Nepa Top
century-bank

चीनकाे सबैभन्दा ठूलाे चर्च सरकारले यसरी बम हानेर भत्काएकाे थियाे (भिडियाेसहित)

काठमाडौं । एक विवादास्पद क्रिश्चियन धर्म प्रचारक अाइएनजिअाे युनिभर्सल पिस फ‍ेडेरेशनकाे एसिया प्यासिफिक सम्मेलनकाे चर्चा अझै सेलाएकाे छैन । यही म‌ंसिर १५ र १६ गते काठमाडाैँकाे हायात हाेटलमा भएकाे उक्त सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा अाेली तथा नेकपाका वरिष्ठ नेता माधव नेपाललगायतले अहाेरात्र खटेर सपाेर्ट मात्रै गरेनन्, नेताहरुले तथाकथित येशुकी छाेरी हाक जा हान मुनबाट अाशीर्वाद ग्रहण समेत गरे । प्रधानमन्त्रीकाे सक्रियता र सरकारकै सह अायाेजनामा भएकाे उक्त सम्मेलनकाे सर्वत्र अालाेचना हुँदै उपादेयताकाे खाेजी जारी छ ।

पछिल्लाे समय डलरकाे अाडमा सरकारलार्इ नै  प्रभावित पारेर इसाइ मिसनरीहरुले तीव्र रुपमा धर्मान्तरण र सांस्कृतिक विखण्डन ल्याइरहेका छन् । नेपालमा १०-१५ वर्षकाे अवधिमै झन्डै १२ हजार चर्च स्थापना भइसकेकाे एक तथ्यले देखाउँछ । काठमाडाैमा मात्रै ४ हजारभन्दा बढी चर्च स्थापना भइसकेका छन् । यसले विश्वमै ‘मन्दिरकाे नगर’ भनेर कहलिएकाे काठमाडाैँ अब ‘चर्चकाे शहर’ बन्ने दिशामा अग्रसर छ । संविधानमै धर्म प्रचार गैरकानुनी कार्य मानिए पनि सरकार र नेताहरु स्वयंले यस्ता गतिविधलार्इ प्राेत्साहन गरिरहेका छन् ।

Image result for the golden lampstand church

यसै सन्दर्भमा चीनकाे एउटा चर्चमा कसरी सरकारले बम हानेर ध्वस्त पार्याे भन्ने यहाँ उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । चीनमा धर्म प्रचार जघन्य अपराध मानिन्छ । धार्मिक-सांस्कृतिक विखण्डीकरण ल्याउने कुनै पनि गतिविधि त्यहाँ खुलेअाम हुन पाउँदैनन् । यसकाे एक उदाहरण हाे- द गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च ।

द गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च चीनकाे सबैभन्दा ठूलाे चर्च थियाे, जुन सन् २००९ मा बनेकाे हाे । चीन सरकारले उक्त चर्च अनुमतिविना बनाइएकाे ठहर गर्दै त्यसकाे एक वर्षपछि नै भत्काउने याेजना बनाउन थालेकाे थियाे । अन्तत: सन् २०१८ काे जनवरी-९ का दिन चीन सरकारकै अादेशमा त्यहाँकाे सशस्त्र प्रहरीमार्फत चर्चमा बम हान्न लगाइयाे ।

Related image

करिव १७ मिलियन युअान (चीनिया मुद्रा) लागतमा बनेकाे उक्त चर्च गाेप्य रुपमा कानुनविपरीत बनाइएकाे थियाे । त्यस चर्चमा ५० हजार भन्दा बढी क्रिश्चियन धर्मावलम्बीले प्रार्थना गर्ने गर्थे । त्यहाँका जनताहरु स्वेच्छाले जुनसुकै धर्म मान्न स्वतन्त्र भए पनि यसरी प्रायाेजित रुपमा चर्चहरु खडा गरेकाे सरकारले सहन सक्दैन । सरकार अाध्यात्मिकता र धार्मिक गतिविधिप्रति कठाेर देखिन्छ, यस्ता गतिविधले सत्तारुढ चीनिया कम्युनिष्ट पार्टीमाथि नै खतरा उत्पन्न हुने बताइन्छ ।

यसरी चीनले देशभरि गाेप्य रुपमा गैरकानुनी ढंगले बनाइएका अन्य सानाठूला चर्च समेत भत्काउने अभियान थाल्याे । त्यसअघि पनि चीन सरकारले यस्तै चर्च भत्काएकाे थियाे । चर्चहरूमार्फत पश्चिमी देशहरुमा चीन विरोधी गतिविधि बढेको र सांस्कृतिक अतिक्रमण हुन थालेकाे भन्दै त्यहाँकाे सरकारले चर्चहरु भत्काउन सुरु गरेकाे थियाे ।

Related image

हामीकहाँ सरकारकै संरक्षण र सपाेर्टमा यस्ता मिसनरी गतिविधि फस्टाएर एक दशकमै १२ हजारभन्दा बढी चर्च स्थापना भए । यद्यपि देशभरिका चर्चकाे यकिन तथ्यांक भने सरकारसँगै छैन । उता चीनमा भने गाेप्य रुपले बनाइएकाे चर्च ९ वर्ष नबित्दै सरकारले बम हानेर उडायाे । त्यहाँकाे सत्तामा सी जिनपिङ राष्ट्रपति भएर अाएपछि नै यसरी अवैध गतिविधि गर्दै आएका चर्चहरू भत्काउने, बन्द गराउने नीति लिएका थिए । हुन त तत्कालीन चीनिया कम्युनिष्ट पार्टीका अध्यक्ष माओले नै जनवादी सत्ताविरुद्ध पश्चिमा सांस्कृतिक हमला भएको बताउँदै यस्ता अवैध चर्च र धार्मिक अखडाहरु भत्काउन आदेश दिएका थिए । तर राष्ट्रपति सीकाे कार्यकालमा मात्रै याे अभियान सशक्त बनेकाे बताइन्छ ।

चीनको साङसी प्रान्तमा खडा गरिएकाे देशकै ठूलाे चर्च द गोल्डेन ल्याम्पस्ट्यान्ड सुरुमा विस्फाेटक पदार्थ प्रयाेग गरेर भतकाइएकाे थियाे । बाँकी रहेका अवशेषहरु डाेजरकाे माध्यमले नष्ट गरिएकाे त्यतिबेलै विश्वरभरका सञ्चारमाध्यमले सनसनीपूर्ण समाचार बनाएका थिए । त्यसका १ मिनेट हाराहारीका भिडियाे फुटेजहरु अहिले पनि देख्न सकिन्छ-

(एजेन्सीहरुकाे सहयाेगमा)

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]