Nepa Top
century-bank

नेपाली उत्पादनको बजार ९५ प्रतिशत

काठमाडौं । विज्ञान र प्रविधिको विकाससँगै नेपालमा पनि विभिन्न गुणस्तरका जीआई पाइपहरु उत्पादन हुँदै आएको छ । सस्तो बलियो र किफायती हुने भएकाले पछिल्लो समय सीपीभीसी, पीभीसी तथा पीपीआर गुणस्तरका पाइपको बजार पनि राम्रो छ ।

कुनैपनि क्षेत्रमा निर्माण कार्यका लागि पाइप अनिवार्य हुन्छ । घर, सडक, पुल, जलविद्युत अयोजना लगायत ठुला ठुला आयोजनामा पाइपको प्रयोग अनिवार्य छ । पछिल्लोे समय नेपालमा प्लास्टिकबाट बनेका पाइपहरुको प्रयोग बढदै गएको छ । बलियो, किफायती र सस्तो हुने भएकाले सबै उपभोक्ताले पीपीआर पाइपहरुको प्रयोग गर्दछन् ।

त्यस्तै सिपिभिसी, पिभिसी लगायतका पाइपहरुको प्रयोग पनि उच्च छ । पीपीआर र सीपीभीसी पाइपले नेपाली बजारको ९५ प्रतिशत हिस्सा ओगटेको छ । त्यसमध्ये पनि पीपीआरको हिस्सा ६५ प्रतिशत रहेको छ । ३५ प्रतिशत बजार सीपीभीसीको छ । विगत पाँच वर्ष देखि पल्म्बर पाइप र पानी ट्याङ्की उत्पादन तथा विक्री गर्दै आएको जय बागेस्वरी रोटो मोडलीङ इण्ड्रष्ट्रिजले नेपाली बजारमा प्रयोगहुने यस्ता पाइपहरु टिकाउ र सस्तो हुने जनाएको छ ।

नेपाली बजारमा पाइप, तथा पानी ट्याङ्कीको कारोबार वार्षिक करिब ५ अर्ब रुपैयाँ बराबरको हुन्छ । बजारमा उत्पादन र विक्रीवितरण गर्दै आएको अर्को कम्पनी मंगलमले गाउँदेखि सहरसम्म आफ्ना उत्पादनहरुले मन जितेको बताएको छ ।

पछिल्लो समय स्वदेशी र विदेशी उद्योगमा उत्पादित सबै प्रकारका पाइपहरु बजारमा उपलब्ध छन्। नेपाटप, मार्वल टेक्नो प्लास्ट, जानकी, आइटिपिएफ लगायतका ६/७ वटा कम्पनीहरुले पाइप उत्पादन तथा विक्री वितरण गर्दै आएका छन् । दुई दसक यता नेपाली उद्योगीले प्रविधियुक्त पीपीआर र सीपीभीसी पाइप उत्पादनमा जोड दिएको देखिन्छ । यसले नेपालको व्यापार घाटालाई कम गर्न सहयोग गरेको छ ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]