Nepa Top
century-bank

मध्यपुर थिमीकाे दुर्घटनामा २३ वर्षीय मोटरसाइकल चालकको मृत्यु

भक्तपुर । काठमाण्डौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९३प १४१९ नं को मोटरसाइकल दुर्घटना हुदाँ चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का २३ वर्षीय कुमार श्रेष्ठको आज मृत्यु भएको छ ।

मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली स्थित अरनिको राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठक्कर खाई उक्त दुर्घटना भएको हो ।

मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]