Nepa Top
century-bank

न्यूज २४ बाट घुसकाण्ड सार्वजनिक भएपछि पोखरामा लिइएको अहेबको परीक्षा रद्द

काठमाडौं, २१ मंसिर । पास गराइदिन्छु भन्दै घुस लिएको सप्रमाण समाचार न्यूज २४ बाट प्रसारण भएपछि लोक सेवा आयोगले गत मंसिर ९ गते आयोगको पोखरा कार्यालयबाट लिइएको अहेब पदको अन्र्तवार्ता रद्द गरेको छ ।

स्वयं अन्तर्वार्तामा सहभागी स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका प्रमुख डा. तारानाथ पौडेल अन्तर्वातामा सहभागीसँग १ लाख घुस लिदा लिदै पक्राउ परेको दृश्य र यससम्बन्धि रिपोर्ट न्यूज २४ को सीधाकुरा जनतासँंग कार्यक्रममा प्रसारण भएको थियो । पास गराइदिन्छु भन्दै घुस लिने पौडेल स्वास्थ्य मन्त्रालयका ११ औं तहका कर्मचारी हुन् ।

उनलाई अख्तियारको पोखरास्थित क्षेत्रीय कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको थियो । अन्तर्वातामा सहभागी स्याङ्जाका ज्ञानप्रसाद न्यौपानेसंग पौडेलले पास गराइदिने शर्तमा १ लाख घुस मागेका थिए ।

घुस लिएको सप्रमाण समाचार प्रसारण भएपछि लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले लोकसेवाको मर्यादा र स्वच्छता कायम राख्न कदम चालिने प्रतिक्रिया न्यूज २४ लाई दिनु भएको थियो । न्यूज २४ संग गरेको प्रतिबद्धता लगत्तै आयोगले अन्तर्वार्ता रद्द भएको एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

घुससहित पक्राउ परेका पौडेलमाथि अहिले अनुसन्धान भइरहेको छ र उनी अनुसन्धानको क्रममा अख्तियारको हिरासतमा छन् ।
अन्तर्वार्ताको नयाँ मिति चाँडै तोकिने र अलग्गै समिति निर्माण गरी पुनः अन्तर्वाता लिइने लोकसेवा आयोगले जनाएको छ । मंसिर ९ गते लिइएको अन्तर्वार्तामाथि अख्तियारले छानविन गरिरहेकोले सबै परीक्षार्थीको मूल्यांकन फारमलाई सुरक्षित राखिएको पनि आयोगले जनाएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]