Nepa Top
century-bank

मन्त्रिपरिषद्का निर्णय : भैंसेपाटीमा मन्त्री निवास बनाउने, अन्य १० निर्णयकाे पूर्णपाठ

काठमाडाैं । सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख मुख्यमन्त्री र मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा आवास बनाउने निर्णय गरेकाे छ  । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा भवन निर्माण गर्ने निर्णय गरेको हो । यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि १४ वटा अवास तथा सम्पर्क कार्यालय निर्माण गरिनेछ ।

अहिले पुल्चोकमा रहेको मन्त्री निवासका १० वटा भवन भने राजकीय अतिथि भवनमा परिणत गरिने भएको छ । बैठकले ललितपुर महानगरपालिकाको सैवु भैसैपाटीस्थित सैवु आवास क्षेत्रमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी चार आना ३.२८ दाम जग्गामा ती भवनहरु निर्माण गर्ने तयारी गरेको हो ।

मन्त्रिपरिषद बैठकले केही दिनअघि युनिभर्सल पिस फेडरेसनले पुरस्कारस्वरुप दिएको १ लाख अमेरिकी डलर र सोही बराबरको रकम थपेर प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोषको स्थापना गर्ने निर्णय समेत गरेको छ ।

बैठकले नेपाल भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको स्थापना गर्दा विस्थापित भएर घरबारविहीन भएका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रुपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषद् निर्णयको पूर्णपाठ





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]