Nepa Top
century-bank

भारतको केरलामा महिला जस्तै सिंगारपटार गरेर पूजा गर्छन् पुरुष

काठमाडौं । असल वर प्राप्तिको कामना गर्दै हिन्दू महिला विभिन्न देवी देवताको व्रत बस्ने गर्छन् । तर दक्षिण भारतको केरलामा भने हिन्दू पुरुष पनि सुन्दर पत्निका लागि पूजा गर्छन्, भन्दा अचम्म लाग्न सक्छ ।

दक्षिण भारतको केरलास्थित भगवतीको मन्दिरमा आफ्नो मनोकामना पूर्ण होस् भन्ने कामनाका साथै सुन्दर पत्नी प्राप्तीका लागि पुरुषहरु महिला जस्तै सिँगारपटार गरी पूजा गर्ने गर्दछन । झट्ट हेर्दा महिला नै हुन् कि भन्ने भान हुने गरी पुरुषहरु श्रृंगार र गरगहनामा सजिएर पूजामा सहभागी हुने गर्छन् । त्यहाँ पुग्ने हरेक पुरुषले आफ्ना इच्छा पूर्तिका लागि माता भगवतीसँग वरदान माग्ने गर्दछन् ।

मन्दिरमा वरदान माग्न जाने सवैले देवीलाई प्रशन्न पार्न महिलाले जस्तै सारी लगाएर श्रृंगार गर्नुपर्ने स्थानीयको विश्वास छ । केरलाको कोल्लम जिल्लास्थित कोट्टनकुलंगरामा रहेको देवीको मन्दिरमा हरेक वर्ष २३ र २४ मार्चमा यस्तो पूजा हुने गर्दछ । चाम्याविलक्कु नामक निकै लोकप्रिय यस पर्वमा महिलाको जस्तै श्रृंगारपटार गरेर वरदान माग्न आउने पुरुषको भिड लाग्ने गर्दछ ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]