Nepa Top
century-bank

‘ओठे जवाफ फर्काएर बस्ने काम टोलका अल्लारे गुण्डाहरुको हो-मन्त्री, प्रधानमन्त्रीको होइन’

अमेरिकाका ३० औँ राष्ट्रपति क्याल्वीन कुलिजको एउटा सनाइबाट प्रसंगको शुरुवात गर्छु । राजनीतिमा आफूले सिकेको महत्वपुर्ण कुरा बनाउँदै उनले भनेका थिए, उच्च अहोदामा पुगेको मानिसले बोल्नु पर्ने अवस्थामा पनि बोल्नु हुँदैन, केवल काम मात्रै गर्नुपर्छ ।

मलाई पत्र पत्रिकाका सम्पादकहरुले बोल्न धेरै कर गर्थे, किन कि उनिहरु समाचार चाहान्थे । मैले नबोलेरै आफ्नो कार्यकाल पुरा गरे । जीवनमा जब जब बोले, विवादमा परे । आज भुतपूर्व अमेरिकी राष्ट्रपतिको यही भनाइको सेरोफेरोमा रहेर केही कुरा राख्दैछु ।

सरकारको चौतर्फी आलोचना भैरहेको सन्दर्भमा यो विषय उपयोगी हुन सक्छ । तर सरकार र प्रधानमन्त्रीको वरपर रहेका मित्रहरुले इगो त्यागेर सुन्नु भो र मान्नु भो भने मात्रै । फेरी प्रधानमन्त्री भन्दा, हामी भन्दा नै जान्ने, थला पार्छु भन्नु भने चाही कुरा मिल्दैन । देशको सरकार पाइलै पिच्छे आलोचित हुने, देशका प्रधानमन्त्री बोल्यो कि विवादित हुने स्थिति आउनु राम्रो होइन ।

प्रधानमन्त्री वा सरकार असफल हुदाँ केही राजनीतिज्ञलाई फाइदा होला तर आम सर्वसाधारण जनता र सिंगै मुलुकको ५ बर्ष खेर जान्छ । त्यसैले म विना कुनै पुर्वाग्रह मेरो देशको सरकारलाई र मेरो प्रधानमन्त्रीलाई यही टेलिभिजनबाटै केही सुझाव दिन चाहान्छु, आसेपासेहरु साइड लाग्नुस् प्लीज । प्रिय तथा सम्माननिय प्रधानमन्त्री ज्यु, तपाईको कार्यक्षमता र बोल्ने क्षमता अपार छ तर खोइ के कारणले हो चाँजो पाँजो मिलिरहेको छैन ।

तपाईलाई जनस्तरबाटै अलोकप्रिय बनाउने खेल चलेको अनुमान म जाबोले त गरिसके तपाईले भेउ पाउनु भएको छैन ? चारै तिरबाट प्रहार र आलोचना पार्टी भित्रैबाट देखिने गरी असहयोग गरेर तपाई लाई ज्यादै हतास र निराश बनाइदै छ । म मान्छु तपाई तगडा बोल्नुहुन्छ ।

तपाईमा इच्छा शक्तिको कुनै कमी छैत तर ९ महिनामा देखिएको आलोचनाको पछाडि केही त कारण छ होला नि । कोही त तपाई कै नजिक बसेर तपाईलाई सिध्याउने खेल खेलिरहकै होला नी । त्यसैले प्रधानमन्त्री ज्यु, भुतपूर्व अमेरिकी राष्ट्रपतिले भनेको कुरा एक पटक मान्नुहोस, बोल्ने काम विल्कुल बन्द गर्नुहोस् ।

बोल्नुको साटो काममा मात्रै ध्यान दिनुहोस् । बाद विवाद गर्ने समय न यो देशसँग छ न यो समाजसँग छ । यति मिठो र रसिलो बोल्ने तपाईलाई मेरो प्रधानमन्त्रीलाई नबोल्नुस भन्नु भनेको रामकृष्ण ढकाललाई गीत नगाउनुस भने जस्तै हो ।

तर घाँटी दुखेको बेलामा नारायण गोपाल पनि गाउदैनथे । हो, प्रधानमन्त्री ज्यु, अबको ४ वर्ष आँफू पनि नबोल्नुस र मिल्छ भने आफ्ना मन्त्रीहरुलाई पनि नबोल्न भन्नुस । घुमाएर कुरा गर्दिन, सीधै कुरा गर्छु, तपाईकका प्रवक्ता संचार मन्त्रीको सायद मनमा पाप नहोला तर खासै ढंग पु¥याएर उहाँ बोल्नु जान्नु हुन्न ।

तपाईका आसेपासेसँग यति फ्र्याङ्कली बोल्ने हिम्मत हुँदैन त्यसैले तलब तिनले खाए पनि सल्लाह मैले दिए । रिसाए रिसाउनुस् । अखिर तपाई मेरो प्रधानमन्त्री हो, गोकुल बाँस्कोटा जी मेरो क्षेत्रको विभागिय मन्त्री हुन् । त्यस्तै रुखोपना पनि राम्रो होइन, बातै पिच्छे ओठे जवाफ फर्काएर बस्ने काम टोलका अल्लारे गुण्डाहरुको हो केही चोथाले भद्र महिलाहरुको हो, मन्त्री प्रधानमन्त्रीको होइन ।
स्ट्याण्डर भन्ने चिज पनि हुन्छ । जनतालाई, प्रतिपक्षलाई, मिडियालाई ओठे जवाफ फर्काएर किन टाइम खेर फाल्नु प¥यो । मिडिया वा विपक्षलाई विरोध, आलोचना गरेर नै यो देशमा आज लोकतन्त्र आएको हो जुन लोकतन्त्रले तपाईलाई मन्त्री, प्रधानमन्त्री बनाइदिएको छ ।

पञ्चायतको विरोध नगरेको भए प्रजातन्त्र आउथ्यो ? त्यसपछिका विरोध र आन्दोलन नभएको भए लोकतन्त्र संघियता, गणतन्त्र आउथ्यो ? यो सिलसिला त चलिनै रहन्छ । बरु सक्नुहुन्छ भने आफ्ना कार्यकर्तालाई सरकारको झुठो तारिफ गर्ने होइन रचनात्मक विरोध गर्ने भनेर उर्दी दिएर घटाउनुस्, तब न सुधार हुन्छ ।

बोल्यो कि हाँस्ने, ताली पट्काउनेलाई गाला पट्काउनुस् । तपाईलाई डुवाएर छोड्छ त्यसले, विश्वास गर्नुस् । जे गरे पनि विरोध गर्छन् नठान्नुस । सिण्डीकेट तोड्न खोज्दा तारिफ भएको विर्सिनु भो ? ढिलासुस्ती गर्ने ठेकेदारलाई बैंक खाता रोेकेर कार्वाही गर्छु भन्दा पाएको स्यावासी विर्सिनु भो ?

तर न सिण्डीकेट तोडियो न अरु बोलेका कुरा नै पुरा भए । तपाईका लागि अर्को कार्यकाल होला तर २÷२ देशका लागि यो ५ वर्ष बिग्रियो भने महाकाल हुन्छ । त्यसैले प्रधानमन्त्री ज्यु, तथा मन्त्री ज्युहरु ! बोल्न बन्दै गर्दिनुस्, काममा मात्र लाग्नुस् । कार्यकाल सकिनु अघि आवश्यक भए बोल्नुस्, नभए जनताले बोल्छन्, दुख नगर्नुस् ।

गललल्ल हसाउने केटोकेटी पन छाडिदिनुस, जिम्मेवार बन्नुस्, मन्त्रीहरु फेर्नुस्, सल्लाहाकार र विचौलियाहरुको घेरा तोड्नुस् । विग्रेको केही छैन । हैन भने हामीले त अर्को प्रधानमन्त्री पाउँछौ, तपाईले अर्को मौका पाउनु हुन्न । आसेपासे मित्रहरुले माइण्ड नगराँै, डिष्टर्व पनि नगरौँ । तलब तपाईले खाए पनि प्रधानमन्त्रीलाई र मन्त्रीलाई दिल खोलेर सल्लाह दिदैछु् । सुन्न र मनन गर्न दिनुस्, एनी प्रोबलम ?





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]