Nepa Top
century-bank

योनेक्स सनराइज नेपाल इन्टरेशनल व्याडमिन्टनमा नेपालको चुनौती समाप्त

  • प्रियालक्ष्मी कार्की,

काठमाडौं, २० मंसिर । जारी योनेक्स सनराइज नेपाल इन्टरनेशनल व्याडमिन्टन सिरिज २०१८ मा आजबाट नेपाली खेलाडीको चुनौती सकिएको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बल एपीएफको कभर्डहलमा भएको क्वार्टरफाइनल खेलमा पुरुष एकलका रत्नजित तामाङसँगै, महिला डबल्स र मिक्समा नेपाली टोलीले हार स्वीकारे पछि प्रतियोगितामा नेपाल पदकविहीन बन्यो ।

पुरुष एकलको क्वार्टरफाइनलमा रत्नजितले भारतीय खेलाडी कौशल धर्ममिरलाई चुनौती दिए पनि २१–१४, २२–२४ र २१–११ ले हार स्वीकार्न विवश बने ।

महिला डबल्समा पनि नेपालका जेसिका गुरुङ र सुनैना मुखियाको जोडीले क्वार्टरफाइनलमा माल्दिभ्सकी अमिनाथ नविहा र फथिमा नवाहसँग २१–१२ र २१–११ ले स्तब्धपूर्ण हार व्यहोरेका थिए ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]