Nepa Top
century-bank

(नेकपा)को सचिवालय बैठक अपरान्ह बस्दै : काममा देखिएको अन्योलको निकास खोजिने

काठमाडाै‌ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सरकार र पार्टीका काममा देखिएको अन्योलको निकास खोज्न बैठक बोलाइएको हो । त्यस्तै, सरकारका पछिल्ला गतिविधि, एसिया प्सासिफिक समिटमा सरकारको संलग्नताका विषयमा घनिभूत छलफल हुने छ ।

एसिया प्रशान्त सम्मेलनलगायत सरकारका पछिल्ला गतिविधिप्रति नेकपामा सचिवालय तहका नेता नै असन्तुष्ट देखिएका छन् । त्यस्तै एकीकरण प्रक्रिया विस्तार हुन नसकेको, पोलिट्ब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थायी कमिटीको बैठक आह्वानप्रति पार्टी नेतृत्व उदासीन भएको भन्दै यस विषयमा कुरा उठाइने सचिवालयका नेताले बताएका छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]