Nepa Top
century-bank

निर्मला प्रकरणले कमजोर बनायो प्रहरीको मनोबल, धर्मरायो नागरिकको विश्वास पनि

काठमाडौं । निर्मला हत्या प्रकरणले नेपाल प्रहरीप्रतिको विश्वास निकै कमजोर बनायो । प्रहरीले यो घटनाको स्वभाविक पटाक्षेप गर्ला भन्नेमा नागरिक विश्वस्त छैनन् । अनुसन्धानको दायरा साँधुरो भएको दावी भइरहँदा नागरिक भने ‘प्रहरीले फेरि कसलाई फसाउन लाग्यो’ भन्ने प्रश्न गरिरहेका छन् । जसले सिंगो प्रहरी संगठनकै मनोबल कमजोर बनाउँदै लैजान सक्छ ।

प्रहरीले निर्मला पन्तको हत्यामा सम्लग्न रहेको भन्दै मंगलबार काठमाडौंबाट कञ्चनपुरका २२ वर्षीय प्रदीप रावललाई नियन्त्रणमा लियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै उपस्थितिमा लिइएको बयानमा रावलले अभियोग स्वीकारेको र थप अनुसन्धानका लागि डीएनए परीक्षणको क्रममा रहेको बताइएको छ । तर, नागरिक रावल नै अभियुक्त होलान् भन्नेमा विश्वस्त छैनन् । सामाजिक सञ्जालदेखि जनस्तरसम्म रावललाई ‘अर्को दिलिपसिंह’का रुपमा चित्रित गरिएको छ ।

‘सत्यम् सेवा सुरक्षणम् भन्ने मूल मन्त्र लिएर सदैव जनताको सुरक्षामा खटिने नेपाल प्रहरीको जनविश्वास अहिले संकटमा पर्दै गएको छ । प्रहरी प्रतिको नागरिक विश्वास किन यति धेरै कमजोर बन्यो ? जवकी प्रहरीको दावीअनुसार निर्मला प्रकरणको स्वभाविक पटाक्षेप नजिकै छ ।

घटना अनुसन्धानमा लापरबाही गरेपछि आलोचित भएको प्रहरीले ‘निर्मलाका निम्ति न्याय’ भन्दै कञ्चनपुरमा भएको प्रदर्शनमा अनावश्यक बल प्रयोग ग¥यो । जसले आलोचना र अविश्वासको ‘ग्राफ’ झनै बढायो । निर्मला हत्या प्रकरणमा प्रहरीले गरेको प्रारम्भिक गल्तीले अपराध अनुसन्धानमा उ कतिसम्म हेदचेक्र्याई गर्दो रहेछ भन्ने खुलेसँगै प्रहरीप्रतिको नागरिक विश्वास थप कमजोर भयो ।

अभियोग स्वीकारेको भन्दै प्रहरीले मुख्य अभियुक्त दावी गरेको मानसिक सन्तुलन ठीक नभएका दिलीपसिंह विष्ट डीएनए परीक्षणबाट निर्दोष प्रमाणित भएपछि प्रहरी थप बद्नाम भयो । त्यही बद्नामित पृष्ठभूमिले निर्मला प्रकरणमा ‘निरिह’ बनेको प्रहरी अझै ‘रक्षात्मक’ छ । जवकी उसकाअनुसार अभियुक्त नियन्त्रणमा आइसकेका छन् ।

चार महिनासम्म अभियुक्त पहिचानसमेत गर्न नसक्नुले प्रहरी झनै आलोचित भयो । निर्मला प्रकरणले प्रहरीको मनोवल यतिधेरै गिराएको छ कि अर्को ठूलै ‘नतिजा’ विना उ तङ्ग्रिन गह्रो छ । नागरिकसँग प्रत्यक्ष जोडिएको प्रहरीको छवि नागरिकबीच नै यतिधेरै धुमिल हुनुको मूल कारण प्रहरी नै हो । निर्मला प्रकरण उसका लागि गतिलो पाठ बन्नुपर्छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]