Nepa Top
century-bank

सरकारले आगोसँग खेल्ने काम ग¥योः कमल थापा

  • राजु पौडेल,

झापा, २१ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारका लागि सरकारले करोडौं रकम खर्चेको आरोप लगाउनुभएको छ । सरकारले अल्पमतलाई खुसी पार्न बहुसंख्यक सनातन धर्म मान्ने देशका धर्मावलम्वीहरुको आस्थामा ठेस पुर्याएर आगोसँग खेल्ने काम गरेको जिकिर गर्नुभयो ।

झापाको बिर्तामोडमा शुक्रबार राप्रपा नेपाल प्रदेश नम्बर १ ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा थापाले सरकारको बिभेदकारी कामका कारण देश धार्मिक द्धन्द्धतिर उन्मुख भएको सकेत गर्नुभयो । सुनकाण्ड, निर्मला हत्याकाण्ड, समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने भनेर सरकारले गरेको घोषणा सबै सेलाएकोले चर्चा गर्दै अध्यक्ष थापाले वर्तमान सरकारसँग जनताले अपेक्षा पूरा गर्न नसकेको जिकिर गर्नुभयो ।

पार्टी एकीकरणको सम्भावना अझै रहेको भन्दै अध्यक्ष थापाले हिन्दूराष्ट्र, संवैधानिक राजतन्त्र र गाई चुनाव चिन्हका बिषयमा भने कसैसँग सम्झौता नहुने स्पष्ट पार्नुभयो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]