Nepa Top
century-bank

ठुला आयोजनामा आयातित सिमेन्टको प्रयोगले आयात बढ्यो

काठमाडौं । पछिल्लो समय नेपालमा उत्पादित वस्तुको प्रयोग बढाउन सरकारले एन्टी डम्पिङ सम्बन्धी ऐन ल्याउन लागेको छ । तर नेपालको सिमेन्ट उत्पादनले आन्तरिक माग धान्न सक्ने भए पनि सरकारले ठुला आयोजनामा भारतबाट सिमेन्ट लगायतका निर्माण सामाग्री आयात गर्दा भन्सार छुट दिने गरेको छ । यसले नेपाली सिमेन्ट उद्योगलाई निरुत्साहित गरेको छ ।

नेपालमा हाल करिब ८० वटा सिमेन्ट उद्योगहरु संचालनमा छन् । सिमेन्ट उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ मध्य क्लिङकर उत्पादन न्यून हुँदा भारतमा निर्भर हुनुपर्ने वाध्यता छ । यसले नेपाली सिमेन्टको उत्पादन लागत बढ्नुका साथै कम गुणस्तरको सिमेन्ट उत्पादन हुने सम्भावना छ । जसले गर्दा मुलुकको माग अनुसारको सिमेन्ट उत्पादन हुने भएपनि आयातित सिमेन्टको बजार अझै पनि बलियो छ । नेपालमा निर्माणधिन ठुला र राष्ट्रिय गौरवका परियोजनाहरुमा अझैपनि भारतबाट सिमेन्ट आयात गरेर प्रयोग गरिदै आएको छ । भन्सार विभागका अनुसार गत वर्ष ३१ अर्ब २७ करोड रुपैयाँ बराबरको क्ल्ङिकर र सिमेन्ट आयात भएको छ ।

सरकारले ठुला जलविद्युत अयोजनाको लागत घटाउन भारतबाट आयात हुने सिमेन्टमा भन्सार छुट दिने गरेको छ । जसले गर्दा नेपाली उद्योगबाट उत्पादित सिमेन्ट ठुला परियोजनामा न्यून मात्रामा प्रयोग हुने गरेको छ । नेपाली उद्योगीहरु भने सरकारले उद्योगका लागि आयात हुने क्लिङ्करमा भन्सार सहुलियत दिएमा भारतबाट सहुलियतमा आयात हुने सिमेन्टको मूल्यमै सिमेन्ट उपलब्ध गराउन सकिने बताउँछन् ।

मुलुकको व्यापार घाटा बढदै जाँदा ठुलो परिमाणमा खपत हुने सिमेन्टमा देश आत्मनिर्भर बन्दै गएको छ । ठुला आयोजनामा पनि आन्तरिक उत्पादनलाई नै जोड दिइने हो भने व्यापार घाटा कम हुने देखिन्छ । त्यस्तै सिमेन्ट उत्पादनका लागि आयात हुने क्लिङकर उत्पादन बढाउन सरकारले लिने नीति महत्वपुर्ण हुने देखिन्छ ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]