Nepa Top
century-bank

फलोअपः अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा माथि छानविन सुुरु

काठमाडौं । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि छानबिन सुरु गरेको छ । कार्यक्रम सीधाकुरा जनतासँग कार्यक्रममा राजदुत शेर्पा मानव तस्करीमा संलग्न भएको देखाएपछि उनि माथि परराष्ट्र मन्त्रालयले छानविन सुरु गरेको हो ।

राजदुत शेर्पामाथि उनले आफ्नो चालक बनाई अष्ट्रेलिय लगेका वाङछु शेर्पाले राजदुत लक्की शेर्पा र उनका श्रीमान वाङछु नमाङसोनाम शेर्पाले पैसा लिएर अष्ट्रेलिया ल्याएको आरोप लगाएका थिए । त्यसपछि अष्ट्रेलियामा रहेको नेपाली दुतावासले विज्ञप्ती जारी गर्दै वाङछु शेर्पा बहुमुल्य सामानहरु चोरी गरेर भागेको र यसवारे अष्ट्रेलियाको परराष्ट्र मन्त्रालय र सरोकारबाला निकायलाई जानकारी गराएको उल्लेख गरिएको छ ।

तर दुतावासको आरोपलाई गलत सावित गर्ने धेरै प्रमाणहरु पनि छन् । वाङछु शेर्पालाई अष्ट्रेलियाको प्रहरीले दुतावासबाट उद्धार गरेको थियो । वाङछु शेर्पाले प्रहरीलाई दिएको निवेदन पनि दिएका छन् ।

राजदुतलाई कुटनीतिक प्रतिरक्षाका कारण अष्ट्रेलियामा कार्वाही गर्न नसकेपछि अष्ट्रेलियन सरकारले वाङछुको उद्धार गरी उनलाई प्रोटेक्सन भिषा दिएको छ । जसले स्पष्र्ट पार्छ दुतावास झुट बोलिरहेको छ । वाङछु शेर्पाले आफू अष्ट्रेलिया जाँदा ३३ लाख ५० हजार राजदुत र उनका श्रीमानलाई दिएका थिए । जसमध्ये १० लाख रुपैया बराबरको त सुन्दरीजलमा रहेको लक्की शेर्पाको यो दुई रोपनी जग्गामा वाल लगाएका थिए ।

यति मात्र होईन ६४ लाख रुपैया दिएर वाङछुकी श्रीमती फुलमु शेर्पालाई पनि अष्ट्रेलिया ल्याउने भने राजुदुत शेर्पाका श्रीमान नमाङ सोनामबीच लेनदेनको कागज गरिएको थियो । त्यसपछि राजदुत लक्की शेर्पाले आफूलाई काम गर्ने व्यक्ति आवश्यक भएकाले फुलमु शेर्पालाई अष्ट्रेलिया ल्याउन परराष्ट्र सचिवलाई पत्र समेत लेखिएको थियो । वाङछुले ६४ लाख रुपैयां दिनुपर्ने काजग र परराष्ट्रलाई लेखेको पत्र दुवै राजदुत शेर्पा आफैले लेखेकी थिइन् ।

वाङछुकी श्रीमती फुलमुलाई अष्ट्रेलिया ल्याउन एड्भान्समा १० लाख रुपैयां मागिएको थियो । जसमा वाङछुले ३ लाख मात्र दिन सक्ने बताइरहेका थिए । बार्गेनिङ चलिरहँदा वाङछुले हजार डलर अष्ट्रेलियामै राजदुत शेर्पालाई क्यास दिएको बताउछन् ।

यता नेपालमा भने अष्ट्रेलिया जान मेडिकल गरेर तयार भएकी वाङछु शेर्पाकी श्रीमती फुलमले प्रोसेसका लागि भनेर १ लाख रुपैयां राजदुत शेर्पाका श्रीमान नवाङसोनाम शेर्पालाई दिएकी थिइन् । फुलमु अहिले जेलमा भएपनि उनकी बहिनीका श्रीमान गेल्बु शेर्पा नवाङसोनामलाई १ लाख रुपैयां दिदा सँगै थिए ।

वाङछु शेर्पालाई १० लाख रुपैया छिटो जम्मा गर्न पटक पटक दवाव दिइयो । पछि बाट वाङछुले पैसा दिन ढिलाई गरेको भन्दै राजदुत शेर्पाले आफ्ना श्रीमान नवाङ सोनामसँंगै कुरा गर्न भनेकी थिइन् ।

यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राजदूत लक्की शेर्पामाथि छानबिन गर्न माग राखेको छ । बुधबार प्रेस विज्ञाप्ती निकाल्दै प्रमुख प्रतिपक्षी कांग्रेसले शेर्पामाथि मानव तस्करीमा संलग्न भनी लागेको आरोपको सरकारले गम्भीर रुपमा लिनुपर्ने भन्दै छानविन माग गरेको हो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]