Nepa Top
century-bank

रिङरोडमा थप ६ स्थानमा आकाशे पुल बन्दै

काठमाडौँ। चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ ।

चीन सरकारको सहयोगमा सञ्चालित उक्त सडक खण्डको सुधारको काम पनि अन्तिम चरणमा पुगेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । सो खण्डमा जेब्रा क्रस र आकाशे पुल पर्याप्त नभएकाले पैदल यात्रीले जोखिमपूर्ण यात्रा गर्नुपरेको भन्दै गुनासो आएपछि सुधारका कामलाई तीव्रता दिइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खु गरी ६ स्थानमा आकाशे पुल निर्माणको कामलाई तीव्रता दिएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]