Nepa Top
century-bank

१६ वर्षिय छोरीकाे घाटी थिचि हत्या गरेको अभियोगमा आमा पक्राउ

जनकपुर । एक १६ वर्षिय किशोरीको हत्या गरेको अभियोगमा महिला पक्राउ परेकी छन् । उनीमाथि किशोरीलाई घाटी थिचेर हत्या गरेको आरोप लागेको छ ।

जनकपुरका सोनापडाकी सोनी मण्डलको हत्या आरोप लागेको महिला राजकुमारी देवी किशोरीकी आमा हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सोनी मण्डल र राजकुमारीबीच घरायसी झगडाको क्रममा हत्या भएको खुलेको छ । आमा छोरीको झगडा हुँदा आमामाथि छोरीले आग्लो प्रहार गरेको र आमाले उनकाे घाटी थिच्दा छोरीको मृत्यु भएको प्रहरीले बताए ।

आमा छोरीबीच झगडाको सुरुवात छारीले मन पराएको केटासँग बिवाह गर्न खोजेपछि भएको स्थानियको भनाइ छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]