Nepa Top
century-bank

अदालतमा चिया खर्च भन्दै घुस माग्छन् कर्मचारी !

सुनसरी । सरकारी कार्यालयमा घुस लिने माग्ने तरिका अनेक हुन्छ । अधिकांश कर्मचारीले चिया नास्ता खर्च भन्दै माग्छन् । जिल्ला अदालत सुनसरीका एक कर्मचारीले अंश मुद्धामा चिया खर्च भन्दै पैसा लिएको पाइएको छ ।

सुनसरीका प्रकाश पोखरेल अंशमुद्धा अदालतमा चलिरहेको छ । यही मुद्धाको तारेख खेप्न उनी अदालत पुगेका थिए । मुद्धाकै बिषयमा कुरा भएको बेला मुद्धा शाखाका सुब्बा रमेश सुवेदीले मुद्धामा पछि सहयोग गर्नुे आँफू नै भएको भन्दै चिया खर्च मागे छन् ।

र सेवाग्राही प्रकाश पोखरेलले ४ सय रुपैयाँ दिएका छन् । तर पैसा थोरै भएको भन्दै सुवेदीले बाग्रेनीङ गर्न लागेपछि पोखरेल सँगै पुगेका राकेश निरौलाले उनलाई किन पैसा मागेको भन्दै यसरी सवाल जवाफ गर्न थाले ।

उनले पहिले पैसा लिएको स्वकार गरेन तर पछि पैसा लिएको स्वकार गर्दै भाग्न खोजे । र अन्तमा उनले पोखरेलको खल्तीमा यसरी पैसा हालिदिए । घुस नलिएको दाबी गर्ने उनले एक छिनमै लिएको पैसा फिर्ता गरे ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]