Nepa Top
century-bank

लागू औषधसहित दुर्इ जना पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले अवैध रूपमा काठमाडौँ लान लागेको लागू औषधसहित दुर्इ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बारा जितपुरसिमरा उपमहानगरपालिका ३ बाट उनीहरुलार्इ लागु औषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं. ३२ बस्ने वर्षीय ५० वर्षी नैमुदिन अन्सारी र काठमाडौँ महानगरपालिका १२ का १९ वर्षी लाक्पा शेर्पा रहेका छन् । उनीहरूको साथबाट डाईजेल्याव इन्जेक्सन १५०,फेनार्गन इन्जेक्सन १५० र नुर्फिन इन्जेक्सन १५० गरी जम्मा ४५० पिस इन्जेक्सन बरामद गरेको छ ।

दुवै जनालाई बारा जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]