Nepa Top
century-bank

अर्जेन्टिनाको घरेलु लिगमा कुकुरले गर्‍याे ‘गाेलकिपर’काे काम (भिडियाेसहित)

काठमाडौं । कुकुरले गाेलकिपरकाे काम गर्याे भन्ने सुन्दा अनाैठाे लाग्न सक्छ । तर अर्जेन्टिनामा यस्तै अनाैठाे घटना भएकाे छ ।

अर्जेन्टिनामा जारी  तेस्रो डिभिजन लिग फुटबलमा गाेलपाेष्टमा जानै लागेकाे बल कुकुरले छेकेर गाेल हुनबाट जाेगाएकाे छ । खेल त्यहाँका घरेलु टाेली जुभेन्टुड युनिडा डी गुआलागुएचु र डेफेन्सोरेस डी बेल्ग्रनो डी भिल्ला रामाल्लोबीच चलिरहेकेका बेला मैदानमा कुकुर देखिएका थियाे ।

यस क्रममा जुभेन्टुडका फरवार्डरले गाेल पोष्टतर्फ प्रहार गरेकाे बल कुकुरका कारण छेकिएर गाेल हुनबाट जाेगिएकाे हाे । उनले डेफेन्सोरेसका गाले किपरले बल नियन्त्रणमा लिएर डिफेन्डरलाई पास दिँदा खाेसेर गाेलपाेष्टतर्फ हत्याएका थिए । किपर निकै अगाडि बीच मैदानमै पुगिसकेको बेला उनकाे पोष्ट खाली थियो । संयाेगले त्यति नै बेला दगुर्दै अाएकाे कुकुरसँग बल ठाेक्किएर गाेल हुनबाट जाेगियाे ।

खाली पाेष्टमा गाेल हान्दा अाशावादी देखिएका जुभेन्टुडका खेलाडी कुकुरका कारण गाेल छेकिएपछि अचम्ममा परेका थिए । अन्तत: खेलमा जुभेनटुडले जित हात पारेकाे थियाे ।

हेर्नुहाेस् भिडियाेे-





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]