Nepa Top
century-bank

प्रधानमन्त्री ओलीलाई ‘ओठे जवाफ’ फिर्ता लिन प्रजातान्त्रिक विचार समाजको सुझाव

काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै बुद्धिजीवी वर्गप्रति लक्षित गरी दिएको अभिव्यक्तिप्रति प्रजातान्त्रिक विचार समाजले गम्भीर आपत्ति जनाएको छ ।

समाजले आज एक विज्ञप्ती जारी गर्दै मुलुकमा भएको कुनै पनि विषयमा प्रश्न उठाउँदा राज्यको कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्रीबाटै ओठे जवाफ आउनुले आश्चर्यभन्दा दुखित बनाएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री पद भनेको कुनै निश्चित पार्टीबाट निर्वाचित भएपनि मुलुकको सबै वर्ग, समुदाय, भाषा, लिंग, दललगायतको साझा व्यक्तित्व भएकामा कुनै दुई मत नभएको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीबाट भिन्न विचार र विमतिप्रति हुँदै आएको अभिव्यक्तिले सिंगों संस्थाकै गरिमामा आँच पु¥याएको निष्कर्ष पनि समाजको छ ।

सरकार र राज्यका कमजोरीबारे औला उठाउने बुद्धिजीवीलाई लक्षित गरी ‘आफूले जवाफ दिनुपरेमा बुद्धिजीवी थला पर्ने र होशियार रहन’ भन्ने जस्ता चेतावनी आउनु सिंगो लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारकैविरुद्ध रहेको ठहर पनि प्रजातान्त्रिक विचार समाजको छ ।

यस्ता खाले गम्भीर र आपत्तिजनक अभिव्यक्ति फिर्ता लिइ सरकार सबै जनताको अभिभावक रहेको सन्देश दिनेतर्फ पनि समाजले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनु भएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]