Nepa Top
century-bank

क्षतिपूर्ति नदिंदा धरान–हेटौंडा सडक निर्माण अलपत्र

मकवनपुर । स्थानीयले क्षतिपूर्ति नपाउँदा भित्रि मधेसलाई जोड्ने सडक निर्माण अलपत्र बनेको छ । सरकारले मुअब्जा, क्षतिपूर्ति, डिजाइन लगायतको काम सकेपछि सडक निर्माण सम्पन्न गर्ने कार्यविधि रहेको थियो । तर, सरकारको तर्फबाट हुनुपर्ने काम नभएका कारण सडक निर्माण अलपत्र बनेको छ ।

धरान–कटारी–सिन्धुली हुँदै हेटौंडासम्मको सडक निर्माण अहिले अलपत्र अवस्थामा छ । सडकले प्रदेश नम्बर एक र प्रदेश नम्बर ३ का भित्रि मधेसलाई जोड्छ ।

सरकारकै उदासिनताका कारण तोकिएको समयभित्रमा सडक निर्माण हुने छाँट देखिदैन । कालिका स्वच्छन्द रेनकेन जेभीले हेटौंडादेखि सिन्धुलीसम्म करिब १ सय २० किलोमिटर सडक निर्माण गर्ने गरी ६ अरब ३० करोडमा ठेक्का लिएको थियो । यो सडक–खण्डमा पर्ने करिब ६ सय ८० घरटहराको क्षतिपूर्ति निकासा नहुदा कठिनाई भएको छ । तीन वर्षसम्ममा आयोजना निर्माण गर्ने गरी सम्झौता दुई वर्षअघि सम्झौता भएको थियो । तर, सरकारले गर्नुपर्ने दायित्व पूरा नभएपछि काम अलपत्र अवस्थामा छ ।

क्षतिपूर्तिका लागि सरोकारवाला निकायले पहल नगरेको स्थानीयले आरोप लगाएका छन् । आफूहरु आयोजना विरुद्ध नभएको भन्दै उनीहरुले सरकारले क्षतिपूर्ति उपलव्ध नगराएसम्म काम गर्न नदिने अडान राखेका छन् ।

आर्थिक वर्ष २०७२/७३ मै धरानदेखि हेटौंडा सम्म कूल ३ सय ११ किलोमिटर सडक निर्माणको योजना हो । यो आयोजना अन्तर्गत पश्चिम–खण्ड अन्तर्गत सिन्धुली देखि हेटौंडा सम्मको सडक निर्माण कार्य सुरु भएको छ । पूर्वी खण्डको सिन्धुलीदेखि उदयपुर हुदै सुनसरी सम्म लामा शर्मा जेभीले निर्माण कार्य सुरु गरेको छ ।

क्षतिपूर्तिका लागि करीब ८१ करोड बजेट बिनियोजन गरेको भए पनि कतिपय स्थानीय स्तरका सबै वडाले लगत प्रमाणित विवरण नपठाएकाले क्षतिपूर्ति वितरण गर्न नसकिएको आयोजनाको भनाई छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]