Nepa Top
century-bank

कार्यशैलीमा खबरदारी गर्दा वा आलोचना गर्दा सरकारलाई किन अपाच्य ?

काठमाडौं । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न हरेक बिहीबार आयोजना हुने पत्रकार सम्मेलनमा सञ्चार मन्त्री गोकुल बाँस्कोटा आक्रोशित मुद्रामा उपस्थित हुन्छन् । उनका शब्द निर्णय सार्वजनिकमा कम मिडिया आलोचनामा बढी खर्च हुन्छ । सरकारको बिरुद्ध लेख्ने पत्रकार र मिडियालाई उनी सकेसम्म गाली गर्छन् । गाली मात्र होइन उनको आवाजमा चेतावनी पनि सुनिन्छ ।

यो अघिल्लो बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले दिएको चेतावनीपूर्ण अभिव्यक्ति हो । यसको शिलशिला यसपटक पनि दोहोरियो । मिडियाप्रति धारे हात तेर्साउन जहिले हतार भएर उनी प्रस्तुत भए । बिहीबार पनि शुरुमा औपचारिक निर्णय सार्वजनिक गर्नुभन्दा पहिले उपस्थित पत्रकारलाई केही भन्नुछ भनेर निर्णय पढ्न शुरु गरे । जब निर्णय पढेर सुनाए तब पत्रकारका प्रश्नमा उनले मिडियालाई सूचना तोडमोड गरेको आरोप लगाउन शुरु गरे ।

सरकारको आलोचना उनलाई पटक्कै मन पर्दैन । उनी सरकारको आलोचना गर्नेलाई पत्रकारले सोधे भन्दा बढी प्रश्न गरे ।

पूराना घटना भक्तमान र दिलसोभा प्रकरणलाई पटक पटक जोडेनन् मात्र उखान टुक्काको साहरा लिएर भन्नसम्म भने ।

उनी आक्रोश व्यक्त गर्दै बिचमा नै भन्छन् यो धम्की भने होइन । पत्रकारिता पनि गरिसकेका मन्त्री बाँस्कोटा सधैं पत्रकार सम्मेलनमा जानेलाई पटक–पटक कुन मिडियाको भन्दै प्रश्न गर्छन् ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]