Nepa Top
century-bank

लैङ्गिक हिँसा अन्त्यका लागि सामुदायिक वन उपभोक्ता महासंघको ऐक्यवद्धता

  • राम श्रेष्ठ,

ओखलढुँगा, २१ मंसिर । सामुदायिक वन उपभोक्ता महासंघ ओखलढुंगले लैङ्गिक हिँसा अन्त्यका लागि ऐक्यवद्धता जनाएको छ । महाँसंघले शुक्रबार एक कार्यक्रमको अयोजना गरी लैङ्गिक हिंसा न्यूनिकरणका लागि १७ बुँदे ऐक्यवद्धता पत्र सार्वजनिक गरेको हो ।

महाँसघका प्रदेश उपाध्यक्ष गोपालमान थापाले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत सुचना बोर्ड मार्फत हिंसा अन्त्यका लागि आफूहरु प्रतिबद्ध रहेको घोषणा गरेका छन् । महासंघले सबै स्थानिय तहका बन उपभोक्ता समुह तथा क्षेत्रहरुमा यौनजन्य दुव्र्यहार सम्बन्धी नीति तथा ऐन कानुनका बारेमा जानकारी गराउने अभियान सञ्चालन गरेको छ ।

त्यस्तै जाती बिशेष, धर्म बिशेष, भौगोलिक र शारीरिक बनावट तथा राजनीतिक आडमा भेदभाव नगरी सबैलाई समान ब्यवहार गर्ने लगायतका बुदाहरु ऐक्यवद्धता पत्रमा समाबेश गरिएको सामुदायिक वन उपभोक्ता जिल्ला महासंघका अध्यक्ष दीर्घ बहादुर खत्रीले बताए ।

यस्तै वन क्षेत्रमा हुने लैङ्गिक हिंसा तथा दुव्र्यहार रोकथाम गर्न सबै स्थानीय तहहरुमा पोष्टर टाँस्ने समेत निर्णय भएको खत्रीको भनाई छ । हिंसा न्युनिकरणका लागि ती स्थानीय तह तथा बन समुहहरुमा बेलाबेलमा अनुगमन गर्ने समेत जनाइएको छ । वन क्षेत्रमा भए गरेका काम कारबाहीमा लैङ्गिक बिभेद तथा हिँसा न्युनिकरण गर्न सचेतना कार्यक्रम तथा आर्थिक सशक्तिकरणका लागी सामाजिक अभियान्ताहरुलाई तालिमको ब्यवस्था गर्ने समेत जनाएको छ ।

हिंसा अन्त्यका लागि पहिलो चरण अन्तरगत सबै स्थानीय तहहरुमा १७ बुँद्धे ऐक्यवद्धता जारी गरिएको पम्प्लेट टाँस गरिने छ । त्यसपछि क्रमिक रुपमा अन्य चरणका कामहरुसमेत गरिने महासँघले जनाएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]