Nepa Top
century-bank

घर-घरमा खानेपानी धारा झरेपछि बाजा-गाँजा बजाएर नाचगान

  • दीपक भट्ट

रामेछाप । लामो समयदेखी खानेपानीको चरम समस्या रहेको रामेछाप नगरपालिका वडा नं ५- का नागरिकहरूको घरमा खानेपानी झरेपछि रामपुरबासी हर्षित मात्रै भएनन् घरको आँगनमा पानी झरेको खुसीयालीमा बाजा-गाँजा बजाएर नाचगान समेत गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीले रामपुरमा संचालन गरेको भूकम्प प्रतिकार्य कार्यक्रम अन्र्तगत स्थानीय गुरुङ खोलाको पानी लिफ्टिङ्ग माध्यमबाट बस्तीमा ल्याउने काममा जिल्ला रेडक्रसले सफलता हासिल गरेपछि बिहीबार भएको खानेपानी हस्तान्तरण कार्यक्रममा उक्त खुसीयाली मनाएका हुन् ।साविकको २ वटा बस्तीका २ सय २१ घर उपभोक्ता हरूले दिर्घकालीन रूपमा पानीको समस्याबाट मुक्ति पाएको जानकारी सो वडाका वडाध्यक्ष भीम बहादुर तामाङले गराएका हुन् ।

रामपुरको चारघरेमा बुधबार आयोजना गरेको बालकन्या खानेपानी योजनाको योजना हस्तान्तरण कार्यक्रममा निर्माण कार्य सम्पन्न भएको छ । खानेपानी योजनाको एक कार्यक्रमकाबीच नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले उद्घाटन तथा हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै उनले प्राविधिक रूपमा चुनौतीपूर्ण रहेको योजना समुदायको सक्रियता र अन्य सहयोगी निकायको सक्रिय सहभागिता र सहयोगमा सम्पन्न भएकोमा आम उपभोक्ता र परियोजनाका कर्मचारीहरूलाई धन्यवाद दिएका थिए ।  कार्यक्रममा बोल्दै थापाले योजना सम्पन्न भएसँगै यसको दिगोपना र संरक्षणको जिम्मेवारी समुदायमा गएको भन्दै यस तर्फ उपभोक्ता तथा स्थानीय तहबाट आवश्यक सहयोगका लागि आग्रह गरे ।

खानेपानीको अलावा विगत ३ वर्षदेखि पुन: निर्माण ,कृषि र आय आर्जनको कामका लागि आर्थिक सहयोग गर्दे आएको छ । कार्यक्रमका अवसरमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका एसिया क्षेत्रीय निर्देशक ह्याभिएर मास्टेलानोसले योजना सम्पन्न गर्न समुदायले खेलेको,क भूमिकाको प्रशंसा गर्दै खानेपानी मानव जीवनसँग जोडिएको कुरा भएकोले यसको दिर्घजीवी संरक्षणका लागि आग्रह गरे ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले सरकारको विकासको साझेदारको रूपमा रेडक्रसले ठुलो लगानी गरी विकासमा पुर्‍याएको योगदानमा स्रहाना गरे । रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले भूकम्प पश्चात् पुननिर्माणको चरणमा निर्माण गरेका खानेपानी योजनाहरू मध्ये रामेछापको रामपुरमा निर्माण भएका आइतबार, बालकन्या खानेपानी र कञ्चन खानेपानी योजनाहरू रेडक्रसकै इतिहासमा ठुला र लिफ्टिङ्ग माध्यमबाट भएकोले चुनौतीपूर्ण रहे पनि सबैको प्रयासबाट सफलता पूर्वक सम्पन्न हुन सकेको बताए ।

कुल २ करोड ६० लाखमा निर्माण सम्पन्न भएको योजनाबाट स्थानीय २२१ घरधुरीका १ हजार ५ सय ५ जना र २ ओटा सामुदायिक विद्यालय लाभाम्बित भएको कार्यक्रम संयोजक जयराम बस्नेतले जानकारी दिए । कार्यक्रमबाट यस अघि आइतबार लिफ्टिङ्ग खानेपानी योजना निर्माण सम्पन्न भई समुदायमा हस्तान्तरण समेत भैसकेको र अर्को कञ्चन लिफ्टिङ्ग खानेपानी योजना निर्माणको अन्तिम चरणमा रहेको बस्नेतले बताए ।

रेडक्रस रामेछापका सभापति शिव कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, नेकपाका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सचिव लेख बहादुर कार्की, वडा अध्यक्ष भीम बहादुर तामाङ , पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्री नयाँघरे लगायतले रेडक्रसले गरेको कामको सहराना गरेका थिए ।

२०७२ सालमा गएको भूकम्पपछि तहसनहस भएको रामपुरलाई जिल्ला रेडक्रसले परियोजना मार्फत पुर्न निर्माण सँगै स्वास्थ्य सरसफाइ ,कृषि विकास तथा खानेपानी र जिविको पार्जनको कामलाई पनि एकै साथ अघि बढाउने प्रतिबद्धता जनाएको थियो ।

भूकम्पका कारण क्षती पुगेका घरहरू निर्माणको काम लगभग सकिसकेको छ । भवन निर्माण सँगै रेडकक्रसले उक्त बस्तीका आम उपभोक्ताहरूका लागी ८ वटा खानेपानीका योजना सञ्चालन गरेको थियो । ८ वटा खानेपानीका योजना मध्य २ वटा खानेपानीको योजनाको काम निर्माणको क्रममा रहेको र ६ वटा योजनाहरू उपभोक्ताहरूलाई हस्तान्तरण गरिएको रेडक्रसका कार्यक्रम संयोजक जयराम बस्नेतले जानकारी दिए ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]