Nepa Top
century-bank

राजदुत लक्की शेर्पामाथि छानविन सुरु, अदालतका कर्मचारीद्वारा चिया खर्च भन्दै मागेको घुस तु फिर्ता ! (भिडियो)

काठमाडौं । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३१० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. फलोअपः अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा माथि छानविन सुुरु

काठमाडौं । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि छानबिन सुरु गरेको छ । कार्यक्रम सीधाकुरा जनतासँग कार्यक्रममा राजदुत शेर्पा मानव तस्करीमा संलग्न भएको देखाएपछि उनि माथि परराष्ट्र मन्त्रालयले छानविन सुरु गरेको हो ।

राजदुत शेर्पामाथि उनले आफ्नो चालक बनाई अष्ट्रेलिय लगेका वाङछु शेर्पाले राजदुत लक्की शेर्पा र उनका श्रीमान वाङछु नमाङसोनाम शेर्पाले पैसा लिएर अष्ट्रेलिया ल्याएको आरोप लगाएका थिए ।

२. झापामा अवैध रकम असुल्ने प्रहरी निलम्बित, विचौलिया पक्राउ !

झापा । घुस रकमसहित रंगेहात फेला परेका झापाको प्रहरी चौकी चारआलीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) उत्तम कुमार कार्की निलम्बनमा परेका छन् । अवैध रकम असुल्न सर्वसाधरणको घरमै पुगेका कार्कीलाई जिल्ला प्रहरी कार्यलय झापाले निलम्बन गरेको हो ।

त्यस्तै, प्रहरीले विचौलिया श्रीराम मरासैनीलाई समेत पक्राउ गरी जिल्ला प्रशासन कार्यालय झापामा सार्वजनिक मुद्धा दर्ता गराएको छ ।

३. अदालतमा चिया खर्च भन्दै घुस माग्छन् कर्मचारी !

सुनसरी । सरकारी कार्यालयमा घुस लिने माग्ने तरिका अनेक हुन्छ । अधिकांश कर्मचारीले चिया नास्ता खर्च भन्दै माग्छन् । जिल्ला अदालत सुनसरीका एक कर्मचारीले अंश मुद्धामा चिया खर्च भन्दै पैसा लिएको पाइएको छ ।

सुनसरीका प्रकाश पोखरेल अंशमुद्धा अदालतमा चलिरहेको छ । यही मुद्धाको तारेख खेप्न उनी अदालत पुगेका थिए ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]