Nepa Top
century-bank

पाँच वर्षीया बालिका बलात्कारको अभियोगमा एक प्रक्राउ

अर्घाखाँची । पाँच वर्षीया बालिका बलात्कार गरेको अभियोगमा अर्घाखाँचीमा एक जना प्रक्राउ परेका छन । प्रहरीले बलात्कारको अभियोगमा शितगंगा नगरपालिका–१३ हिटनटोलाका राजु भनिने देवबहादुर सुनाखरीलाई नियन्त्रणमा लिएको हो ।

शिशु कक्षामा अध्ययरत बालिका स्कुल सकिएपछि घर फर्किने क्रममा बुधबार बलात्कृत भएको सूचनापछि खटिएको प्रहरी टोलीले सुनाखरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

स्कूलबाट समयमै घर नफर्किएपछि खोजी गर्दा रुदै गरेको अवस्थामा भेटिएकी थिइन् । बलात्कृत बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]