Nepa Top
century-bank

पर्यटकीय क्षेत्रको प्रहरी चौकी आफैँ असुरक्षित

तेह्रथुम। पर्यटकीय तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रअन्तर्गत सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित चौकीबजारमा रहेको मादीमुलखर्क प्रहरी चौकी भवन जीर्ण छ । भाडाको घरमा रहेको प्रहरी चौकीे भूकम्पका कारण क्षतविक्षत् बने पनि नयाँ भवन बनाउन कसैले चासो नदेखाउँदा प्रहरी आफैँ असुरक्षित रूपमा बस्न बाध्य भएको हो ।

उक्त चौकीको आफ्नै भवन पनि द्वन्द्वकालमा तत्कालीन माओवादीले ध्वस्त पारेको थियो । तेह्रथुम र सङ्खुवासभाको सीमाक्षेत्रमा रहेको प्रहरी चौकीमा दरबन्दीअनुसारका प्रहरीसमेत छैनन् । चौकीमा चार मात्रै प्रहरी भए पनि तालीम, गोष्ठी र विदाका कारण अधिकांश समय दुई वा तीन जना मात्रै प्रहरी हुने गरेका छन् ।

प्रहरी चौकीको निर्माणका लागि गाउँले नै बजार नजिकै जग्गासमेत उपलब्ध गराए पनि अझैसम्म भवन बनाउन चासो नदेखाएको स्थानीयवासी उदयकुमार तामाङले बताउनुभयो । उक्त चौकीले मादी नगरपालिका वडा नं १ र २ को निकै ठूलो क्षेत्रसम्म सुरक्षा प्रदान गरिरहेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]