Nepa Top
century-bank

नेकपाको सचिवालय बैठक आज बस्दै, सरकार र पार्टीका काममा देखिएको अन्योलको निकास खोजिने

काठमाडाैँ । सत्तारुढनेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

अाज अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सरकार र पार्टीका काममा देखिएको अन्योलको निकास खाेजिने बताइएकाे छ ।

बैठकमा सरकारका पछिल्ला गतिविधि, एसिया प्सासिफिक समिटमा सरकारको संलग्नताका विषयमा घनिभूत छलफल हुने जनाइएकाे छ ।

एसिया प्रशान्त सम्मेलनलगायत सरकारका पछिल्ला गतिविधिप्रति नेकपामा सचिवालय तहका नेता नै असन्तुष्ट देखिएमन छन् ।

त्यस्तै एकीकरण प्रक्रिया विस्तार हुन नसकेको, पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्य्विभाजन, स्थायी कमिटीको बैठक आह्वानप्रति पार्टी नेतृत्व उदासीन भएको भन्दै यस विषयमा कुरा उठाइने सचिवालयका नेताले बताएका छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]