Nepa Top
century-bank

देश टुक्र्याउने अभिव्यक्ति दिने सिके राउत पुर्पक्षका लागि जेल चलान

काठमाडौं । स्वतन्त्र मधेशको माग गर्दै आएका डा.सिके राउतलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत रौतहटको आदेशले उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

यसअघि, सर्वोच्च अदालतले सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको थियो । गत सोमबार न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिट खरेज गर्ने निर्णय गरेको थियो ।

राउतलाई प्रहरीले असोज २१ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो ।राज्यविरुद्धको संगठित अपराधमा संलग्न भएको आरोपमा राउत विरुद्ध दायर गरिएको मुद्धा अहिले जिल्ला अदालतमा विचाराधीन रहेको थियो । राज्यविरुद्धको सांगठनिक अपराध कसुरअन्र्तगत पक्राउ गरी अनुसन्धानपछि प्रहरीले उनलाई अदालतमा पेस गरेको थियो।

गत कातिक १२ गते राउतका आफन्तले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]