Nepa Top
century-bank

कोपा डेल रे : मेलिलाकाे पाेस्टमा रियलको अाधा दर्जन गोल

काठमाडाैं । स्पेनिस कोपा डेल रे फुटलबलमा मेलिल्लामाथि कीर्तिमानी जित निकाल्दै रियल मड्रिड प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति घरेलु मैदानमा कोपा डेल रेको अन्तिम ३२ को दोस्रो लेगमा मेलिल्लामाथि ६–१ गोलको जित निकाल्दै समग्रमा १०–१ गोलअन्तरसहित रियल अन्तिम १६ मा प्रवेश गरेको हो ।

पहिलो लेगमा रियलले मेलिल्लालाई ४–० गोलले पराजित गरेको थियो । दोस्रो लेगमा भारी गोल अन्तरले विजयी गराउन रियलका लागि मार्को एसेन्सियो र इस्कोले समान २–२ गोल गरे । त्यस्तै, सान्चेज डे फिलिपे र पाइक्छाओ डे ओलिभिरा जुनियरले समान १–१ गोल गरे ।

यता, मेलिल्लाका लागि यासिने क्वास्मीले एक गोल फर्काएका थिए । मेलिल्लाको पोष्टमा गोल वर्षा गर्ने क्रममा एसेन्सियोले खेलको ३३औं र ३५औं मिनेटमा गोल गरे । त्यस्तै, फिलिपेले खेलको ३९औं मिनेटमा गोल गर्दै रियललाई पहिलो हाफसम्म ३–० को अग्रता दिलाएका थिए ।

त्यस्तै, इस्कोले खेलको ४७औं मिनेटमा गोल गर्दै रियललाई ४–० गोलको अग्रता दिलाएका थिए । तर, खेलको ७५औं मिनेटमा जुनियरले अग्रता अझै बढाए । खेलको ८१औं मिनेटमा पेनाल्टीमार्फत क्वास्मीले मेलिल्लालाई ५–१ गोलको स्थितिमा पु¥याए । ८३औं मिनेटमा इस्कोले व्यक्तिगत दोस्रो गोल गर्दा रियल ६–१ गोलले विजयी भयो । गएराति भएका खेलमार्फतएथ्लेटिको मड्रि, लेगानेस र भ्यालेन्सियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]