो भने यसबाट अहिलेका परम्परागत काम पनि सहज रुपमा नै गर्न सकिन्छ । यसरी कोरोनाले संकटमात्र ल्याएको छैन कि सम्भावनाका थुप्रै ढोका समेत खोलको छ ।

नयाँ ढंगले सोचौँ

हाम्रो अर्थतन्त्रको आकार तथा जनशक्तिको उपलब्धता तथा पछिल्लो दुई दशकमा रेमिट्यान्सले ल्याएको बहारका कारण नेपाली अर्थतन्त्रमा कोरोना प्रभावबाट अपेक्षा गरिएभन्दा चाँडै नै पुनर्जागरण आउने देखिन्छ । नेपालीको स्वाभावमा सकारात्मक सोच बढी भएको र कुल जनसंख्याको झन्डै दुईतिहाई जनशक्ति उत्पादनशील उमेर समूहमा समेत भएकाले यो अवसरको उपयोग गरेर अगाडि बढ्न सकिन्छ ।

निर्यातभन्दा पहिले आयात प्रतिस्थापनका क्षेत्रमा काम गर्नु जरूरी छ । मुलुकमा उत्पादन हुनै नसक्ने वस्तुबाहेक अन्य वस्तु आयातमा अस्थायी प्रतिबन्ध लगाइने हो भने आत्मनिर्भरता पनि टाढा छैन । जडिबुटीलगायतका कच्चा पदार्थ निर्यात नगर्ने तथा प्रशोधन र बिक्री वितरणका लागि सरकारी सहयोग हुने हो भने ग्रामीण अर्थतन्त्रको पनि विकास हुनेछ । विकास पूर्वाधारका काम बाह्रै महिना सञ्चालन गरी रोजगारीलाई मौसमी बन्नबाट रोक्ने हो भने आर्थिक गतिविधि चलायमान बनाउन कुनै महिना कुर्नुपर्दैन । कृषिमा ससाना यन्त्रमार्फत खेती, मल बीउको बन्दोबस्तजस्ता क्रियाकलापबाट आधुनिकीकरण, पशुपालन र नश्ल सुधारमा जोडजस्ता गतिविधिबाट आत्मनिर्भर अर्थतन्त्र मात्र नभइ स्वस्थ नेपाल निर्माणमा पनि योगदान दिन सकिन्छ ।

वैदेशिक लगानीका क्षेत्रमा अहिलेको अवस्थामा चीनबाट बाहिरिने तयारीमा रहेका उद्योगहरुलाई नेपालले आकर्षक अवसर देखाएर तान्न सक्ने सम्भावना छ । वैदेशिक लगानीले पुँजी र प्रविधि दुवै हस्तान्तरण गर्ने भएकाले यसलाई राष्ट्रियताको मुद्दाले ओझेलमा पारिनु हुँदैन । नेपालका लागि भारतीय वा चिनियाँ लगानी पनि ठूलो स्रोत हुनसक्छ र सम्भावित बजार विस्तार यिनै मुलुकमा गर्नुपर्ने भएकाले दुवै मुलुकका लगानीकर्ताबीच प्रतिस्पर्धात्मक अवस्था सिर्जना गर्न सक्नुपर्छ ।

कोरोना संकटबाट बाहिर आउने मौद्रिक उपायमा मुद्राको भाउ घटाउने पनि हो । नेपालको भारतसँग स्थिर विनिमय दरका कारण यो तत्काल सम्भव नभए पनि यसका लागि प्रयास गर्न सकिन्छ । जापानले सन् २००८ को आर्थिक मन्दीबाट बाहिर आउन सुरु गरेको मुद्रा युद्ध अर्थात् आफ्नो मुद्राको भाउ सस्तो बनाएर निर्यात उकास्ने दाउ सुरू गरेदेखि नै विश्व व्यापार प्रणालीबारे विरोध सुरु भएको थियो । त्यही विधि पछि चीनले प्रयोग गर्यो र अहिलेसम्म सफल भइरहेको छ ।

नेपाली अर्थतन्त्रको सकारात्मक पक्षका रुपमा लिनुपर्दा यसअघिको अनुमानविपरीत मुलुक भित्रिने रेमिट्यान्स आयको क्रमशः बढोत्तरी भएको, निर्माण क्षेत्रमा पुनः काम सुचारु भएको र लामो लकडाउनपछि खुलेको सेयर बजारमा आकर्षण चुलिनुले नेपाली अर्थतन्त्रमा यसको ज्यादै ठूलो असर नपर्ने संकेत गरेका छन् ।

आन्तरिक श्रम बजारमा देखिएको समस्यालाई सम्बोधन गर्न सकिएमा त्यति धेरै चिन्ता लिनुपर्ने अवस्था पनि देखिँदैन । आसन्न मौद्रिक नीतिमार्फत बैंकको कर्जासम्बन्धी हालको समस्या तथा ब्याजदरको सदावहार समस्या सम्बोधन गर्ने र सरकारले चालू पुँजीका लागि उद्यमशील वर्गलाई केही समयमात्र सहयोग गर्ने हो भने नेपालमा कोरोनाले ल्याएका समस्याको जगमा टेकेर झन् ठूलो उपलब्धि हासिल गर्न सकिन्छ ।

सकारात्मक सोच र सकारात्मक कर्मले नै नेपाली अर्थतन्त्र अहिलेको अवस्थासम्म आएको हो र भोलिका दिनमा पनि यही चिन्तनले हामीलाई अगाडि बढाउन सक्छ ।

(लेखक बतास अर्गनाइजेसनका प्रमुख हुनुहुन्छ)

अल्पायुमै समग्र जीवन बाँचेर गएका ‘कृष्णबाबु’, हार्दिक श्रद्धासुमन !
  • शिव डुम्रे

‘तिमी कसरी बाच्छौं भन्दा पनि तिमी कसरी मर्छौ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ ।’ – गौतम बुद्ध

प्रिय कृष्ण ! आज तिम्रो भौतिक शरीर विलिन भएको १२ औं पुण्यदिन । जीवन र मृत्युबारेमा कसैले गरेको व्याख्या पुर्ण हुँदैन तर केही यस्ता पात्र हुन्छन्, जस्को बारेमा मनले लेख्न मान्दैन, तर औलाहरु दौडिरहन्छन्– किबोर्डसँग भावनाका तरंगहरु बोकेर ।

जीवन छोटो छ । मृत्यु अवश्यम्भावी छ । हामी न जीवनमा आफूले चाहेजसरी बाँच्न सक्छौं न मृत्युबाट भाग्न । अझ दृष्टान्तहरुले भन्छन्– असल मान्छेहरुको आयु छोटो हुन्छ । उसो त हामी कति पो बाचेका छौं र १ अर्बौंको आयु भएको पृथ्वीमा सताब्दीसम्म पनि शक्तिशाली भएर बाँच्न नसक्ने मान्छेले पृथ्वी नै कब्जा गरिरहेको छ । हामी धेरै वर्ष जीवनको परिभाषा बुझ्दैनौं, हाम्रो लागि संसार आफ्नो परिवार जस्तै लाग्छ । जतिबेला अलिकति जीवनका परिभाषाहरु बुझ्न सुरु गर्छौं, त्यतिबेला ढिला भैसकेको हुन्छ । वर्तमान समय हामीलाई पुँजीवादको संस्कारले यतिसम्म मेसिनेबल बनाइसकेको छ कि हामी पैसाको पछि लाग्दालाग्दै सारा जीवनको अन्तस्करणसम्म पनि आफ्नो जीवन पत्ता लगाउन सक्दैनौं ।

प्रिय कृष्ण ! तिमीले जीवन कति बुझ्यौ, यसबारे सँगै बसेर समीक्षा गर्न पाएनौं । तर तिमीले अभिव्यक्त गर्ने शब्दभन्दा तिमीले व्यतीत गरेको जीवनले यी कुराहरु प्रष्ट पार्यो । तिमीले जीवनका ३० वटा वसन्तहरु हराभरा भएरै बितायौ । हुनत मोतिराम भट्ट पनि ३० वर्ष बाँचे । भैरव अर्यालले ४३ वर्षमै संसारबाट बिदा लिए । ३९ वर्षमा विश्वविख्यात बनेका स्वामी विवेकनन्दको निधन होस् वा ४२ वर्षमा दुर्घटनाबाट निधन भएका वरिष्ठ राजनीतिज्ञ मदन भण्डारी हुन्, सबैले अल्पायुमै जीवन त्यागे । तर उनीहरु कहिल्यै मरेनन्, मर्नेछैनन् । किनकि उनीहरुले बाँचेको जीवन नै उनीहरुको लागि काफी थियो ।

एउटा जीवनभरमा मान्छेले यो समाजलाई के दियो ? भन्ने प्रश्नले ऊ मर्यो वा अमर भयो भन्ने कुराको लेखाजोखा गर्न सकिन्छ । उनीहरुले जस्तै आफ्नो स्तरमा तिमीले यो समाजलाई एउटा परिभाषा दिएर गएका छौ । त्यसैले पनि जीवन कति लामो भयो भन्ने प्रश्न फिक्का हुन्छ, जब बाँचिएको जीवन नै कसैको लागि मार्गदर्शन बनिसकेको हुन्छ ।

०००

२०४६ साल जेष्ठ २६ गते आमा राधा पाण्डेय र बुवा रुक्मणी पाण्डेयका सुपुत्रको रुपमा साविक बिर्घा कसारे (हाल कालिगण्डकी गाउँपालिका– ४, बिर्घा) मा जन्मेका कृष्णप्रसाद पाण्डेय सबैका प्रिय थिए । हँसिला, रसिला र जोशिला कृष्ण सबैको प्यारो भएकै कारण उनको नाममा ‘बाबु’ थपियो । कृष्णलाई सांगीतिक तथा पत्रकारिताका क्षेत्रमा जोकोहीले पनि उनलाई कृष्ण बाबुको नामबाटै चिन्छन् ।

सानैदेखि निकै चम्किलो ताराजस्ता सुन्दर रुपका मान्छे भएकै कारणले पनि होला उनको शोख फिल्म र सांगीतक क्षेत्रमा थियो । २०६१ सालमा बिर्घाकै जनता माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनी त्यसलगत्तै जीवनको अन्तिम समयसम्म पनि बुटवललाई कार्यक्षेत्र बनाएर बसे ।

कृष्णले आफ्नो नामको पछाडि पहिचान जोड्न जुन मेहनतका साथ पसिना बगाए, त्यो सबै बुटवलमै बगाए । एसएलसीलगत्तै उनले बुटवलमा रहेको लिड्स कलेजबाट सिएमए ९१८ महिने० कोर्स अध्ययन गरे । मेडिकल क्षेत्रमा समेत ज्ञान हासिल गरेका उनले सानैदेखि आफ्नो कामलाई पनि अगाडि बढाए । बुटवलको युजन फार्मेसी, बुटवल हस्पिटल प्रा।लि। लगायतमा काम समेत गरे । उनले मोबाइल सेवाप्रदायक कम्पनी एनसेल सेन्टरमा समेत झण्डै १ वर्षसम्म काम गरेका थिए ।

ज्यानमा पनि सुन्दर कृष्णको मनमा फिल्मी क्षेत्रको हुटहुटी त थियो नै, त्यसमाथि सामाजिक सेवामा पनि उनको चासो थियो । उनले मेडिकल क्षेत्रमा काम गर्दागर्दै आवाजसँग खेल्न सुरु गरे । बुटवलमा कमै मिडिया छन्, जहाँ कृष्णको आवाज नबजेका हुन् । बुटवल एफ।एम, रेडियो रिपब्लिक, नमस्ते एफएम, छिमेकी रेडियो, खस्यौली एफएम, बुद्ध टिभी लगायत धेरै मिडियामा उनका आवाजहरु गुन्जन्थे । कहीँ साथीसँग मनका कुरा गुन्जिए, कतै गीत र संगीतका कुरा । बिहान झिसमिसेमै समाचार घन्काउने कृष्णको स्वरले कतै गोधुलीमा लोकभाका घन्काउथ्यो त कहिले छिप्पिँदो रातमा प्रेमपत्रका कथाहरु । कहिले उनी निकै भावुक भए, कहिले उत्साही र रोमान्चक पनि ।

उनलाई चिन्नेहरुले कृष्णको खास रुप चिन्दथे, देख्नेहरुले उनको हँसिलो मुहार मात्रै देख्थे । हँसिलो मुहारभित्रका उनका पीडाहरु जोकोहीले चिन्दैनन् । कृष्णमा त्यो विलक्षण प्रतिभा नै थियो, उनी जति पीडामा पनि मुस्कुराएर जित्ने स्वभावका थिए । मनभित्रका भित्री मर्म भित्री मान्छेहरुलाई मात्रै सुनाउँथे उनी । त्यो पनि धेरै कोणबाट केलाएर ।

बुटवलमा रहेर कर्म दिने कृष्ण्ककी आन्टी दुर्गा पाण्डे भन्छिन्, ‘समाजसेवामै रुचि राख्ने उसलाई मेडिकल क्षेत्रमा प्रवेश गराएँ । तर उसको शोख नै पत्रकारिता र संगीत थियो । अन्तमा समाजमा पत्रकारिता र सांगीतिक क्षेत्रबाटै आफ्नो पहिचान बनायो ।’

उनी सम्झन्छिन्, ‘पहिलो गीत रेकर्ड गर्न बुटवलबाट नसुनाई वालिङ्ग पुगेको थियो ।’

०००

अन्तरमुखी स्वभावका बहुमुखी प्रतिभाका व्यक्ति हुन्, कृष्ण । उनले धेरै साथी कमाए, साथीका लागि आफ्नो क्षमता र ल्याकतले भेटेसम्म सहयोग गरे । उनका विरलै साथी होलान्, जसले उनीसँग सहयोग नलिएको होस् । उनी साथीको लागि हरसम्भव सहयोग गर्ने भावनाका मान्छे थिए ।

कृष्णलाई नजिकबाट नियालेका पत्रकार हरिश ढकाल भन्छन्, ‘उनी सिर्जनात्मक र सक्रिय मान्छे थिए । साथीको लागि ज्यानले सकेको गर्ने उनी निकै जुझारु र उदाउँदा नक्षत्र थिए । पत्रकारिता र सांगीतिक क्षेत्रमा यति छिटो छलाङ मारेका हुन् ।’

साथीले भनेपछि कुनै सहयोग होस् या साथ, उनले कहिल्यै नाइँ र गर्दिनँ भनेनन् । कतिपय अवस्थामा आफैं देखिएर समेत ठूला अप्ठ्याराहरु सामना गराइदिएका छन्, उनले ।

फिल्मी पर्दामा पनि कृष्ण उत्तिकै सक्रिय मान्छे थिए । बुटवलबाट लामो समयदेखि फिल्म निर्देशन गर्दै आएका मनिष पन्तसँगको संगतमा आएपछि उनले फिल्ममा आफ्नो करियर बनाउने सपना देखेका थिए । पन्त सम्झन्छन्, ‘जिन्दगानी दर्पण छायाँ’ फिल्मको काम गर्दागर्दै उनी नियमित छायांकनमा आउने गर्दथे । पछि ‘डिभोर्स’ र ‘उर्वशी’ फिल्ममा भूमिका नै निर्वाह गरेर फिल्म खेले । जब टेलिभिजन पत्रकारितामा बढी सक्रिय हुनथाले, उनको व्यस्तताले गर्दा उनी फिल्म क्षेत्रमा भने प्रत्यक्ष भूमिकामा देखा परेनन् ।’

पन्तका अनुसार उनी गीत, संगीतमा सक्रिय भए । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा आफ्नो कलाकारिता प्रस्तुत गरेपछि उनको उचाइँ पनि चुलिँदै गयो । सामाजिक क्षेत्रमा सेवा गर्ने भावनाले उनलाई पत्रकारिताको भोक झनझन् बढिरहेको थियो । एकातिर सांगीतक यात्रा, अर्कोतिर सामाजिक भावना । उनी दुवैतिर सन्तुलित भूमिकामा देखिन थाले । जब अलि बढी सक्रियता पत्रकारिता क्षेत्रमा हुन थाल्यो, त्यतिबेला सांगीतिक क्षेत्रमा कम समय दिन थालेका थिए । यद्यपि उनको विशिष्ट क्षमताकै कारण हरेक तीज, दशैँलगायत विशेष समयमा नयाँ–नयाँ सामयिक गीतहरु, हरेक सामाजिक परिवेशलाई मिल्ने सांगीतक कर्महरु भने गर्न छोडेनन् ।

आज कृष्ण यो धरतीमा छैनन्, तर उनका आधा दर्जनबढी गीतहरु स्टुडियोमा एक्लै गुन्गुनाइरहेका छन् ।

०००

लेखक

प्रिय कृष्ण ! घरीघरी यस्तो लाग्दछ कि स्टिभ जब्सले कतै भनेका छन्, ‘म छिटै मर्दैछु भन्ने बोधले मलाई जीवनमा ठुलाठुला निर्णय लिन मद्दत गरेको छ ।’ यस्तै गर्यौग तिमीले, ३ दशकको उमेरमा के चाहिँ गरेनौ ? सामाजिक जीवन बितायौ, कतिका जीवन उद्दार गर्यौभ, कतिलाई नयाँ जीवन दियौ । धेरैको जीवन बचायौ । सडकमा दुर्घटना भएका धेरैलाई उद्दार गरेर हस्पिटल पुर्याएका छौ तिमीले । तर विडम्बना, तिमी आफै सडकमै दुर्घटित भएर यो नश्वर देह त्याग्यौ ।

पारिवारिक जिम्मेवारी होस् या सामाजिक, तिमी धेरै हदसम्म व्यवस्थित थियौ । एउटा मान्छेले आफ्नो जीवनकालसम्म गर्नैपर्ने खास कामहरु तिमीले यति छोटो समयमै गरेका थियौ कि तिमीले भोलिको लागि गर्न बाँकी केही राखेनौ ।

पैसा, पद, प्रतिष्ठा र पावर । तिमीले आफ्नो जीवनको लक्ष्य यतिमात्रै देखेनौ, तिमी समाजमा भएको विभेद, अन्याय र अ’त्याचार विरुद्ध पनि बोलिरह्यौ । तिमीले बाँच्दासम्म न जीवनलाई निकै प्रेम गर्यौ । तिमीसँगका धेरै किस्साहरु छन्, जो म शब्दमा चित्रित गरेर भन्न सक्दिनँ ।

नर्मन कोउसिंसले भनेका छन्, ‘मृत्यु भनेको नराम्रो होईन । नराम्रो त त्यो हो, जब हामी बाँच्दा आफ्नो मनलाई मारेर बाँचिरहेका हुन्छौं ।’

हो कृष्ण ! तिमीले आफ्नो मनलाई कहिल्यै मारेनौ, सधैँ सम्मानपूर्वक बाँच्न दियौ मनलाई । र त आज दुनियाँको मनमा तिमीले राज गरेका छौ ।

०००

कृष्ण ! जब तिम्रो दुर्घटना भएको खबर पाएँ, त्यसपछि तिमीलाई सम्झेँ । तिम्रो उज्यालो मुहार र खुला हृदय सम्झेर भक्कानिएँ । त्यो भन्दा धेरै मैले तिम्री फूलजस्ती श्रीमती, हुर्कंदै गरेको मुना र तिम्रो सुन्दर परिवार सम्झिरहेँ । धेरै हदसम्म भगवान् नपुकार्ने मलाई कताकता भगवानसँग भेटेर सोध्न मन लागेको थियो– उसलाई ल्याउनुपहिले त्यो कोमल मुहार हेरेनौ कि ? देखेनौ, त्यो मुना– जो ‘बाबा’ भन्नको लागि धर्तीमा अवतरण गर्न हतारिइरहेको छ !

असारको मध्यरात, झमझम आकाश रोईरहेको समय । कालो निष्पट अँध्यारो, बिजुली चम्किरहेको थियो तिमी अस्ताइसकेका रहेछौं । मध्यरातमा खबर पाएपछि तिम्रो उज्यालो मुहार निदाएको दृश्य हेर्न मनले मान्दै मानेन, कयौं कहरहरु छलेर पनि तिम्रो मुहार सुम्सुम्याउन आउन मन लाग्यो ।

तिमीसँगको दशकदेखिकाे चिनजान, ६ वर्षदेखिको सहयात्राका ती पलहरु नयनभरि बयेली खेलिरहे । डेढ वर्षअघि तिम्रो बिहेमा नाँच्दै गएको बाटोमा अहिले म रुँदै गएको थिएँ । अगाडि बैनी थिई, जो होशविहीन थिई । रङ्ग उडेपछि ओइलाएको गुलावजस्तै खालि शून्य शरीर बोकेर जाँदै थिई । तिमी काठको बाकसभित्र थियौ, मस्त चिरनिद्रामा । म पछिपछि थिएँ, तिम्रा सँगतदेखिका दिनहरू र अबको तिमिबिना तिम्रो अभाव खड्कन नदिने दिनहरु सम्झँदै… ।

तिमीले मृत्युलाई सधैँ सामान्य मान्याै, जुन बाटोमा तिमी र म काँधमा हात हालेर हाँस्दै ओरालाे लागेका थियौं तिम्रो घरबाट, त्यही बाटोमा तिमीलाई म काधँमा हालेर ओरालो लागेको थिएँ रुँदै… ।

तिमी कालीगण्डकीको किनारमा लमतम्न सुतेका थियौ, म तिम्रो छेउबाट कतै हाम्रा ती दिनहरूमा हराइरहेको थिएँ । त्यो विरहलाग्दाे किनारमा सुसाइरहेको कालीले तिम्रो लाली जोवन खरानी बनाएर बगाउँदै थियो । भावोद्वेलित भएर कालीगण्डकीसँगै आँखाका नुनिला पानीहरु बगिरहेका थिए, निरन्तर । आँखा अगाडिबाटै विलीन भए पनि एकातिर म तिमीलाई बिर्सन सक्थिनँ, अर्कोतिर बैनी, आमा र तिम्रो परिवार ।

म भावोद्वेलित भएर कालीगण्डकीसँगै आँखाका नुनीला भलहरू बगाउँदै टाेलाइहेकाे थिएँ, निरन्तर ।

तिमीले साईकल चलाएर घटाउन खोजेको तिम्रो पुटुकक पेट त जलेर गयाे । जीवनभर माया गरेर राखेको ‘आमा’ लेखेको ट्याटु क्षणभरमै आगोमा हरायो । तिम्रा ती डोलाएका हात, भरिला पाउ, चिल्ला गाला, चम्किलो अनुहार, आखाँभरि नाचिरह्यो । अन्तिममा जान्छु है भनेको आवाज आएजस्तै भयो, म झसँग भएँ- तिमी सकिएका रहेछौ ।

म तिम्रो चिताको अगाडि धेरैबेर घोप्टिएँ, तिमी अब रहेनौ । तिमीलाई बोकेर गएकाहरू तिमीलाई छोडेर फर्के । म भने तिमीलाई मनभरि बोकेर फर्किएँ । घर आएँ । आमाको अनुहारमा तिम्लाई देखेँ । नानीको अनुहारमा तिम्लाई देखेँ । नानीको पेटमा तिम्लाई देखेँ । हजुरबुवा, हजुरआमा, भाई र बहिनीहरुमा केवल तिम्लाई देखेँ । तिमी त मरेकै रहेनछौ कृष्ण ! तिमी त साझा बनेका रहेछौं, हामी सबैका ।

प्रिय कृष्ण, तिमी मरेका होईनौ, रुपान्तरण भएका हौ- जीवनबाट । एल्ज्यान्ड्रोले एउटा पुस्तकमा उल्लेख गरेका छन्, ‘जीवन र मृत्यु भ्रम मात्रै हो । हामी सबै रुपान्तरणको प्रक्रियामा छौं ।’ त्यसैले कृष्ण, तिमी जीवनबाट रुपान्तरण भएका हौ । तिमी कहिल्यै मर्ने छैनौ । किनकि मृत्युको उत्कर्ष नै जीवन हो ।

तिमीले देखेका र देख्न बाँकी केही सपनाहरु छन्, जुन पूरा गर्ने जिम्मेवारी आइपुगेको छ । तिम्रो शोकलाई तिम्रै शक्तिमा रुपान्तरण गर्दै तिम्रो घर, परिवार र समाजमा तिम्रो अभाव हुन नदिने प्रतिबद्धतासहित अलबिदा कृष्ण बाबु ! हार्दिक श्रद्धाञ्जली !!

(लेखक न्युज २४ टेलिभिजनका लागि बुटवलबाट रिपोर्टिङ गर्छन्)

युरोप डायरी अनि प्रवास पत्रकारिता
  • यादव देवकोटा

नमस्ते नेपाल ! ए साँच्ची, यता आएदेखि नै ओला पोर्चुगल भन्ने जो गरिएको छ । प्रवासमा बिताइएका हरेक पल, घडी, समय जोड्दै जाने हो भने हेर्ने कथा पनि होइन, सुन्ने कथा पनि होइन महसुस गर्ने कथा पनि होइन हेर्ने कथाभित्रको व्यथा नै बन्छ होला । तर त्यति टाढा पनि नपुगौँ । नजिकबाटै नियाल्दा पनि प्रबासिएकाहरुको जीवन काफी बुझ्न सकिन्छ ।

सामाजिक रुपमा र व्यावसायिक दुवै हिसाबले जिन्दगीमा सधैँजसो नै समाजकै, देशकै कुरा सुनियो लेखियो । कति पढियो, पढियो । यसको कुनै लेखाजोखा छैन आज अलिकति भने पनि आफ्नै कुरा लेखौँ न भन्ने लागेको छ ।

देशमै लामो समयदेखि पत्रकारिता गरिरहेको थिएँ, एकाएक एउटा अवसर मिल्यो– विश्वकै ठुलो वेब समिटमा भाग लिने, त्यो पनि सन्चारकर्मीको रुपमा । कार्यक्रम युरोपियन युनियनमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने मुलुक पोर्चुगलमा थियो । आएँ, हेरेँ, बुझेँ । बसाइ लम्बिँदै गयो । साथीभाइले यतै बस्न सुझाए । अन्ततः मैले पनि यतै बस्ने निर्णय गरेँ । सुरुका दिनमा यहाँकै स्थानीय नेपाली अनलाइन मिडियामा केही महिना काम गरेँ, त्यतिखेर फेसबुक इन्स्टान्ट आर्टिकलबाट राम्रै पैसा कमाइ हुन्थ्यो । यतातिरको खर्च चलेकै थियो । युरोपको चुल्होमा आगो बलेकै थियो । त्यही बीचमा देशको राष्ट्रिय एक टेलिभिजनसँग पनि युरोप कोरेस्पोन्डेन्टको रुपमा काम गरी नै रहेको थिएँ ।

कालान्तारमा यी सब सम्भव भएनन्, यो राज्यको कानुनभित्र रहेर आफ्नो कागजी प्रकृयाको लागि सशर्त अरु नेपालीसरह हुन अरुले गरेजस्तै मैले पनि गर्नुपर्ने भयो । अब मेरो पेशा, पेशा रहेन । अब मेरो अस्तित्व मेरो पेशाले पहिचान गर्न पाउने भएन । जे होस्, दुवै हातमा लड्डु त कहाँ मिल्छ र ? चित्त बुझाएँ ।

म सामन्य एउटा रेस्टुरेन्टमा काम गर्छु । रोजिरोटी यतैबाट मिलेको छ । खाई कम- थकाइ बढी, प्यास कम- बित्यास बढी । समय कम- भय बढी । नाम गुमनाम- काम धुमधाम । आश केही हुने तर खास केही नहुने । यस्तै छ विदेश ।

तर, यत्ति भनेर म चुपचाप बसेको चाहिँ होइन, आफ्नै व्यवस्थापनको काम सकियो । अब सभ्य प्रवासी समाजको रहनसहनसँगै प्रवास पत्रकारितालाई पनि समय दिई नै रहेको छु ।

हाम्रा बाआमा, आफन्त, छिमेकी र समाजले विदेशिएका आफ्ना छोराछोरीको सुख–सयल, घर, कार देखेर खुसी हुनुभएको होला । तर एउटा कुरा नि– ती सबै छोराछोरीहरुले देखेको खास सपनाले आजसम्म आकार पाएको छैन । र, अन्ततः हामीसँग सुरक्षित नै पो के थियो र ?

हामीसँग सीप त थियो तर कज्याउने अर्कै थियो । हामीसँग क्षमता थियो तर हाँक्ने अर्कै थियो । हामीसँग पसिना चुहाउने सामथ्र्य थियो तर खाने अर्कै थियो । हामीसँग वस्तु थियो तर बजारभाउ र मूल्य अर्कैको हातमा थियो । हामीसँग समाज थियो, संस्कार थियो तर हैकम अर्कैको थियो । हामीसँग नीति थियो, नियम थियो तर बनाउने र पाखा लगाउने पनि अर्कै थियो । हामीसँग संविधान थियो तर त्यसलाई खेलाउने अर्कै थियो । हामीसँग सम्पत्ति थियो तर उपयोग गर्ने अर्कै थियो । हामीसँग राष्ट्रियता थियो तर बोक्ने र हल्लाउने चाहिँ अर्कै थियो । हामीसँग राष्ट्र छ तर हाँक्ने पनि अर्कै छ । हामी नग्न छौं, निरीह छौं र निसहाय हुँदै गइरहेका छौं । त्यसैले आज हामी देश छोडेर विदेश छौँ ।

यतिखेर म पोर्चुगलमा छु । साढे दुइ वर्ष भयो, यता आएदेखि नै प्रवासमा बसेर पत्रकारिता गरी नै रहेको छु ।

यतिबेला विश्वभर कोभिड–१९ को महामारी छ । नागरिक जोगाउन देशका आ-आफ्ना नाका मात्रै बन्द छैनन्, विश्व नै ‘लक’ गरिएको छ । सडकमा न गाडी चलेको छ, न आकाश नै । यतिखेर मान्छेदेखि मान्छे नै डराउनुपरेको छ । लाखौँ नागरिकले अनाहकमा ज्यान गुमाइसकेका छन् । यतिखेर मानव सभ्याता नै हराउने हो कि भन्ने त्रास आम नागरिकमा परेको छ । परदेशमा रहेकाहरु घरदेश जान नपाएर चिन्तामा छन् भने सीमामा पुगेकहरु पनि घरदेश हेरेर पीडाका साथ बसिरहेका छन् । विश्वव्यापी महामारीका बेला आफ्नो जीवनको कुनै प्रवाह नगरी मैदानमा उत्रिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई सलाम छ ।

प्रसंग पत्रकारिताकै हो । टेलिभिजन कर्म गरेको एउटा सामान्य सञ्चारकर्मीको उद्देश्य त्यति ठुलो हुँदैन । पेशाका लागि गरिएको संचारकर्मले उही दैनिक आवश्यकताबाहेक आफ्नो बचेको समय दिने, जाने–बुझेका कुरा आफुले कुनै फोरममार्फत सुझाउने, बुझाउनेबाहेक अरु के हुन सक्ला ?

जब पत्रकारिता नशामा परिणत हुन्छ, अनि यसले तपाईंको मन र मस्तिष्कमा जरो गाड्छ । केही नयाँ त गर्नैपर्छ भन्ने हुन्छ र केही न केही कुरा मनमनै खेलिरहेको हुन्छ । मोफसलदेखि शहरसम्म भनौं या देशदेखि विदेशसम्म नै किन नहोस् । तपाईंलाई यो सञ्चारकर्मको मोह र ममता रत्तिभर घटेको हुँदैन । र घट्न पनि दिनुहुँदैन ।

कोभिड–१९ अर्थात् कोरोना भाइरसले निम्त्याएको लकडाउनले मानसिक रुपमा डर त्रास दिए पनि शारीरिक रुपमा भने केही आराम पक्कै पनि दिलाएको छ । लामो समयसम्मको बसाइँले मानिसमा झन् थकाइको महशुस गर्न थालेका छन् । उनीहरु आफ्नो नियमित काममा फर्कन चाहन्छन् तर परिस्थिति भने फरक छ ।

लकडाउनले जन्माएको त्यो ‘छ मिनेट’

तपाई फुर्सद हुँदा के गर्नुहुन्छ ? आजकाल धेरै मानिसहरु फुर्सदको समयमा के गर्छन् त ? त्यो त तपाई–हामीलाई थाहै छ । विद्युतीय उपकरणको साथ खोज्छौं । इन्टरनेटमा जोडिन्छौं । त्यहीँबाट संसार नियाल्छौं १ इन्टरनेटबिना बाँच्नै नसकिने जमात विश्वभर विरलै होलान् । पछिल्लो समय त सोसल मिडियाको प्रयोग ह्वात्तै बढेको छ । जुन स्वाभाविक पनि छ । मनोरञ्जन, सूचना, अध्ययन–अध्यापन होस् या संसार नियाल्नेहरु, सबै प्रविधिको वरिपरि घुमिरहेका हुन्छन् ।

त्यसो त अहिले विश्वभर कोरोनाको कहरले आक्रान्त पारेको छ । घरभित्रै थुनिनु परेको छ । मनमा धेरै कुराहरु घुलमिल हुँदै गएका छन् । पारिवारिक वार्तालाप, आफन्त, साथीभाइसँगको कुराकानी, माया–ममतादेखि सञ्चो–बिसञ्चो एक–आपसमा साँट्ने दैनिकीजस्तै बनेको छ । मनमा अनेक तरंग मात्रै पैदा भएको छैन् । कसरी अगाडि बढ्ने र कसरी फरक बन्ने भन्ने सोचले मलाई पछ्याइरह्यो । मैले गरिआएको पेशा पनि मेरै साथमा छ । यतिखेर प्रवासमा रहे पनि यसलाई कसरी अझ बढी महत्वका साथ अघि बढाउने भन्ने प्रश्नले आफैंलाई थप सोच्न बाध्य बनाएको छ ।

प्रवास आएदेखि नै यहाँको स्थानीय मिडियासँग मैले ‘नेपाल टक्स’ भनेर अन्तरवार्ता शुरु गरेँ । जुन अहिले पनि चलिरहेको छ । जसले नेपाली र नेपाली समाजको माया पाएको छ । तर यतिमात्रै सीमित रहनुहुन्न भन्ने लागेर हामीले ‘लकडाउन’ सँगै ‘छ मिनेट छ ?’ को नाम जुराएर मैदानमा उत्रिएका छौं । छोटो समयमा महत्वपूर्ण अनि मार्गदर्शक बन्ने धेरै विषयलाई उजागर गर्ने हाम्रो मिशन हो । सोहीअनुरुप हामीले कार्यक्रम ‘छ मिनेट छ ?’ को आधिकारिक प्रोमो पनि बनायौं ।

धेरै दर्शक/श्रोताको एउटै प्रश्न– के हो ‘छ मिनेट छ’ ?

कुनै पनि विषयको गहिराइमा पुगेर त्यसको यथार्थ बाहिर ल्याउने मात्रै होइन, समाजमा घटेका घटना र व्यक्तिमा लुकेर बसेको क्षमतालाई पनि प्रष्फुटन गराउने हाम्रो मिशन हो । तपाइको छ मिनेटको समयलाई ध्यानमा राखेर हामीले कार्यक्रमको डिजाइन गरेका हौं । त्यसो त प्रवासमा बस्ने हामी कसैसँग पनि धेरै समय हुँदैन ।

हामीलाई न देश्को राजनैतिक विषयको बहस गर्ने समय छ, न सुन्ने फुर्सद नै । प्रवासीको पीडा, विस्मात्, समस्या र उनीहरुको दुःखपछिको सुखमा केन्द्रित बन्नेछौं । तपाईको छ मिनेट सबै नेपालीका लागि मार्गदर्शक र जानकारीमूलक बनोस् । प्रवासमा काम नगरी कसैलाई खान पुग्दैन । त्यसैले तपाईं आराम गर्दा होस् या अन्य कुनै समयमा बँचेको छ मिनेट तपाई–हामी अनि समाजका लागि महत्वपूर्ण बन्ने हाम्रो अपेक्षा हो ।

प्रवासमा पत्रकारिता

देख्नेहरुलाई प्रवासको पत्रकारिता मस्ती लागे पनि भोग्नेलाई मात्रै त्यसको वास्तविक पीडा थाहा हुन्छ । बचेखुचेको समयमा गरिने प्रवासको पत्रकारिताले व्यावसायिक रुप भने लिएको कमै मात्रामा छ । पत्रकारका हितका लागि स्वदेशमा मात्र होइन, प्रवासमा पनि थुप्रै संघ–संस्थाहरु खोलिएका छन् । तीमध्ये एकाध संस्थाले पत्रकारको हितमा काम गरे पनि अधिकांश भने राजनीति, चाकडी र चाप्लुसीमा लिप्त भएको थुप्रै उदाहरण छन् ।

पत्रकार महासंघको प्रवास शाखा खोलिएका छन् । तर महासंघले उनिहरुको स्तर मापनको आधार तयार भने गर्न सकेको छैन् । मुलधारमा काम गरेका राम्रा पत्रकार प्रवासमा बिलिन हुन पुगेका छन् । प्रवासको पत्रकारिता मुलुकको हितमा भन्दा प्रवासमा हुने राजनीतिमा प्रयोग हुन थालेको आभाष हुने गरेको छ । मुल विषय अध्ययन नै नगरेका तर लहडका भरमा पत्रकारिता गर्नेहरुको लर्कन प्रवासमा देख्न सकिन्छ । तर प्रवासमा महासंघले मापदण्ड निर्धारण गर्न नसक्दा वास्तविक पत्रकारिता गर्नेहरु ओझेलमा पर्ने गरेका छन् । महासंघले राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे खोज्दा प्रवासका पत्रकार र पत्रकारिताले सही ट्रयाक समात्न सकेको छैन् ।

डिजिटल पत्रिका संचालनका नाममा आफ्नै सिर्जनात्मक भन्दा पनि अर्काको समाचार हुकिङ गर्ने बानीले प्रवासको पत्रकारिताप्रति पाठकहरु खासै सन्तुष्ट भएको पाँइदैन् । आगामी दिनमा महासंघले यस्ता विषयमा पनि ध्यान दिने हो भने प्रवासको पत्रकारिता र पत्रकारको स्तर र क्षमतामा विकास हुने थियो ।

‘आँफु पनि गुँँड नलगाउने, अरुले लगाएको गुँड पनि भत्काउने’ प्रवृत्ति

हातमा लाइसेन्स, दिमागमा सेन्स र क्यामेरामा लेन्स नहुनेहरु क्रोधले बुई चढ्ने विरोधले भुइँ कोपर्ने गर्छन् । सोसियल मिडियाका टाइमलाइन र च्याट्मा गरिएको पत्रकारिता होइन यो ।

मेरो कुनै पनि पात्रसँग कुनै प्रतिस्पर्धा होइन । मात्रै प्रवृत्तिसँगको ‘अपोजिसन’ हो । काम गराइको क्रममा मेरा पनि कति कमजोरी होलान् । मैले मेरा कमी-कमजोरीलाई जहिले पनि आत्मसात गरेको छु । मैले मेरो कामप्रति कहिल्यै घमण्ड पनि गरेको छैन । यदि गरेँ भने तपाईले मलाइ दण्ड दिन सक्नुहुन्छ । सबै शिरोधार्य छ । तर सकेसम्म अरुको भलाई गरौं । यदि त्यो पनि न सकिन्न भने बिगार पनि गर्नुहुन्न ।

यो कर्ममा लाग्दै गर्दा मैले गुमाएको त केही पनि छैन । तर पाएको कति छ कति । त्यसैले त तपाईले दिएको मायाले आज ‘क्याटलिस्ट’को काम गर्दै उर्जामाथि उर्जा थपेको छ ।

यही दौरानमा मैले आँखामै राख्दा पनि नबिझाउने दर्शकदीर्घा भेटेँ । कतै उकाली चढ्नेहरूको साहसमा आँटको पोयो लगाउँछन् त कतै ओरालीमा चिप्लिनेहरूलाई भविष्यको आशा देखाएर गन्तव्यसम्म पुग्न हौस्याउँछन् । कोही-कोही त अठोटको दियो बालेर अगाडि बढ्न र उद्देश्य प्राप्तिका निम्ति कठिन संघर्षको बाटो रोज्न प्रोत्साहित गर्छन् । त्यसैले त हामी निरन्तर छौं । अन्तर छैन, अनि मतान्तर छैन । हामीसँग विवेकको प्रयोग समानान्तर छ ।

बाटो हिँड्नेहरुको हो । जीवन भोग्नेहरूको हो । पीडा अनुभूति गर्नेहरूको हो । विश्वास फुलाउनेहरूको हो । आँट आस्थामा गोडमेल गर्नेहरूको हो । खुसी आफैलाई विश्वासमा लिनेहरूको हो । त्यसैले त हामी आजसम्म सबैलाई खोकिलामा राखेर अगाडी बढेका छौं । त्यसमा तपाई दर्शक श्रोताको माया आजसम्म पनि उस्तै अनि दुरुस्तै छ ।

मैले आफूलाई कहिले पनि पत्रकारको रुपमा प्रस्तुत गर्ने र समाजले मलाई स– सम्मान कुनै पनि ठाउँमा मेरो प्रशंसा गरोस भन्ने म चाहन्न । तर मैले गर्ने मेरो काम र देनको मुल्यांकन गरोस भन्ने अपेक्षा चाँहि जो-कसैलाई पनि हुन्छ । पत्रकारिता पढ्नु र अलि-अलि लेख्नुले मात्र पूर्ण पत्रकारिता गर्न सकिदैन भन्ने मेरो सोच हो । आज म प्रवासमा बस्ने हुँदा मेरो अपेक्षाका विषयवस्तु प्रवास पत्रकारितासँग नै सम्बन्धित छ । र म यसमा नै समर्पित छु ।

कुनै पनि टेलिभिजन कार्यक्रमको अभिप्राय प्रत्यक्ष-अप्रत्यक्ष जे र जसो भए पनि– सन्देशका लागि, विचारका लागि, उपदेशका लागि, मनोरञ्जनका लागि, लहडका लागि, चर्चाको लागि, जे-जेका लागि भए नि जबसम्म मान्छेको मन र मस्तिष्क थरथराउने, झनझनाउने र पगाल्ने गराउँदैन त्यस्तो कार्यक्रम लामो कालसम्म जीवित रहन सक्दैन् । युग बोध र युग सन्देश नभएका कुनैपनि कार्यक्रमले दर्शक र श्रोताको मन छुदैन ।

हाम्रो ‘कन्सेप्ट’ र हाम्रो टिमको मेहनतलाई ‘एसेप्ट’ त गर्नु नै हुन्छ भन्ने विश्वास लिएको छु । र, अन्तमा तपाई दर्शक, श्रोता र पाठकसामु सत्य तथ्य सूचना पु¥याउने कोशिस त गर्छु गर्छु । समाजमा भएका विसङ्गति र गलत प्रवृत्तिप्रति औला ठड्याउन समेत कहिलै नहिच्किचाउने प्रण गर्दै तपाईले दिनुभएको ‘छ मिनेट’ प्रति मेरो सद्भाव र प्रेममा कहिल्यै कमी हुन दिने छैन । तपाईको ‘छ मिनेट’ सबैका लागि मार्गदर्शक बन्न सकोस् !

filter_none सबै अपडेट
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com