Nepa Top
century-bank

झापामा अवैध रकम असुल्ने प्रहरी निलम्बित, विचौलिया पक्राउ !

झापा । घुस रकमसहित रंगेहात फेला परेका झापाको प्रहरी चौकी चारआलीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) उत्तम कुमार कार्की निलम्बनमा परेका छन् । अवैध रकम असुल्न सर्वसाधरणको घरमै पुगेका कार्कीलाई जिल्ला प्रहरी कार्यलय झापाले निलम्बन गरेको हो ।

असई उत्तम कुमार कार्की

त्यस्तै, प्रहरीले विचौलिया श्रीराम मरासैनीलाई समेत पक्राउ गरी जिल्ला प्रशासन कार्यालय झापामा सार्वजनिक मुद्धा दर्ता गराएको छ । प्रहरीले मरासैनीलाई राष्ट्रसेवक कर्मचारीलाई अभद्र व्यवहार गर्न उक्साएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

यस अघिको कार्यक्रममा हामीले ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका झापाको मेचीनगर—१३, बालुबाडीका यादव भट्टराई छुटाउन सेटिङ मिलाएको भन्दै प्रहरी चौकी चारआलीका इन्चार्ज असई उत्तम कुमार कार्कीले स्थानीय विचौलिया श्रीराम मरासैनीको सहयोगमा बर्दीमै भट्टराईको घरमा पुगेर अवैध असुली गरेको देखाएका थियौँ ।

त्यस लगत्तै जिल्ला प्रहरी कार्यलय झापाले सो प्रकरण अनुसन्धान गर्न बनेको ५ सदस्यीय छोलीले असई कार्कीको संम्लग्नता देखाएको थियो । घुस प्रकरणमा इलाका प्रहरी कार्यालय बिर्तामोडका सई लगाएत अन्यको संलग्नताका बारेमा समेत तथ्यहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]