Nepa Top
century-bank

कविलबस्तु जिल्ला अस्पतालमा न जनशक्ति, न औषधि !

कपिलवस्तु । विरामीको स्वास्थ्य परीक्षण गरेर औषधि सिफारिस गर्ने जिम्मेवारी चिकित्सकको हो । तर, पर्याप्त चिकित्सक नरहेको भन्दै कपिलबस्तु जिल्ला अस्पतालमा भने स्वास्थ्यकर्मीले नै औषधि सिफारिस गर्छन । जुन जनस्वास्थ्य माथिको चरम खेलवाड हो ।

कानूनतः चिकित्सक बाहेकलाई औषधि सिफारिस गर्ने अधिकार छैन । तर, कपिलबस्तु जिल्ला अस्पतालमा नर्स, हेल्थ असिस्टेन्ट, अहेवलगायतले विरामी परीक्षण मात्रै गर्दैनन् । कानूनतः बर्जित तथा योग्यता र अनुभव नभएका प्राविधिले स्वास्थ्य परीक्षणसहित औषधि सिफारिस गर्दा पनि नियमक निकाय ‘मौन’ रहँदा विरामीका आफन्त रोग पहिचान र उपचारमा समस्या भइरहेको बताउँछन् ।

जनस्वास्थ्यमा किन चरम खेलवाड ? भन्ने प्रश्न गर्दा अस्पताल प्रशासन जनशक्ति अभावका कारण भन्छ । तीन जना चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पतालमा अहिले एक जना मात्रै कार्यरत छन् । तीन जनाको काम एकै जनाले गर्नुपर्ने बाध्यताका कारण परीक्षण र औषधी सिफारिसमा प्राविधिकको प्रयोग गर्नुपरेको अस्पताल र चिकित्सकको भनाइ छ ।

चिकिस्तक मात्र होइन तौलिहवा अस्पतालमा प्राविधिक जनशक्तिको पनि अभाव छ । अस्पतालमा अहिले एक–एक जना स्टाफ नर्स, अहेब र ल्याब टेक्नेसियन कार्यरत छन् । एक्सरे गर्ने प्राविधिक छैनन् । जनशक्तिजस्तै अस्पतालमा अत्यावश्यक र सरकारले निःशुल्क वितरण गर्ने औषधि पनि अभाव छ । सञ्चालनको जिम्मेवारी स्थानीय तहमा आएपनि तौलिहवा नगरपालिकाको वेवास्ताका कारण अस्पतालको गुणस्तर निरन्तर खस्किरहेको स्थानीयको भनाइ छ ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]