Nepa Top
century-bank

शिक्षकले गालीगलौज गरेको भन्दै एक छात्राले गरिन् आत्महत्या

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् । नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ ।

छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटकपटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन शुरु गरेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]