Nepa Top
century-bank

सरकारविरुद्ध पूर्वाग्रही ढंगले नकारात्मक प्रचार गरियोः अध्यक्ष दाहाल

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारविरुद्ध पूर्वाग्रही ढंगले नकारात्मक प्रचार गरिएको बताउनु भएको छ ।

सातौं राष्ट्रिय लुम्बिनी महोत्सवको आज भैरहवामा उद्घाटन गर्दै अध्यक्ष दाहालले जनचाहनाअनुसार तीव्र काम गर्न नसके पनि सरकारले गलत भने नगरेको दावी गर्नुभएको हो । सरकारको आलोचना गरेर, धर्मका कुरा उठाएर संघीयता नै उल्ट्याउन सकिन्छ कि भनेर कल्पना नगर्न चेतावनी दिनु भएका दाहालले बाँकी चार वर्षमा सरकारले धेरै गरेर देखाउने पनि दावी गर्नुभयो ।

मुलुक विगतको तुलनामा धेरै राम्रो स्थितिमा आइपुगेको भन्दै अध्यक्ष दाहालले आर्थिक समृद्धितर्फ लैजान सबैले ध्यान केन्द्रित गर्नुपर्नेमा पनि जोड दिनुभयो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]