Nepa Top
century-bank

सञ्चार केन्द्र कर्मचारीविहीन बन्दा अरुको समस्या लेख्ने पत्रकार आफै मर्कामा

  • तारा आचार्य

विराटनगर । अरुको समस्या बारे समाचार लेख्ने पत्रकार विराटनगर स्थित सञ्चार केन्द्र कर्मचारीविहीन हँुदा आफै समस्यामा परेका छन् ।

सूचना विभागले दिने सेवाहरु स्थानीय स्तरबाटै उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको सो सञ्चार केन्द्रबाट पत्रकारहरुको प्रेस प्रतिनिधि नविकरण र स्थानीय पत्रिकाको लोककल्याणकारी विज्ञापनको भुक्तानी पाउदै आएका थिए ।

धिकृतस्तरको प्रमुख सहित ५ जना कर्मचारीहरु दरबन्दी रहेको सञ्चार केन्द्रका अधिकृत, नायब सुब्बा र लेखापालको सरुवा भएका कारण सो कार्यालयबाट हुने सबै सेवा बन्द भएको छ । कार्यालय अहिले दुई जना कार्यालय सहयोगीले खोल्ने र बन्द गर्ने गरेका छन् ।

सञ्चार केन्द्रले एक नम्बर प्रदेशका १४ जिल्ला र दुई नम्बर प्रदेशको सिरहा र सप्तरी गरी १६ जिल्लाका पत्रकारहरुको प्रेस प्रतिनिधि नविकरण तथा पत्रिकाको लोककल्याणकारी विज्ञापन भुक्तानी गर्दै आएको थियो ।

कार्यालयहरुको पुर्नसंरचना गर्ने क्रममा सो कार्यालयको समायोजन बारे निर्णय हुन नसकेका कारण सञ्चार केन्द्र कर्मचारीविहीन भएको बताइएको छ । सूचना विभागले दिने सेवालाई स्थानीय स्तरमा नै उपलब्ध गराउने उद्देश्यले सूचना तथा प्रविधि विभाग अन्तर्गत विराटनगर, हेटौडा, पोखरा, नेपालगंज र धनगढीमा सञ्चार केन्द्रहरु स्थापना गरिएको थियो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]