Nepa Top
century-bank

छोटो समयमै करोड क्लबमा प्रवेश गर्न सफल लोकगीत ‘सालको पातको टपरी’ (भिडियाे)

छाेटाे समयमा निकै नै चर्चा हासिल गर्न सफल भएकाे लाेकदाेहरी गीत हाे ‘सालको पातको टपरी’ । यो गीत छोटो समयमा करोड बढी पटक हेरिएको लोक गीत बन्न सफल भएको छ । यस गीतले करोड क्लबमा प्रवेश गरेकाे छ ।

संगीतकार वसन्त थापाको संगीत र नवराज पन्तको शब्द रहेको गीतमा चर्चित गायक कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको छ । शिव विकको निर्देशन र कोरियोग्राफी रहेको म्युजिक भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा, संगीतकार वसन्त थापा, र मरिष्का पोखरेलकाे अभिनय रहेकाे छ ।

‘सालको पात टपरी’ ले ८० दिनको अन्तरालमा करोड दर्शक पाएकाले नेपाली लोकगीत क्षेत्रमा इतिहास बनाउन सफल भएको गीत भन्न सकिन्छ ।

पछिल्लो समयमा बजारमा आएका नेपाली गीत लोक संगीत हाेस्, चाहे सिनेमाको होस्, चाहे नेपाली लोक दोहोरी दर्शकका रोजाइमा पर्न गएका छन् । त्यसमा पनि मौलिकपनका लोकसंगीतलाइ बढी रुचाइएको पाइन्छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]