Nepa Top
century-bank

गायक रुकमान लिम्बुको ‘कोइलीमा चरीले’ रिलिज

काठमाडौं । गायक रुकमान लिम्बुको आवाजमा रहेको सालैजो गीत सार्वजनिक भएको छ । ‘कोइलीमा चरीले’ बोलको गीतमा शब्द बसन्त वित्यासी र संगीत शशी गुरुङ वाङदेलको रहेको छ ।

रुवुशा कृएटिभ वक्र्सको प्रस्तुति रहेको गीतको भिडियोमा गायक स्वयं रुकमान लिम्बुको दमदार अभिनय रहेको छ । उनलाई अभिनेत्री तथा मोडल रेखा फागो र राम गुरुङले साथ दिएका छन् ।

भिडियोलाई अहिलेका व्यस्त निर्देशन युगल पोमो लिम्बूले निर्देशन तथा कोरियोग्राफी गरेका छन् भने छायांकनमा बुद्ध थापाको टिम रहेको छ ।

सम्पादन विकास दाहालको रहेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]